नाइमा नेपाल मोबिलिटी एक्स्पो १ लाखले गरे अवलोकन

नाइमा नेपाल मोबिलिटी एक्स्पो १ लाखले गरे अवलोकन नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा)को आयोजनामा भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ १ लाखले अवलोकन गरेका छन् । ६ दिनसम्म काठमाडौँको भृकुटीमण्डपमा चलेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’मा १ लाखले अवलोकन गरेको नाइमा अध्यक्ष ऋतुसिंह वैद्यले जानकारी दिइन् । गत बुधबार(साउन २१ गते)देखि सोमबार (साउन २६ गते)सम्म चलेको एक्स्पोमा १ लाख अवलोकनकर्ताले अवलोकन गरेको अध्यक्षले दाबी गरिन् । नाइमाले पहिलो पटक आयोजना गरेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पोमा उल्लेख्य रूपमा अवलोकनकर्ताको सहभागिता जनाएका हुन् ।त्यस्तै एक्स्पोमा कम्पनीहरूले गाडी खरिदमा अफरै–अफर दिएपछि बुकिङ पनि राम्रो भएको कम्पनीहरूले जनाएका छन् । पहिलो प्रयासमै…

नेपालको खाद्य प्रयोगशालालाई अन्तर्राष्ट्रिय मान्यतामा उच्च अंक

नेपालको खाद्य प्रयोगशालालाई अन्तर्राष्ट्रिय मान्यतामा उच्च अंक नेपालको खाद्य प्रयोगशालाले अन्तर्राष्ट्रिय मान्यतामा उच्च अंक प्राप्त गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अन्तर्राष्ट्रिय मान्यता (प्रत्यायन) मा उच्च अंक प्राप्त गरेको हो । विभाग अन्तर्गतको राष्ट्रिय खाद्य तथा दाना सन्दर्भ प्रयोगशालाले परीक्षण तथा मापन प्रयोगशालाका लागि प्रत्यायन बोर्ड (एनएबीएल) बाट अन्तर्राष्ट्रिय मापदण्ड आईएसओ/आईईसी १७०२५:२०१७ अनुसार ८ सय १४ परीक्षण सूचकांकमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ । विभागका अनुसार अब नेपालको आफ्नै प्रयोगशालामा परीक्षण भई गुणस्तरीय प्रमाणित भएका २२ वटा खाद्य समूहका ८ सय १४ नेपाली खाद्यवस्तु भारत बाहेक देशमा समेत विनाअवरोध निर्यात गर्ने…

‘भिजिट भिसा’मा विदेश जाने महिलाको सङ्ख्या बढ्याे

‘भिजिट भिसा’मा विदेश जाने महिलाको सङ्ख्या बढ्याे पछिल्लो समय त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ‘भिजिट भिसा’मा विभिन्न गन्तव्यमूलुक जाने महिलाको सङ्ख्या उल्लेख्य रुपमा बढेकाे छ । भिजिट भिसामा जाने कूल सङ्ख्यामा महिलाको हिस्सा सन् २०२१ को १४.४ प्रतिशतबाट बढेर सन् २०२४ मा ४२.१ प्रतिशत पुगेको छ । खासगरी युएई र थाईल्याण्डजस्ता गन्तव्यमा महिला यात्रुहरुको सङ्ख्या उल्लेख्य रहेको तथ्याङ्क छ । त्यसैगरी, युएई, ओमान र कुवेत मात्र यस्ता गन्तव्य हुन् जहाँ पाँच वर्षको अवधिमा महिला यात्रुको कूल सङ्ख्या पुरुषको भन्दा बढी भएको छ । भिजिट तथा पर्यटक भिसामा विदेश यात्रा गर्दा म्याद भएको बैध राहदानी र यात्रा प्रयोजनसम्बन्धी भिसा, दुईतर्फी हवाई टिकट, खर्च…

