काँकडभिट्टाबाट ३ महिनामा साढे ३ अर्बकाे सामान निर्यात
काँकडभिट्टाबाट ३ महिनामा साढे ३ अर्बकाे सामान निर्यात नेपालकाे सुदूर पूर्वीनाका काँकडभिट्टाबाट कात्तिकदेखि पुस मसान्तसम्मको तीन महिनामा ३ अर्ब ६९ करोड ५ लाख मूल्य बराबरको कृषि, जडीबुटी तथा काष्ठ उत्पादन भारत, बङ्गलादेशलगायतका मुलुकमा निर्यात भएको छ । यस अवधिमा सबैभन्दा बढी १ अर्ब ६६ करोड ८ लाख मूल्य बराबरको चिया निर्यात भएकाे छ भने अलैँची, अम्रिसाे, प्लाइउड र अदुवासमेत उल्लेख्य मात्रामा गएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका अनुसार ९८ करोड ९६ लाख बराबरको अलैँची, ५३ करोड १२ लाख बराबरको प्लाइउड, ३० करोड ४६ लाख मूल्यको अदुवा र १३ करोड ८१ लाख २० हजार मूल्य बराबरको अम्रिसाे निर्यात भएको छ…