प्रभु बैंकका ग्राहकलाई चिरायुमा छुट

प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूलाई चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्ष्टिच्युट अस्पतालमा सेवा सुविधामा छुट दिने सम्झौता भएको छ । चिरायु हस्पिटलको तर्फबाट सञ्जीव राज भण्डारी र प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत रवीन्द्र ढकालले समझदारी पत्रमा हस्ताक्षर गरे ।

छुट सुविधा लिनका लागि बैंकका ग्राहकहरूले प्रभु बैंकको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्डमध्ये कुनै एक चिरायु हस्पिटलमा पेश गर्नुपर्ने छ ।

सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहक, कार्ड प्रयोगकर्ता, कर्मचारी तथा कर्मचारीका परिवारले चिरायु हस्पिटलमा उपचार गर्दा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडी टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियो थेरापी लगायतका सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

साथै प्रभु बैकका कर्मचारी तथा ग्राहकहरूले आफ्नो बैकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।

नेपालको निजी क्षेत्रबाट सञ्चालित अग्रणी स्वास्थ्य सेवा प्रदायक चिरायु हस्पिटलले केही दशकदेखि निरन्तर स्तरीय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको र एकै छानामुनि आकस्मिक उपचार देखि सघन उपचार उपलब्ध गराउँदै आइरहेको छ ।

त्यसै गरी, ग्राहकहरूको रोजाइको बैंकको रुपमा रहेको तथा हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरूलाई ‘विश्वास लिन्छौँ, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथ सेवा दिँदै आएका आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

प्रभु बैंकका ग्राहकलाई चिरायुमा छुट