सिटिजन्स बैंकका ग्राहकलाई सिटिस्केप थकालीमा छुट

सिटिजन्स बैंकका ग्राहकलाई सिटिस्केप थकालीमा छुट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंकाे दरबारमार्गमा रहेकाे सिटिस्केप थकालीबीच ग्राहकलाई विशेष छुट दिने सम्झौता भएको छ । सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकले सिटिस्केप थकालीमा १० प्रतिशतसम्म छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । सिटिजन्स बैंकले देशैभर रहेका १९० शाखा, १५२ एटिएम र ९७ वटा शाखा रहित बैंकिङ्ग इकाईहरूबाट ग्राहकलाई आधुनिक बैंकिङ्ग…

सामसङकाे ‘ग्यालेक्सी ए१५फाइभजी’ नेपाली बजारमा

सामसङकाे ‘ग्यालेक्सी ए१५फाइभजी’ नेपाली बजारमा सामसङले ‘ग्यालेक्सी ए१५फाइभजी’ नेपाली बजारमा ल्याएको छ । ग्यालेक्सी ए१५ डिभाइसमा ‘एफएचडी’ प्लस रेजोल्युसन भएको ६.५ इन्चको सुपर ‘एमोल्ड’ इन्फिनिटी-यू डिस्प्ले छ । ९० हर्ज रिफ्रेस रेर्टले स्क्रोल गर्दा, ट्याप गर्दा वा स्वाइप गर्दा सहज र प्रतिक्रियात्मक अनुभव हुने कम्पनीले जनाएको छ । अत्याधुनिक मिडिया टेक डाइमेन्सिटी ६१०० प्लस चिपसेट, मल्टिटास्किङ र गेमिङ अनुभवद्वारा सञ्चालित, अद्भूत पर्फमेन्स र द्रुत फाइभ जी कनेक्टिभिटीका लागि अक्टा-कोर प्रोसेसर छ । ६/६४ जीबी, ८/१२८ जीबी र ८/२५६ जीबीसम्मका विकल्पहरूमा ग्यालेक्सी ए१५ उपलब्ध छ । त्यस्तै पछाडिको सेटअपमा ५० एपी वाइड-एंगल क्यामरा, ५ एमपी अल्ट्रा-वाइड क्यामेरा र २ एमपी म्याक्रो…

स्वस्तिमा बनिन् साओमीकाे ब्रान्ड एम्बासडर

स्वस्तिमा बनिन् साओमीकाे ब्रान्ड एम्बासडर अत्याधुनिक र इनोभेटिभ स्मार्टफोनहरू र एआइओटी प्रोडक्टहरु पस्किँदै आएकाे साओमीले पछिल्लो समयकी लोकप्रिय नायिका स्वस्तिमा खड्कालाई आफ्नो ब्रान्ड एम्बासडरको रूपमा नियुक्त गरेको छ । ‘साओमी जस्तो ग्लोबल टेक्नोलोजी लिडर ब्राण्डको ब्राण्ड एम्बासडर हुन पाउँदा म निकै गौरवान्वित छु, साओमीको लक्ष्य र मेरो व्यक्तिगत लक्ष्य मेल खान्छ, मलाई यो अवसर दिएकोमा साओमीप्रति आभारी छु,' नवनियुक्त ब्रान्ड एम्बासडर खड्का भन्छिन्, 'मलाई आशा छ यो सहकार्यले हामी दुवैलाई एउटा नयाँ उचाइमा पुर्‍याउनेछ ।’ यस बारेमा बोल्दै साओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर मनु मनस्वीले भने, ‘नेपालको लोकप्रिय अभिनेत्री एवम् शालीन व्यक्तित्वकी धनी स्वस्तिमा खड्कालाई साओमीको ब्रान्ड एम्बासडरको रूपमा नियुक्त…

