निजी क्षेत्रलाई राज्यले संरक्षण गर्छ : अर्थमन्त्री पाैडेल

निजी क्षेत्रलाई राज्यले संरक्षण गर्छ : अर्थमन्त्री पाैडेल उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रलाई राज्यले संरक्षण दिने भन्दै आत्मविश्वासका साथ राष्ट्र निर्माणमा योगदान गर्न आग्रह गरेका छन् । सिंहदरबारमा बुधबार नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँगको भेटमा पाैडेलले निजी क्षेत्रले खोजेको समाधान सरकारलाई मान्य हुने र सरकारले खोजेको समाधान निजी क्षेत्रलाई मान्य हुने गरी अघि बढ्नुपर्ने बताए । उनले पछिल्लो क्षेत्रको सबैभन्दा ठूलो चुनौती आमसर्वसाधारण र निजी क्षेत्रमा खस्किएको मनोबल उकास्नु रहेकाले यसमा ध्यान केन्द्रीत हुने जिकिर गरे । मन्त्री पौडेलले सरकारले निजी क्षेत्रलाई नीतिगत रुपमा सहजीकरण, सहयोग र सहकार्य गर्ने नीति लिने बताए । त्यस्तै, मौद्रिक नीति कस्तो ल्याउने…

सिटिजन्स बैंककाे घरकर्जा याेजना

सिटिजन्स बैंककाे घरकर्जा याेजना सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा सुविधाहरु प्रदान गर्ने क्रममा नयाँ आर्थिक वर्ष २०८१/८२ को सुरुवात सँगै ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने उदघोषका साथ ७ वर्षको लागि स्थिर रहने गरि ८.९९ प्रतिशत प्रती वर्ष घर कर्जा योजना आज सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत कायम रहेको व्याजदर ७ वर्षसम्म स्थिर रहने छ । ७ वर्षपछि भने बैंकको प्रचलित औसत मासिक आधार दरमा १५ प्रिमियम दर थप गरी ब्याजदर कायम गरिने कुरा बैंकका प्रमुख कर्जा अधिकृत सुमन मुलेपतिले जानकारी गराए । यस आकर्षक योजनामा सहभागी हुनको लागी…

नबिल बैंक परिसरमा इतिहास झल्काउने तस्बिर प्रदर्शनी

नबिल बैंक परिसरमा इतिहास झल्काउने तस्बिर प्रदर्शनी नबिल बैंकले स्थापनाको ४०औँ वर्ष पुगेको अवसरमा दरबारमार्गस्थित केन्द्रीय कार्यालय परिसरमा ‘चार दशक नेपालको’ शीर्षकको तस्बिर प्रदर्शनी सुरु गरेको छ । प्रदर्शनीमा पछिल्ला चार दशकमा जीवनशैली, अर्थतन्त्र, सञ्चार, यातायात तथा मुद्राको चलनमा आएको परिवर्तनलाई सचित्र बुझाउने प्रयास गरिएको छ । गोरखापत्र संस्थान र नबिल बैंकको साझेदारीमा गत शुक्रबारदेखि सुरु प्रदर्शनी एक साता चल्नेछ । प्रदर्शनीमा दैनिक सयौँको संख्यामा अवलोकनकर्ता आइरहेको बैंकले जनाएको छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले तस्बिर प्रदर्शनीले मुलुकमा भएको राजनीतिक परिवर्तनसँगै आर्थिक परिवर्तनलाई नजिकबाट बुझाउने प्रयास गरेको बताए । गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले पछिल्लो समय…

