बर्दिवासमा एमडब्लुकाे नयाँ शोरुम भव्य उद्घाटन
बर्दिवासमा एमडब्लुकाे नयाँ शोरुम भव्य उद्घाटन नेपालमा व्यावसायिक सवारी साधनको अग्रणी प्रदायक कम्पनी एमएडब्लू वृद्धि कमर्शियल भेइकल्स प्रा.लि.ले बर्दिवासमा आफ्नो ब्राण्ड-न्यू शोरुमको भव्य उद्घाटन गरेको छ। होटल रेड क्राउन, बर्दिबासको छेउमा रहेको यो अत्याधुनिक सुविधासम्पन्न शोरुम साउन २५ गतेदेखि आधिकारिक रूपमा सञ्चालनमा आएको हो। शोरुममा दुई ब्राण्डहरू फोटोन र सोकोनका कमर्सियल गाडीहरू उपलब्ध छन् । फोटोन मोटर्स (चीनकोनम्बर १ व्यावसायिक वाहन निर्माता) को आधिकारिक वितरकको रूपमा कम्पनीले हाईरुफ ईभी भ्यान, टुनल्याण्ड र टिएम वान सहित कुशल र भरपर्दा सवारी साधनहरूको रेन्ज प्रदान गर्दछ। आफ्नो व्यावसायिक सवारी साधनको विकल्पलाई थप विस्तार गर्न एमएडब्लू वृद्धिले सोकोन मोटर्सलाई पनि भित्र्याएको छ, जसको बहुमुखी…