वालिङमा सिटिजन्स बैंककाे १९४औं शाखा विस्तार

वालिङमा सिटिजन्स बैंककाे १९४औं शाखा विस्तार सिटिजन्स बैंकले आफ्नो १९४औं शाखा विस्तार गरेको छ । यससँगै गण्डकी प्रदेशमा सञ्चालनमा रहेका शाखाहरु १५ पुगेका छन् । वालिङमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले नयाँ शाखाको शुभारम्भ गरेका हुन् । कार्यक्रमलाई संवोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले ग्राहकहरूलाई उत्कृष्ट सेवा सुविधा पुर्याउने क्रममा स्याङ्जामा पहिलोपटक सेवाको सुरुवात गरेको र बैंकले स्याङ्जा बासीहरुबाट भरपुर साथ र सहयोग पाउने आशा राखेको र बैंकले पनि सेवामा कुनै कमि हुन नदिने कुरा व्यक्त गरे । उक्त शाखाको उद्घाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति…

एक महिनाभित्र दाेहाेराे पद छाड्न सहकारी सञ्चालकलाई निर्देशन

एक महिनाभित्र दाेहाेराे पद छाड्न सहकारी सञ्चालकलाई निर्देशन सहकारी विभागले एउटै व्यक्ति दुई वा त्यसभन्दा बढी सहकारी संस्थाको सञ्चालक हुन नपाउने व्यवस्था गरेको छ । विभागले कोही दोहोरो पदमा रहेको भए त्यसलाई त्यागेर एकल पद कायम गर्न सबै सहकारी संस्थालाई आज निर्देशन दिएको हो । सहकारी ऐन २०७४ को दफा ४१ (५) मा कुनै व्यक्ति एकै समयमा एकमात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने व्यवस्था रहेकोले ऐनको उक्त प्रावधान कार्यान्वयन गर्न निर्देशन जारी गरिएको सहकारी विभागका रजिष्ट्रार पीताम्बर घिमिरेले जानकारी दिए । सहकारी बैंकको हकमा पनि पनि यस्तै निर्देशन दिइएको छ । यो निर्देशन कार्यान्वयन भए–नभएको अनुगमन गरिने र यदि कार्यान्वयन…

ग्लोबल आइएमई बैंकका २३३ शाखामार्फत वित्तीय साक्षरता

ग्लोबल आइएमई बैंकका २३३ शाखामार्फत वित्तीय साक्षरता ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकका २३३ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको हो । बैंकले सातवटै प्रदेशअन्तर्गत आयोजना गरेका कार्यक्रमहरुमा ३५ हजार भन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमीहरु, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरुको सहभागिता रहेको बैंकले जनाएको छ । बैंकको कोशी प्रदेशमा आयोजना गरेको कार्यक्रममा ३,५००, मधेशमा २,२००, बागमतीमा १५,०००, गण्डकीमा ५,५००, लुम्बिनीमा ६,०००, कर्णालीमा ५०० र सुदूरपश्चिममा २,५०० भन्दा…

असार १५ मै सकियाे १० प्रतिशत राेपाइँ

असार १५ मै सकियाे १० प्रतिशत राेपाइँ देशभर ९.८ प्रतिशत धान रोपाइँ सकिएको छ । कृषि विभागले दिएकाे तथ्यांकअनुसार असार १५ सम्ममा ९.८ प्रतिशत रोपाइँ सकिएको हो । गत वर्ष असार १५ सम्म ८.७५ प्रतिशत रोपाइँ भएको थियो । नेपालमा १३ लाख ९८ हजार ८३६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदै आइरहेको छ । यसमध्ये १ लाख ३६ हजार ४११ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको विभागले जनाएको छ । तथ्यांकअनुसार सबैभन्दा धेरै कर्णाली प्रदेशमा २३.९ प्रतिशत हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । सुदूरपश्चिम प्रदेशमा २५ प्रतिशत र बागमतीमा १८.३ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ । लुम्बिनीमा ८.८ प्रतिशत, गण्डकीमा ८.३ प्रतिशत, कोशी…

सिटिजन्स क्यापिटलको अध्यक्षमा श्रेष्ठ र सञ्चालकमा अधिकारी नियुक्त

सिटिजन्स क्यापिटलको अध्यक्षमा श्रेष्ठ र सञ्चालकमा अधिकारी नियुक्त सिटिजन्स क्यापिटल लिमिटेडको अध्यक्षमा राजेन्द्रलाल श्रेष्ठ नियुक्त भएका छन् । सिटिजन्स बैंक ईन्टरनेशनल लिमिटेडको तर्फबाट मनोनीत भई सिटिजन्स क्यापिटलको अध्यक्ष रहेका पारसकुमार काफ्लेको निधनका कारण रिक्त पदमा यही १३ गतेको सञ्चालक समितिको बैठकले सञ्चालक सदस्य श्रेष्ठलाई अध्यक्ष नियुक्त गरेको हो । साथै, उक्त बैठकले नारायणराज अधिकारीलाई सञ्चालकमा नियुक्त गरेको छ । उक्त बैठकमा सिटिजन्स बैंक ईन्टरनेशनल लिमिटेडको तर्फबाट अन्य सञ्चालक प्रमेशराज कायस्थ, कर्मचारी संचय कोष तर्फबाट सुवास खड्का, स्वतन्त्र संचालकहरू अभिजित मुल, ज्योत्सना बोहरा पाण्डेका साथै संस्थाका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ तथा कम्पनी सचिव रमेश लुइँटेलको उपस्थिति थियो । नेपाल…

के थियाे आयकर ऐनको दफा ५७ मा ? किन गरियो संशोधन ?

