ठूलो आर्थिक वृद्धि हुने क्षेत्रहरुमा लगानी गर्न अर्थमन्त्रीकाे निर्देशन

ठूलो आर्थिक वृद्धि हुने क्षेत्रहरुमा लगानी गर्न अर्थमन्त्रीकाे निर्देशन अर्थमन्त्री वर्षमान पुनले ठूलो आर्थिक वृद्धि हुने क्षेत्रहरुमा लगानी गर्न नागरिक लगानी कोषलाई निर्देशन दिएका छन् । नागरिक लगानी कोषको ३४ औं वार्षिकोत्सव कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उनले दीर्घकालीन महत्वका पूर्वाधार निर्माण, ठूला आर्थिक वृद्धिका क्षेत्र र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नुपर्ने बताएका हुन् । कोषले गरेका लगानीहरुमा लगानी कर्ताको पैसा नडुबोस् भन्ने जिम्मेवारी कोष स्वयंले लिनुपर्ने बताए । उनले देशमा विद्यमान समस्याको समाधान गरेर अघि बढ्नुपर्ने चुनौती त्यत्तिकै रहेको बताए । उनले भने, ‘हामी समस्याभन्दा बाहिर त कहिले पनि हुँदैनाैं । त्यो समस्या जसले समाधान गर्नसक्छ, आफ्नो समकालीन समस्या,…

क्यान्सर बिरामीलाई यतीकाे टिकट नि:शुल्क

क्यान्सर बिरामीलाई यतीकाे टिकट नि:शुल्क यती एयरलाइन्सले उपचारका लागि विराट मेडिकल कलेज टिचिङ हस्पिटल (विराट क्यान्सर इन्स्टिच्युट) जाने क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट प्रदान गर्ने भएको छ । आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत क्यान्सरका बिरामीलाई सहयोग गर्ने उद्देश्यले यो सुविधा ल्याएको यती एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज विष्टले जानकारी दिए । ‘निःशुल्क हवाई टिकट नेपालभरिकै क्यान्सरका बिरामीले उपभोग गर्न पाउनुहुनेछ, विराट क्यान्सर इन्स्टिच्युटसँगको सहकार्यमा यो योजना ल्याएका हौँ,’ उनले भने । अस्पतालका विशेषज्ञ चिकित्सकले उपलब्ध गराएकाे क्यान्सरको बिरामी भएको प्रमाणपत्र/परिचयपत्रका आधारमा निशुल्क टिकट बुक गर्न मिल्ने व्यवस्था मिलाइएको विराट क्यान्सर इन्टिच्युटका उपाध्यक्ष डा. निकिता कार्कीले जानकारी दिइन् ।

ग्लोबल आइएमईका ४१ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

ग्लोबल आइएमईका ४१ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन ग्लोबल आइएमई बैंक लिमिटेडले ४१ वटा शाखा कार्यालयद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा कृषक, लघु, साना तथा मझौला उद्यमीहरु, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीले सहभागिता जनाए । विभिन्न जिल्लाका ४१ ठाउँमा सञ्चालित कार्यक्रममा ५ हजारभन्दा बढी व्यक्तिलाई बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ्ग, बीमा, लगानी, अतिरिक्त बैंकिङ्ग सेवा, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको बैंकले जनाएकाे छ । बैंकका अनुसार काेसीमा झापाकाे दमक र मोरङ्गको विराटनगर, मधेशमा सर्लाहीको मलंगवा, बागमतीमा काठमाडौं महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका, ललितपुर महानगरपालिका, रामेछापको दोरम्बा शैलुङ…

