सेयर बजारमा दाेहाेराे अंककाे वृद्धि

साताको पहिलो कारोबारका दिन शेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आइतबार २१.२७ अंकले बढेर २१४०.९७ बिन्दुमा अडिएको हो ।

यस दिन बजारमा १ करोड ४० लाख १४ हजार ६२२ कित्ता शेयरको खरिदबिक्री हुँदा ६ अर्ब २९ लाख ३१ हजार रुपैयाँको कारोबार भएको छ ।

दोहोरो अंकले परिसूचक बढे पनि मैलुङ खोला जलविद्युत कम्पनी, गुडविल फाइनान्स लिमिटेड, आइसीएफसी फाइनान्स र अपरसोलु हाइड्रो इलेक्ट्रिक कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक घाटा ब्यहोरेका छन् ।

गत साताको दोस्रो कारोबारपछि नेप्से निरन्तर बढिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

सेयर बजारमा दाेहाेराे अंककाे वृद्धि