बैंक तथा वित्तीय संस्थाहरूबाट लिएकाे ऋण तिर्नैपर्छ : अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाश शरण महतले बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको ऋण तिर्नुको विकल्प नरहेको बताएका छन् । उनले अहिले बैंक तथा वित्तीय संस्थाहरूबाट ऋण लिनेहरूका लागि केही सहज भएको र यो राहतलाई हेरेर ऋणीहरूले ऋण तिर्नुपर्ने बताए ।

इकोनोमिक मिडिया एशोसिएशन नेपाल (इमान) ले बुधबार काठमाडौंमा गरेको अन्तरक्रियामा बोल्दै उनले केही मानिसहरूले राजनैतिक निहित उद्देश्य लिएर ऋण तिर्नुपर्दैन भन्दै आन्दोलन गरिरहेको भन्दै यस्तो प्रवृत्तिको पछि लाग्नु आफ्नै खुट्टामा बन्चरो हान्नु बराबर भएको टिप्पणी गरे ।

उनले अहिले सहकारीको रूप नै नरहेको र अनुगमन नभएकाे मौका उठाएर केही सञ्चालकहरूले दुरुपयोग गरेको बताए । बैंकको जस्तो कारोबार गर्ने वित्तीय संस्थाहरु सहकारी हुन नसक्ने उनकाे भनाइ थियाे ।

बेथितिमा चलेको बजेटरी सिस्टमलाई आफूले अनुशासनमा ल्याउने काम शुरु गरेको दाबी पनि उनले गरे । उनले बजेटलाई सिस्टममा ल्याउन अझै दुई वर्ष लाग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

बैंक तथा वित्तीय संस्थाहरूबाट लिएकाे ऋण तिर्नैपर्छ : अर्थमन्त्री