नेपाली बजारमा भित्रियो आइसरको इन्जिन आयल

नेपाली बजारमा भित्रियो आइसरको इन्जिन आयल नेपालका लागि आइशर कमर्सियल भेइकल्सको एक मात्र आधिकारिक वितरक बतास एम. ए. डब्लु. कमर्सियलभेइकल प्रा.लि.ले आइसरको इन्जिन आयल भित्र्याएको छ। टंगालस्थित बतास एम.ए.डब्लु. प्रालिको मुख्य कार्यालयमा आयोजित एक समारोहमा कम्पनीका प्रमुख प्रबन्धनिर्देशक शान्तराज बतासले आइसरको इन्जिन आयल भित्र्याएकाे जानकारी दिए। उनले इन्जिन आयल र स्पेयर पार्ट्ससहित व्यवसायीका लागि कम्प्लिट सोलुसन उपलब्ध गराउने उद्देश्यका साथ नेपालमा बजार विस्तार गरेको बताए । आइसर कम्पनीद्वारा उत्पादित इन्जिन आयल, ट्रान्समिसन आयल, इन्डष्ट्रियल आयल आदि नेपाली बजारमाउपलब्ध हुनेछन् । आइसर ल्युब फोर ह्विलर, कमर्सियल, हेभी इक्विपमेन्ट आदि सबै सवारी साधनमा प्रयोग गर्न सकिने जनाइएको छ । भोल्भो र आइशरको…

बुटवलमा सेरेसकाे अत्याधुनिक शोरुम

बुटवलमा सेरेसकाे अत्याधुनिक शोरुम सेरेसले विद्युतीय सवारी साधनको क्षेत्रमा नेपालकै शीर्ष ब्रान्ड बन्ने उद्देश्यका साथ बुटबलको कालिकानगरमा अत्याधुनिक शोरुम उद्घाटन गरेको छ । कम्पनीले थ्री एस (सेल्स, सर्भिस र स्पेयर पार्टस्) शोरुम स्थापना गरेको हो । नेपालमा सेरेस ईभीहरुको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटो कर्पले बुटवलमा डिलरसीपका लागि इ एम मोटर्ससँग साझेदारी गरेको छ । शोरुमले ब्रान्डको पहुँचलाई थप वृद्धि गर्ने तथा उत्साही र सम्भावित ग्राहकहरूलाई सेरेस ईभीको अन्वेषण गर्ने हबको रूपमा काम गर्नेछ । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, नाडा रुपन्देहीका अध्यक्ष गणेश भट्टराई, एमएडब्लू वृद्धि अटोकोर्पका बिजनेष हेड प्रशन्न पन्त, इएम मोटसका डाईरेक्टर राजेश घिमिरेलगायतले सोरुम…

अर्थतन्त्रका समस्या समाधानका लागि सर्वपक्षीय छलफलको प्रस्ताव

अर्थतन्त्रका समस्या समाधानका लागि सर्वपक्षीय छलफलको प्रस्ताव नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रका समस्या समाधानका लागि सर्वपक्षीय छलफलको प्रस्ताव राखेका छन् । उनले पछिल्लो समय निजी क्षेत्रको मनोबल कमजोर भएको बताए । चितवनमा शुक्रबार भरतपुर भ्रमण वर्ष २०२४ काे उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ढकालले भने, 'राजनीति र अर्थतन्त्र फरक भएको कुरा सबैलाई थाहा छ । नेपालमा राजनीतिक परिवर्तन सहज रुपमा गरेका छौं । अर्थतन्त्र मन्दी आएको हिसाबमा समाधान गर्नको लागि सरकारले सक्रिय रुपमा पहल गर्नुपर्छ । सर्वपक्षीय सहभागितामा समाधानको पहल अपेक्षा गरिरहेका छौं ।' उनले मुलुक समृद्धिको सूत्र पर्यटन भएकाले सरकारले त्यही अनुसार नीति कार्यक्रम र बजेट ल्याउनु…

नेपाललाई विश्व बैंककाे २० कराेड ऋण स्वीकृत

नेपाललाई विश्व बैंककाे २० कराेड ऋण स्वीकृत विश्व बैंकले नेपालका दुई वटा परियोजनाको लागि २० करोड डलर ऋण स्वीकृत गरेको छ । बैंकले वित्तीय सुधारका लागि १० करोड डलर र प्रादेशिक तथा ग्रामीण सडक सञ्जाल मर्मत तथा सुधारका लागि १० करोड डलर ऋण दिने भएकाे हाे । विश्व बैंकको तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि आवासीय निर्देशक फारिस हदाद जर्भोसले सेवा र पूर्वाधारको क्षेत्रमार्फत नयाँ परियोजनाहरूले नेपालका मानिसहरूको जीवनस्तर सुधारमा सहयोग पुर्‍याउने बताए । यस परियोजनाले जलवायु केन्द्रीत पूर्वाधार खर्च बढाउन, प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प प्रवर्द्धनका लागि नेपालको न्यूनतम एफडीआई थ्रेसहोल्ड कम गर्न र एफडीआईको प्रक्रिया सुव्यवस्थित र स्वचालित…