मिडिया सोसाइटीको अध्यक्षमा मदन लम्साल

मिडिया सोसाइटीको अध्यक्षमा मदन लम्साल नेपाल मिडिया सोसाइटीको अध्यक्षमा मदन लम्साल (आर्थिक अभियान) चयन भएका छन् । यसअघि सोसाइटीको अध्यक्षमा शुभशंकर कँडेल (एबीसी टिभी) थिए । जो कार्यसमितिमा निवर्तमान अध्यक्षको रूपमा रहनेछन् । काठमाडौंको होटल याक एन्ड यतिमा सम्पन्न २२औं वार्षिक साधारण सभाबाट उपाध्यक्षहरूमा धर्मराज भुसाल (हिमालय टिभी) र महेश स्वाँर (कान्तिपुर दैनिक), महासचिवमा बोधराज त्रिपाठी (सौर्य दैनिक), सचिवमा नवराज कुँवर (बुटवल टुडे दैनिक), कोषाध्यक्षमा जनक पन्त (टिभी टुडे) चयन भएका छन् । यसैगरी सदस्यहरूमा बालकृष्ण चापागाईं (दैनिक पत्र दैनिक), निकिता पौडेल (गोपीकृष्ण टिभी फिल्मी), विनोद पौडेल (मिसन टुडे), सुरेन्द्रबहादुर सिंह (गौरीशंकर टिभी) र राजन पोखरेल (द हिमालयन टाइम्स) चयन…

सेयर बजार निरन्तर ओरालाे

सेयर बजार निरन्तर ओरालाे साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजारमा गिरावटको यात्राले निरन्तरता पाएको छ । बुधबारदेखि घट्न सुरु भएको बजारमा आज थप ३१.५० अङ्कको गिरावट आएको हो। योसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २९२२.६३ विन्दुमा झरेको छ । बुधबार नेप्से परिसूचक झण्डै ४८ अङ्कले घटेको थियो । आज बजारमा कारोबार भएका कुल २५० कम्पनीमध्ये १९८ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने जम्मा ५२ कम्पनीको मूल्य मात्र बढेको छ। आज बजारका १३ समूहका सूचकमध्ये फाइनान्स सूचक मात्रै बढेको छ । बाँकी सबै सूचकमा गिरावट आएको छ । समग्र बजार ओरालो लागेपनि आज पाँच वटा कम्पनीको सेयर मूल्यमा…

डिङ्गरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थामा २५ करोड अपचलन

डिङ्गरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थामा २५ करोड अपचलन रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित डिङ्गरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थामा १२ करोड रुपैयाँ हिनामिना र २५ करोड अपचलन भएको पुष्टि भएको छ । लेखापरीक्षण प्रतिवेदनअनुसार करिब ८० करोड रुपैयाँ अध्यक्ष र सचिवद्वारा आफूखुसी चलाएर नीतिगत अपचलन भएको देखिएको छ । सहकारीमा व्यापक अनियमितता भएको आशंकापछि छानबिनका लागि एक महिनाअघि सात जना स्वतन्त्र लेखापरीक्षक खटिएका थिए । उनीहरूले बुधबार अन्तिम प्रतिवेदन तयार गरी कार्यसमितिमा बुझाएका छन् । कार्यसमितिले सो प्रतिवेदन लुम्बिनी प्रदेश सहकारी रजिष्टार कार्यालयमा पठाइसकेको छ । अब कार्यालयले प्रतिवेदनको अध्ययन गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउने बताइएको छ । असार १७ गते सहकारीमा समस्या आएपछि अध्यक्ष र सचिव…

कर्णाली विकास बैंक घोटालामा १०९ जनाविरुद्ध मुद्दा, ३ अर्ब २० करोड बिगाे दाबी

कर्णाली विकास बैंक घोटालामा १०९ जनाविरुद्ध मुद्दा, ३ अर्ब २० करोड बिगाे दाबी बाँकेको नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैंकमा भएको अनियमितता प्रकरणमा १०९ जनाविरुद्ध उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरिएको छ । उक्त इजलासका सूचना अधिकारी बलबहादुर विष्टका अनुसार ३ अर्ब २० करोड ११ लाख ५४ हजार १ सय ५७ रुपैयाँ बिगो माग दाबी गर्दै मुद्दा दायर गरिएको हो । मुद्दामा बैंकका तत्कालीन अध्यक्ष राजेन्द्रवीर रायविरुद्ध सबैभन्दा ठूलो रकमको बिगो र जरिवाना माग गरिएको छ । उनीमाथि २ अर्ब ६३ करोड ३२ लाख १६ हजार ५९७ रुपैयाँ बराबरको दाबी गरिएको छ । त्यस्तै, नेकपा एमालेका…