पोखरामा खुकुरी फ्रेन्ड्स अफ फेस्टिभल हुँदै

पोखरामा खुकुरी फ्रेन्ड्स अफ फेस्टिभल हुँदै नेपाल लिटरेचर फेस्टिभलका क्रममा यस वर्षदेखि खुकुरी फेन्ड्स अफ फेस्टिभल पनि हुने भएकाे छ ।पछिल्ला तीन संस्करणदेखि लिटरेचर फेस्टिभललाई साथ दिँदै आएकाे नेपाल डिस्टिलरीले दिएकाे जानकारी अनुसार पाेखराकाे फेवा किनारमा पाँच दिनसम्म आयोजना हुने यस वर्षको खुकरी फ्रेन्ड्स अफ फेस्टिभलमा साङ्गीतिक सत्रका रुपमा पहिलो दिन कुमार नगरकोटीको काव्यिक प्रस्तुति, दोस्रो दिन कुटुम्ब ब्यान्ड, तेस्रो दिन प्रा.डा. ध्रुवेशचन्द्र रेग्मी अनि उनको समूह र द ब्लु फ्रेट ब्यान्ड तथा अन्तिम दिन विपुल क्षेत्री एन्ड द ट्राभलिङ ब्यान्डका प्रस्तुति रहनेछन् ।खुकरी फ्रेन्ड्स अफ फेस्टिभलले आउँदा दिनमा साहित्य, काव्य र सङ्गीतलाई अन्तरघुलन गर्दै यसमा विश्वास गर्ने विशेष समुदाय…

नेपाल लाइफ इन्स्याेरेन्सकाे खुद नाफामा १२.९० प्रतिशत वृद्धि

नेपाल लाइफ इन्स्याेरेन्सकाे खुद नाफामा १२.९० प्रतिशत वृद्धि नेपाल लाइफ इन्स्याेरेन्सकाे खुद नाफामा १२.९० प्रतिशत वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले उल्लेखनीय प्रगति गरेकाे हाे । चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले ४२ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३७ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको दोस्रो त्रैमासिक अवधिसम्ममा कुल बीमा शुल्क आर्जन रु. २,०००.०६ करोड रहेको छ जुन गत वर्षको सोही अवधिमा प्राप्त कुल बीमा शुल्क रु. १,८६२.७२ करोडको तुलनामा ७.३७ प्रतिशतले वृद्धि भएको…

बैंक तथा वित्तीय संस्थाहरूबाट लिएकाे ऋण तिर्नैपर्छ : अर्थमन्त्री

बैंक तथा वित्तीय संस्थाहरूबाट लिएकाे ऋण तिर्नैपर्छ : अर्थमन्त्री अर्थमन्त्री डा. प्रकाश शरण महतले बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको ऋण तिर्नुको विकल्प नरहेको बताएका छन् । उनले अहिले बैंक तथा वित्तीय संस्थाहरूबाट ऋण लिनेहरूका लागि केही सहज भएको र यो राहतलाई हेरेर ऋणीहरूले ऋण तिर्नुपर्ने बताए । इकोनोमिक मिडिया एशोसिएशन नेपाल (इमान) ले बुधबार काठमाडौंमा गरेको अन्तरक्रियामा बोल्दै उनले केही मानिसहरूले राजनैतिक निहित उद्देश्य लिएर ऋण तिर्नुपर्दैन भन्दै आन्दोलन गरिरहेको भन्दै यस्तो प्रवृत्तिको पछि लाग्नु आफ्नै खुट्टामा बन्चरो हान्नु बराबर भएको टिप्पणी गरे । उनले अहिले सहकारीको रूप नै नरहेको र अनुगमन नभएकाे मौका उठाएर केही सञ्चालकहरूले दुरुपयोग गरेको बताए…

ब्लाक एण्ड डेकरकाे ‘गिफ्ट्स टु शेयर, लभ इन द एयर’ क्याम्पेन

ब्लाक एण्ड डेकरकाे ‘गिफ्ट्स टु शेयर, लभ इन द एयर’ क्याम्पेन अमेरिकन ब्रान्ड ब्लाक एण्ड डेकरले ‘भ्यालेन्टाइन्स डे’ का लागि ‘गिफ्ट्स टु शेयर, लभ इन द एयर’ क्याम्पेन ल्याएको छ । क्याम्पेनअन्तर्गत ग्राहकले ब्लाक एण्ड डेकरको सामान खरिद गर्दा आकर्षक छुट पाउन सक्नेछन् । डेकरका उत्पादनहरु स्टाइलिश, टिकाउ र भरपर्दो भएकाले आफ्नो नजिकको व्यक्तिलाई गिफ्ट दिन प्रभावकारी र उपयोगी हुने कम्पनीको भनाइ छ । ब्लाक एण्ड डेकरले सामाजिक सन्जालमा एक प्रतियोगिता पनि आयोजना गरेको छ । प्रयोगकर्ताले प्रतियोगिता पोस्टमा आफ्नो जोडीको फोटो कमेन्ट गर्नुपर्नेछ र पोस्ट लाइक शेयर गर्नु पर्नेछ र जसमध्ये एक भाग्यशाली बिजेताले ब्लाक एण्ड डेकरको कफि मेकर…

