१७औँ वार्षिकोत्सव मनाउँदै सिटिजन्स बैंक : वैशाखभरि विभिन्न सेवामा भारी छुट

१७औँ वार्षिकोत्सव मनाउँदै सिटिजन्स बैंक : वैशाखभरि विभिन्न सेवामा भारी छुट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शुक्रबार आफ्नो १७औँ वार्षिकोत्सव मनाउँदैछ । वार्षिकाेत्सवकाे उपलक्ष्यमा बैंकले आकर्षक योजनाहरू सार्वजनिक गरेको छ । बैंकले यही वैशाख १ गतेदेखि वैशाख ३१ गतेसम्म १ महिनाका लागि लागू हुने गरी विभिन्न सेवा सुविधामा भारी छुट–क्यासब्यकलगायतका योजनाहरू सार्वजनिक गरेको हो । योजना अन्तर्गत डेविट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई पस मेसिन र अनलाइनमार्फत् रु. १००० वा बढीको कारोबार गर्दा १७% वा बढीमा रु. १७० क्यासब्याक दिइने बैंकले जनाएको छ । यसैगरी सिटिजन्स स्मार्ट मार्फत क्यु आर कोड स्क्यान गरी भुक्तानी गर्ने ग्राहकहरूको लागि पनि रु ५०० वा बढीको कारोबार गर्दा…

बर्दिबासमा पाँच तारे होटल निर्माण सुरू

बर्दिबासमा पाँच तारे होटल निर्माण सुरू महोत्तरीको बर्दिबास पाँच तारे 'रामिणी' होटल निर्माण सुरु भएको छ । साढे दुई वर्षभित्र निर्माण सक्ने गरी कुल एक बिघा क्षेत्रफलमा बनाउन थालिएकाे होटलमा कुल १ अर्ब १० करोड रुपैयाँ लगानी हुनेछ । जसमा ७/७ तलाका दुई वटा भवन बन्नेछन् । ८२ वटा कोठा हुनेछन् । डिलक्स र स्वीटका साथै दुई वटा प्रेसिडेन्सियल स्वीट रुम हुनेछन् । पाँच तारे होटलमा उपलब्ध हुने सबैखाले (क्यासिनो, स्वीमिङ पुल, वेलनेसलगायत) सुविधा उपलब्ध हुने हाेटलका अध्यक्ष शम्भु घिमिरेले जानकारी दिए । उनका अनुसार भगवान रामको जन्मभूमि अयोध्या र सीताको जन्मभूमि जनकपुरलाई पर्यटनमार्फत जोड्ने उद्देश्यले होटल निर्माण सुरु गरिएको…

माथिल्लाे अरुणकाे वित्तीय व्यवस्थापन एडीबीले गर्ने सैद्धान्तिक सहमति

माथिल्लाे अरुणकाे वित्तीय व्यवस्थापन एडीबीले गर्ने सैद्धान्तिक सहमति संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलासययुक्त जलविद्युत आयोजनामा वित्तीय व्यवस्थापन विषयमा सैद्धान्तिक सहमति जुटेको छ । अमेरिका भ्रमणमा रहेका अर्थमन्त्री वर्षमान पुन अनन्त र विश्व बैंक उच्च नेतृत्वबीच वासिङ्टन डिसीमा भएको वार्तामा त्यसबारे सैद्धान्तिक सहमति भएको हो । मन्त्री पुन र विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरबीच माथिल्लो अरुणसहित विश्व बैंकको लगानीमा नेपालमा सञ्चालित आयोजनाबारे छलफल भएको थियो । माथिल्लो अरुणमा विश्व बैंकले वित्तीय व्यवस्थापनको नेतृत्व गर्ने विषयमा सैद्धान्तिक निस्कर्षमा पुगिएको मन्त्री पुनको भ्रमण टोली सदस्य एवं अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव…