आर्थिक विकासका लागि सूचना प्रविधिलाई प्राथमिकतामा राख्नुपर्छ : अध्यक्ष ढकाल

आर्थिक विकासका लागि सूचना प्रविधिलाई प्राथमिकतामा राख्नुपर्छ : अध्यक्ष ढकाल नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक विकासका लागि सूचना प्रविधिका क्षेत्रमा धेरै सम्भावना रहेकाले यसबाट लाभ लिन सक्नुपर्ने धारणा व्यक्त गरेका छन् । काठमाडाैंमा शनिबार आयोजित सूचना प्रविधिसम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रमलाई सम्बोधन गर्दै उनले थुप्रै देशले द्रूततर रूपमा विकास भइरहेको सूचना प्रविधिबाट यथेष्ट लाभ लिइरहेकाे र नेपालले पनि सूचना प्रविधिको विकासलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताए । उनले भने, 'विश्वका अरु देशमा जस्तै नेपालमा पनि पछिल्ला वर्ष सूचना प्रविधिका क्षेत्रमा दू्रत विकास भइरहेको छ र यसमा नेपालको युवा वर्ग अहिले पनि निकै नै ठूलो सङ्ख्यामा यस क्षेत्रमा लागिरहेकाले देशमा…

नबिल बैंकले मनायाे ४०औँ वार्षिकोत्सव

नबिल बैंकले मनायाे ४०औँ वार्षिकोत्सव, ४० दिनसम्म दिगाे विकाससम्बन्धी जनचेतना कार्यक्रम गर्ने नबिल बैंक ४१ वर्षमा प्रवेश गरेकाे छ । बैंकले शुक्रबार एक कार्यक्रम गरी स्थापनाको ४०औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको कार्यक्रममा दिगो विकासमा बैकिङको भूमिका विषयमा छलफल आयाेजना गरिएको थियो । काठमाडौँमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष उपेन्द्र पौड्याल, नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजक हाना सिंगर, इसिमोडका प्रबन्ध निर्देशक पेमा ग्याम्त्सो, डब्ल्युडब्ल्यूएफ नेपालका प्रतिनिधि घनश्याम गुरुङ, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, ह्याबिट्याट फर ह्युमनिटी इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक एलिजा स्थापितलगायतको उपस्थिति थियो । अध्यक्ष पौड्यालले पछिल्लो समय बैंक दिगो विकासमा केन्द्रित गरेको उल्लेख गर्दै कार्यक्रम…

मानव सेवा आश्रमलाई नबिल बैंककाे सहयोग

मानव सेवा आश्रमलाई नबिल बैंककाे सहयोग नबिल बैंक लिमिटेडले मानव सेवा आश्रमलाई २ थान उद्धार वाहन सहयोग गरेको छ । एक विशेष कार्यक्रमबीच गत मंगलबार काठमाडौंको बोहोराटार स्थित मानव सेवा आश्रममा दुई वटा वाहनहरू हस्तान्तरण गरिएको हो । नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्याल, सञ्चालक निर्वाण चौधरी, प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्र प्रसाद ढुंगाना र नायब प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले संयुक्त रूपमा गाडीको साँचो आश्रमका अध्यक्ष रामजी अधिकारीलाई हस्तान्तरण गरेका हुन् । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न किसिमका अभियानहरू सञ्चालन गर्दै आएकोमा मानव सेवामा उत्कृष्ट काम गरेको यो आश्रमलाई सहयोग उपलब्ध गराएको हो । साँचो हस्तान्तरण कार्यक्रममा…

पोखरामा टीभीएसकाे शोरूम उद्घाटन

पोखरामा टीभीएसकाे शोरूम उद्घाटन स्क्वायर मोटर्स प्राइभेट लिमिटेडले पोखरामा आफ्नो नयाँ टीभीएस शोरूम उद्घाटन गरेको छ । महानगर प्रमुख धनराज आचार्यले बुधबार रिबन काटेर शोरुमको उद्घाटन गरेका हुन् । स्क्वायर मोटर्सको नयाँ शोरूमले स्थानीय समुदायको मोटरबाइक र स्कुटर आवश्यकताहरू पूरा गर्ने उद्देश्य राखेको छ, जसमा विभिन्न टीभीएस मोडेलहरू उपलब्ध गराइनेछ । त्यति मात्र नभई टीभीएस सवारी साधनहरूको प्रदर्शनसँगै, शोरूमले स्पेयर पार्ट्स र सवारी साधन मर्मतसम्भार सहित व्यापक सेवाहरू प्रदान गर्नेछ । पोखरामा टीभीएस उत्साहीहरूलाई उच्च स्तरका उत्पादन र सेवाहरू उपलब्ध गराउने प्रतिबद्धता स्क्वायर मोटर्सका सञ्चालकहरू बिनोज पोते र आदर्शमान श्रेष्ठले जनाएका छन् ।