प्रहरी धरपकडले बैंकिङ क्षेत्र त्रसित

प्रहरी धरपकडले बैंकिङ क्षेत्र त्रसित वाणिज्य बैंकका कार्यकारी अधिकृत (सीइओ) हरुले सीआइबीले राष्ट्र बैंकसँग समन्वय नै नगरी बैंकरहरुलाई धरपकड गरेको भन्दै चिन्ता व्यक्त गरेका छन् । धितोको मूल्याङ्कनभन्दा करिब दोब्बर बढी कर्जा देउराली सहकारीका सञ्चालकहरुलाई प्रवाह गरेको आरोपमा तत्कालीन सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृतद्वय तुल्सीराम गौतम र मनोज न्यौपानेसहित १० बैंकरलाई सीआइबीले मंगलबार बैंकिङ कसूरमा पक्राउ गरेपछि बैंक तथा वित्तीय संस्थाहरुमा आतङ्क छाएको छ । सीआइबीको हस्तक्षेप र धरपकडविरुद्ध विभिन्न बैंकका कर्मचारीहरुले आन्दाेलन गर्ने तयारी गरेपछि सीइओहरुको छाता संगठन नेपाल बैंकर्स एशोसिएसन (एनबीए) बुधबार थापाथलीस्थित कार्यालयमा आकस्मिक बैठक डाकेको थियो । जसमा २० वटै वाणिज्य बैंकका सीइओ र तिनका प्रतिनिधि…

लक्ष्मी सनराइज बैंकमा अध्यक्ष पद बेवारिस : नेपालको शपथ रोकियो

लक्ष्मी सनराइज बैंकमा अध्यक्ष पद बेवारिस : नेपालको शपथ रोकियो सधैं लफडै मात्र परिरहने लक्ष्मी सनराइज बैंकमा यतिबेला अध्यक्ष पद बेवारिसे भएको छ । पुस २६ मा २३ औँ वार्षिक साधारण सभाले संस्थापक शेयरधनीको तर्फबाट रमण नेपाल र मनोजकुमार भट्टराई सर्वसाधारण शेयरधनीको तर्फबाट स्वाती रुङ्गटा र दिनेश पौड्याललाई सञ्चालक समितिमा निर्वाचित गरेको थियो ।सोही दिन हतारमा बसेको सञ्चालक समितिको बैठकले नेपाललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गर्याे । अध्यक्ष नियुक्त रमण नेपाललाई भने नेपाल राष्ट्र बैंकले काम गर्न रोकेको छ ।राष्ट्र बैंकले अध्यक्षका लागि अयोग्य भन्दै नेपाललाई तत्काल काम नगर्न निर्देशन दिएको हो । यसअघि नागरिक लगानी कोषको प्रतिनिधित्व गर्दै संस्थापक…

३६ वटा लघुबित्त नाफा कमाउन सफल

३६ वटा लघुबित्त नाफा कमाउन सफल चालु आर्थिक वर्षको ६ महिनामा ३६ वटा लघुबित्तले नाफा कमाउन सफल भएका छन् । ती लघुबित्तले ९० करोड ७३ लाख ३२ हजार रुपैयाँ नाफा आर्जन गरेकाे नेपाल राष्ट्र बैंकले जनाएको छ । कुल ५७ मध्ये २१ वटा लघुवित्त भने घाटामा गएका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेकाे लघुवित्त वित्तीय संस्थाहरुको अर्धवार्षिक वित्तीय अवस्थामा जनाइएअनुसार ५७ लघुवित्त वित्तिय संस्थामा २१ वटा लघुवित्तहरु नोक्सानमा छन् । यस्तै लघुवित्तहरुको खराब कर्जा ६.८५ प्रतिशत पुगेको छ । यस अवधिमा यी लघुवित्त कम्पनीको लगानी प्रतिफल क्षमता २.८३ प्रतिशत मात्र छ । लघुवित्तले आफ्ना लगानीकर्तालाई २.८३ प्रतिशत मात्र लगानी प्रतिफल…