नयाँ स्टक लाइसेन्सकाे हानथापले बाेर्ड अध्यक्ष नियुक्तिमा अन्याेल

नयाँ स्टक लाइसेन्सकाे हानथापले बाेर्ड अध्यक्ष नियुक्तिमा अन्याेल नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स हत्याउने विषयमा विचाैलिया दीपक भट्ट र आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालबीच हानथाप हुँदा धिताेपत्र बोर्डको अध्यक्ष नियुक्ति अन्याेलमा परेकाे छ । नयाँ स्टक लाइसेन्स लिनकै लागि पावर ब्रोकरको रुपमा काम गर्दै आएका विचौलिया दीपक भट्टले यसअघि रमेश हमाललाई अध्यक्ष बनाएका थिए । तर, लाइसेन्सको विषयमा संसदीय समितिदेखि सर्वोच्च अदालतसम्म मुद्दा परेपछि हमालको कार्यकालमा भट्टको सपना पूरा हुन सकेन । भट्टले आफ्नो स्वार्थ अनुकुल हिमालयन स्टकलाई लाइसेन्स दिने प्रक्रिया अन्तिम चरणमा पुर्याए पनि त्यसले पूर्णता पाउन सकेन । नयाँ स्टक लाइसेन्स दिनका लागि ३ वटा कम्पनीको आवेदन परेको थियो…

अब ६ हजारमै विदेश भ्रमण !

अब ६ हजारमै विदेश भ्रमण ! ग्लोबल आइएमई बैंक लिमिटेडले क्रेडिट कार्डबाहक ग्राहकहरुलाई सरल किस्ताबन्दीमा स्वदेश तथा विदेश भ्रमण योजना सार्वजनिक गरेको छ । आइएमई ट्राभल्ससँगको सहकार्यमा ल्याइएको यस योजनाअन्तर्गत हाल आन्तरिक पर्यटकीय स्थानहरु अन्नपूर्ण वेस क्याम्प, धार्मिक गन्तव्यको रुपमा स्थापित मुक्तिनाथ तथा अन्तर्राष्ट्रिय टुर प्याकेजमा थाइल्याड, बाली, दुबई भ्रमणको लागि सहुलियत मूल्यका योजनाहरु ल्याएको छ । बैंकले आन्तरिक भ्रमणका लागि न्यूनतम ३ हजार २१० र विदेश भ्रमणका लागि ६ हजार रुपैयाँको सरल किस्ताबन्दी योजना ल्याएको हो । बैंकको क्रेडिट कार्डबाहक महानुभावहरुले आइएमई ट्राभल्समा गई आफूलाई अनुकूल टुर प्याकेज किस्ताबन्दीमा खरिद गर्न सक्ने बैंकले जनाएको छ । यो योजनामा आवद्ध…

कर्जाकाे ब्याजदर दुई वर्षयताकै सस्तो

कर्जाकाे ब्याजदर दुई वर्षयताकै सस्तो बैंक तथा वित्तीय संस्थाको ब्याजदर दुई वर्षयताकै सस्तो भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकले बैंकहरुको कर्जाकाे ब्याजदर करिब २ वर्षयताकै सस्तो देखाएको हो । बैशाखका लागि २० वटा वाणिज्य बैंकको औसत आधारदर ८.८५ प्रतिशत छ । सबैभन्दा बढी आधारदर हिमालयन बैंकको ९.८५ प्रतिशत छ । सबैभन्दा कम स्ट्याण्डर्ड चार्टर्ड बैंकको ७.२९ प्रतिशत छ । यो दुई वर्षयताको सस्तो आधारदर हो । २०७८ माघमा बैंकहरुको औसत आधारदर ८.४९ प्रतिशत थियो । त्यसको एक वर्षपछि २०७९ पुसमा १०.८५ प्रतिशतसम्म औसत आधारदर पुग्यो । ऋणको ब्याजदर महँगो हुँदा लगानी गर्न नसकिने भन्दै व्यवसायीहरु घटाउनुपर्ने लबिङमा उत्रिए ।…

सिटिजन्स बैंक र बेक एण्ड सेल्सबीच विशेष छुटकाे समझदारी

सिटिजन्स बैंक र बेक एण्ड सेल्सबीच विशेष छुटकाे समझदारी सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र काठमाडौंस्थित बेक एण्ड सेल्सबीच बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सहमतिपछि सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले बेक एण्ड सेल्सको नयाँबजार, महाराजगञ्ज र सातदोबाटो शाखामा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित र नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरण बैंकको…