एनआईसी एसियाले भाखा नागेका ऋणीहरुलाई ब्याजमा ३५ प्रतिशतसम्म छुट दिने

एनआईसी एसियाले भाखा नागेका ऋणीहरुलाई ब्याजमा ३५ प्रतिशतसम्म छुट दिने एनआईसी एसिया बैंकले भाखा नागेका ऋणीहरुलाई साधारण ब्याज रकममा ३५ प्रतिशतसम्म छुट दिने भएको छ । देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्ने हेतुले यस्तो योजना ल्याएको बैंकले जनाएको छ । जसअनुसार बैंकले २०८० चैत्र मसान्तसम्ममा एक वर्षभन्दा बढी भाखा नाघेका ऋणीले सम्पूर्ण कर्जा रकम यही आषाढ महिनाभित्रमा चुक्ता गरेमा जरिवाना तथा हर्जाना रकममा शतप्रतिशत छुट र साधारण बक्यौता ब्याज रकममा ३५ प्रतिशत छुट दिने घोषणा गरेको छ । यस्तै भाखा नाघेको ९१ दिनदेखि १८० दिन र १८१ दिनदेखि ३६५ दिनसम्म भएका ऋणीले…

सेयर बजारमा दाेहाेराे अंककाे वृद्धि

सेयर बजारमा दाेहाेराे अंककाे वृद्धि साताको पहिलो कारोबारका दिन शेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आइतबार २१.२७ अंकले बढेर २१४०.९७ बिन्दुमा अडिएको हो । यस दिन बजारमा १ करोड ४० लाख १४ हजार ६२२ कित्ता शेयरको खरिदबिक्री हुँदा ६ अर्ब २९ लाख ३१ हजार रुपैयाँको कारोबार भएको छ । दोहोरो अंकले परिसूचक बढे पनि मैलुङ खोला जलविद्युत कम्पनी, गुडविल फाइनान्स लिमिटेड, आइसीएफसी फाइनान्स र अपरसोलु हाइड्रो इलेक्ट्रिक कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक घाटा ब्यहोरेका छन् । गत साताको दोस्रो कारोबारपछि नेप्से निरन्तर बढिरहेको छ ।

टाटाकाे टियागो ईभी मनसुन एक्सचेन्ज मेला

टाटाकाे टियागो ईभी मनसुन एक्सचेन्ज मेला नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले टियागो ईभी मन्सुन एक्सचेन्ज मेला आयोजना गरेको छ । मेलामा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा टियागो ईभीसँग साट्न सकिनेछ । ग्राहकवर्गको परिवर्तित जीवनसैली र अत्याधुनिक सवारी प्रतिको रुची तथा चाहनाहरुलाई मध्यनजर गर्दै टाटा मोटर्सको शोरुम थापाथली लगायत देशैभरि रहेका शोरुमहरुमा असार २१ देखि २३ गतेसम्म एक्सचेञ्ज कार्यक्रम आयोजना गरिएको हो । मेलामा सहभागी ग्राहकलाई आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क अटोप्लस इन्स्योरेन्स, निःशुल्क २ आर्थिक वर्र्षको सवारी कर, एक्सेसरिज र ३ वर्षको निःशुल्क सर्भिसिङ् सुविधाहरु उपलब्ध छन् । साथै टेस्ट ड्राइभ र बुकिङ्गमा…