के थियाे आयकर ऐनको दफा ५७ मा ? किन गरियो संशोधन ? अर्थमन्त्री वर्षमान पुनले आर्थिक विधेयकमार्फत आयकर ऐनको दफा ५७ लगानीकर्ताबाट लगानी प्रोत्साहित र पूँजी वृद्धिको लागि संशोधन गरिएको बताएका छन् । प्रतिनिधि सभामा आर्थिक विधेयक माथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै पुनले यस्तो बताएका हुन् । सरकारले लगानीका लागि करसम्बन्धी व्यवस्था केही लचिलो बनाएर लगानीकर्तालाई सकारात्मक सन्देश दिन खोजेको बताए । उनले आयकर ऐनको सो दफामा भएको वर्तमान व्यवस्था अनुसार ३ वर्षको अवधिमा कुनै पनि कम्पनीको स्वामित्व ५० प्रतिशत वा सोभन्दा बढीले परिवर्तन भयो भने सो निकायले आफ्नो सम्पती तथा दायित्व निःसर्ग गरेको मानिने बताए । उनले ५०…

कृषि प्रवर्द्धन गर्न नबिल बैैंक र मुक्तिनाथ कृषि कम्पनीबीच समझदारी

कृषि प्रवर्द्धन गर्न नबिल बैैंक र मुक्तिनाथ कृषि कम्पनीबीच समझदारी नबिल बैंक र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले कृषि प्रवर्द्धनका लागि समझदारी गरेका छन् । कृषि प्रवर्द्धन, अनुसन्धान, विकास, पूर्वाधार निर्माण, यान्त्रिकीकरण, तथा साना किसानहरूमा उद्यमशीलता विकासका लागि समझदारी गरिएको हो । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाको उपस्थितिमा बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र मुक्तिनाथ कृषि कम्पनीका प्रबन्ध निर्देशक भरतराज ढकालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । ग्राहकहरूको आवश्यक वित्तीय र गैरवित्तीय सेवाहरूमा पहुँच विस्तार गर्ने मुख्य उद्देश्य राखेर यो समझदारी गरिएको छ । नबिल बैंकले हरित वित्तपोषण र कृषि सम्बन्धी परियोजना विकास तथा…

विद्युतीय गाडीकाे आयात बढ्याे

विद्युतीय गाडीकाे आयात बढ्याे चालू आर्थिक वर्षको अन्त्यमा विद्युतीय गाडीको आयात ह्वात्तै बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्षको ११ महिना (असारदेखि जेठसम्म) ११ हजार ४ सय ६६ वटा विद्युतीय कार, भ्यान र जीप नेपाल भित्रिएका छन् । जेठमा मात्रै २ हजार ९६९ वटा विद्युतीय गाडी भित्रिएका छन् । याे संख्या वैशाखकाे तुलनामा दाेब्बरभन्दा बढी हो । गत आर्थिक वर्षको ११ महिनामा ३ हजार ८७० वटा विद्युतीय कार, भ्यान र जीप आयात भएका थिए । नेपालमा ५० देखि ३०० किलोवाटसम्मका विद्युतीय सवारी साधन भित्रिने गरेका छन् । सबैभन्दा बढी ५१ देखि १०० किलोवाटसम्मका गाडी आयात…

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा ग्लोबल आइएमईकाे नयाँ एटिएम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा ग्लोबल आइएमईकाे नयाँ एटिएम ग्लोबल आइएमई बैंक लिमिटेडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा नयाँ एटीएम सञ्चालनमा ल्याएको छ । बैंकले अन्तर्राष्ट्रिय टर्मिनलको लगेज लिने ठाउँमा नयाँ एटीएम सेवा सञ्चालनमा ल्याएको हो । उक्त नयाँ एटीएम सेवा थप भएसँगै ग्लोबल आइएमई बैंकको एटीएम संख्या ३८४ पुगेको छ । यसैगरी, विमानस्थलकै आन्तरिक टर्मिनलमा रहेको एटीएम सेवालाई सेल्फी लिने स्थानमा स्थानान्तरण गरिएको छ । दुवै टर्मिनलमा रहेका एटीएम मेशिन २४ सै घण्टा सञ्चालनमा रहने छन् । ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २७७ शाखा…

वागमतीमा करकाे दर परिमार्जन

वागमतीमा करकाे दर परिमार्जन बागमती प्रदेश सरकारले एकल तथा साझा अधिकार क्षेत्रभित्र रहेका विज्ञापन कर, मनोरञ्जन कर, ढुङ्गा, गिट्टी, बालुवा, शुल्कमा परिमार्जन गरेको छ । प्रदेश राजस्व परामर्श समितिको परामर्श तथा सुझावका आधारमा राजस्वको नयाँ क्षेत्रको पहिचान गरी उक्त क्षेत्रको राजस्व दर परिमार्जन गरेको आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले बताए । प्रदेशको अधिकार क्षेत्रभित्रका अधिकांश करका दरहरू यथावत् राखी कार्यान्वयनमा देखिएका द्विविधाहरू हटाउने गरी केही करका दरमा सामान्य परिमार्जन गरिएको उनले बताए । उनका अनुसार २० वर्ष वा सोभन्दा बढी अवधि पूरा भएका सार्वजनिक सवारी साधनको दर्ता खारेज गराउने प्रयोजनका लागि आगामी पुस मसान्तसम्म बुझाए जरिवानामा ८० प्रतिशत…