नेपाल टेलिकम २१औँ वर्षमा

नेपाल टेलिकम २१औँ वर्षमा सन् २००४ देखि कम्पनीमा परिणत भएको नेपाल टेलिकम साेमबारदेखि २१औँ वर्षमा लागेको छ । सुरुमा नेपाल दूरसञ्चार संस्थानका रुपमा रहेकाे टेलिकमले कम्पनीका रुपमा सेवा दिन थालेको दुई दशक पुग्दा भ्वाइस सेवातर्फ ग्राहकको सङ्ख्या २०८० मङ्सिर मसान्तसम्ममा २ करोड १२ लाख ४२ हजार ५०० पुगेकाे छ । यस्तै, इन्टरनेट डाटातर्फ सोही अवधिमा २ करोड १५ लाख ४४ हजार ३०० जनाभन्दा बढी ग्राहक रहेको कम्पनीले जनाएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा कूल आम्दानी ४४ अर्ब ४२ करोड रुपैयाँ थियो । यसमध्ये ७ अर्ब ९२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको टेलिकमले जनाएको छ । कूल आम्दानीमध्ये…

अर्थतन्त्रका सबै सूचक सही अवस्थामा फर्किएको प्रधानमन्त्रीकाे दाबी

अर्थतन्त्रका सबै सूचक सही अवस्थामा फर्किएको प्रधानमन्त्रीकाे दाबी प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको अर्थतन्त्रका सबै सूचक सही अवस्थामा फर्किएको बताएका छन् । उदयपुरको रौतामाई गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको शनिबार उदघाटन गर्दै दाहालले पछिल्लाे समय अर्थतन्त्र ठीक बाटोमा अगाडि बढेको दाबी गरेका हुन् । प्रभावकारी कार्यान्वयन गर्न अब सरकारले बजेट बनाउने ढाँचा नै बदल्ने पनि उाले बताएका छन् । आर्थिक वर्ष २०८१/०८२ को बजेट बक्तव्यमा ३ करोडभन्दा कम लागतका योजना संघीय सरकारले कार्यान्वयन नगर्ने निर्णय भईसकेको उनले जानकारी गराए । दाहालले सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको जनताले अनुभुत हुनेगरी सेवा प्रवाह गर्नुपर्नेमा पनि जोड दिए । रौतामाई गाउँपालिका–२ स्थित भुट्टारमा करिब १० कट्टा…

६ महिनामा डेढ अर्बको दुग्धजन्य पदार्थ आयात

६ महिनामा डेढ अर्बको दुग्धजन्य पदार्थ आयात नेपालले ६ महिनाको अवधिमा झन्डै डेढ अर्ब रुपैयाँ बराबरको दुग्धजन्य पदार्थ भित्र्याएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ४३ करोड ८९ लाख २३ हजार रुपैयाँको दुग्धजन्य पदार्थ भित्रिएको हो । सोही अवधिमा नेपालबाट केही परिमाणमा दुग्धजन्य वस्तु पनि बाहिरिएको छ । जसअनुसार ६ महिनाको अवधिमा ६ करोड ३४ लाख ६५ हजार रुपैयाँको दुग्धजन्य पदार्थ निर्यात गरिएको विभागको तथ्याङ्कमा उल्लेख छ । दुग्धजन्य पदार्थमा नेपालले १ अर्ब ३७ करोड ५४ लाख ५८ हजार व्यापार घाटा बेहोरेको छ । ६ महिनाको दुग्धजन्य पदार्थको कारोबारबाट ५७ करोड ७८ लाख…