यती एयरमा दुई वर्षमुनिका बालबालिकालाई निःशुल्क उडान

यती एयरमा दुई वर्षमुनिका बालबालिकालाई निःशुल्क उडान नयाँ वर्ष २०८१ को उपलक्ष्यमा यती एअरलाइन्सले २ वर्षभन्दा मुनिका बालबालिकालाई हवाई भाडा निःशुल्क गर्ने घोषणा गरेको छ । ‘साना यात्रुका लागि निःशुल्क यात्रा’ योजना सार्वजनिक गर्दै शिशुहरुलाई यतीले हवाई भाडा शतप्रतिशत छुट गर्ने घोषणा गरेको हो । हरेक बालबालिकाले आफ्नो जीवनको पहिलो उडानको अनुभव यती एअरलाइन्स मार्फत नै सुरुवात होस् भनेर यो योजना ल्याइएको यती एअरलाइन्सले जानकारी दिएको छ । हाल एअरलाइन्सहरुले २४ महिनासम्मका शिशुहरुको उडानमा सेवा शुल्क लिंदै आएका छन् । यात्रुहरुलाई सुखद उडान यात्राको अनुभव दिन बच्चाहरुको हवाई भाडामा शतप्रतिशत छुट गरिएको यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।…

नयाँ वर्षमा पर्यटकीय क्षेत्रका हाेटल भरिभराउ, सबैतिर चहलपहल

नयाँ वर्षमा पर्यटकीय क्षेत्रका हाेटल भरिभराउ, सबैतिर चहलपहल नयाँ वर्ष २०८१ मा मुख्य पर्यटकीय स्थलका हाेटल भरिभराउ भएका छन् । काठमाडौं, पोखराजस्ता पयर्टकीय नगरहरुमा साता अगाडिदेखि नै नयाँ वर्षको चहलपहल बढेको थियाे ।२०८० काे अन्तिम दिनसम्म पाेखरा, ठमेललगायत क्षेत्रका ९० प्रतिशतभन्दा बढी हाेटलहरु बुकिङ भएकाे व्यवसायीहरुले बताएका छन् । विगत वर्षहरुका तुलनामा यस नयाँ वर्षमा स्वदेशी पर्यटकहरुको संख्यामा भने केही गिरावट आएको होटल व्यवसायीहरुको गुनासाे छ । नयाँ वर्षसँगै काठमाडाैंका ठमेल र दरबारमार्ग क्षेत्र चाैबिसै घण्टा खुलाउने निर्णयले पर्यटन क्षेत्रमा उत्साह थपिएकाे छ । ठमेल पर्यटन विकास परिषद् अध्यक्ष भविश्वर शर्माका अनुसार ठमेलका होटलहरु ९० प्रतिशतसम्म बुकिङ भएका छन् ।…

नयाँ वर्षमा एमजीकाे आकर्षक उपहार याेजना

नयाँ वर्षमा एमजीकाे आकर्षक उपहार याेजना एमजीको नेपालको लागि आधिकारिक वितरक एवम् आयातकर्ता पारामाउन्ट मोटर्स प्रा.लिले नेपाली नयाँ वर्षलाई लक्षित गरेर ‘नयाँ वर्ष २०८१ को बहार एमजिसँग आकर्षक उपहार’ योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत ग्राहकहरुले ७ लाखसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् । एमजीको ईभी मोडलमा ग्राहकहरुले निःशूल्क टायर, ७ किलोवाटको एसी चार्जर र चालू आर्थिक वर्षको सडक करमा छुट जस्ता विभिन्न फाइदाहरु लिन सक्नेछन् । अफरको बारेमा चर्चा गर्दै कम्पनीका प्रतिनिधि भन्छन्, ‘सुरक्षादेखि डिजाइनसम्म सबै कुराहरुमा उत्कृष्ट एमजिका सबै गाडीहरु (पेट्रोल तथा ईभि)मा अफरको उपलब्धताले ग्राहकमहानुभावहरुलाई हाम्रो गाडी किन्नमा थप प्रोत्साहन गर्ने अपेक्षा हामीले राखेका छौं । नव…