आधाभन्दा बढीले पाए हिमालयन बैंककाे एफपिओ

आधाभन्दा बढीले पाए हिमालयन बैंककाे एफपिओ हिमालयन बैंकको थप सार्वजनिक सेयर (एफपीओ) बाँडफाँट भएको छ । कमलादीस्थित बैंकको भवनमा एफपीओ बाँडफाँट गरिएको हो । असार ३१ गतेदेखि साउन ४ गतेसम्म सर्वसाधारणका लागि एफपीओ निष्कासन भएको थियो । एफपीओमा कुल १८ लाख २५ हजार ९२२ जनाले आवेदन दिएका थिए । यीमध्ये १ लाख २१ हजार ६४९ को आवेदन अस्वीकृत भएको छ । स्वीकृत आवेदन १७ लाख ४ हजार २७३ थियो । यीमध्ये ९ लाख २५ हजार ४६ जनाले सेयर पाएका छन् । यीमध्ये पनि ९ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् भने ९ लाख २५ हजार ३७ जनाले १० कित्ताका…

खेत सुक्दै गए, किसान रोइरहे पानीको अभावमा रोपाइँ अलपत्र, सरकार मौन

खेत सुक्दै गए, किसान रोइरहे पानीको अभावमा रोपाइँ अलपत्र, सरकार मौन कैलाश माझी, सप्तरी साउन लाग्दै गर्दा पनि सप्तरीका सयौं हेक्टर खेतहरू अझै सुक्खै छन्। धानको बीउ तयार भए पनि खेतमा पानी छैन। किसान मूकदर्शक बनेर आकाशतिर हेरिरहेका छन्। बर्खाको भरमा जिउधन लगाउने कृषकहरू यस वर्ष वर्षा नआएपछि र सरकारी सहयोग नपाएपछि निराश छन्। तर, स्थानीय जनप्रतिनिधि भने आश्वासनको खोल ओढेर चुप छन्। सप्तकोशी नगरपालिका–१० का किसान ललित यादव भन्छन्,“पाँच कट्ठा खेत तयार छ, बीउ उम्रिसक्यो। तर पानी छैन। नहर बिग्रेको छ, नगरपालिका चुप छ। खेतमा होइन, मनमा भिजेको आँसुको पानी मात्रै छ । यस वर्ष असारभर राम्ररी वर्षा नहुनु…

एन्टा ब्रान्डका सामानमा देशैभरि आकर्षक छुट

एन्टा ब्रान्डका सामानमा देशैभरि आकर्षक छुट एन्टा ब्रान्डका देशभरका स्टोरहरूमा छुट योजना सञ्चालन गरिएको छ । जस अन्तर्गत ग्राहकले समर न्यु अराइभलमा फ्लाट २० देखि ५० प्रतिशतसम्म छुट पाउनेछन् । यसमा विशेष गरी पर्फर्मेन्स फुटवेयर, डेल्ली लाइभस्टाइल फुटवेयर र स्टाइलिश कपडाहरू समावेश रहेको कम्पनीको भनाइ छ । छुटपछि जुत्ताको मूल्य ४,००० रुपैयाँबाट सुरु हुन्छ भने कपडामा पनि यो वर्षकै सबैभन्दा ठूलो बचत हुने कम्पनीले जनाएको छ । एन्टाका उत्पादनहरू उच्च गुणस्तर, आरामदायी डिजाइन र ट्रेन्डी स्टाइलका लागि चिनिन्छन् । त्यसैले, खेलकुदका लागि उत्कृष्ट गियर चाहिनेहरूदेखि दैनिक जीवनका लागि क्याजुअल र स्टाइलिश विकल्प खोज्नेहरूका लागि समेत यो सेलले ठूलो अवसर ल्याएको…