नेशनल लाइफद्वारा ८० जना अभिकर्ता सम्मानित
नेशनल लाइफद्वारा ८० जना अभिकर्ता सम्मानित नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि.ले नेशनल अवार्ड अन्तर्गत नेशनल रत्न छनौट हुन सफल कोशी र मधेस प्रदेशका करिब ८० जना अभिकर्ताहरूलाई सम्मानित गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा इटहरीमा आयोजित कार्यक्रममा उनीहरूलाई सम्मानित गरिएको हो । समारोहमा नेशनल अवार्ड विजेता अभिकर्ताहरूलाई नेशनल लाइफ लोगो अङ्कित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरिएको थियो । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत खत्रीले अभिकर्ता सञ्जाललाई प्रविधिमैत्री र व्यावसायिक बनाउन थप लगानी गरिएको र कम्पनीको व्यवसाय वृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई प्राथमिकतामा राखी समय सापेक्ष प्रोत्साहन योजना ल्याइएको कारण नै नेपालभर…