नाइमा नेपाल मोबिलिटी एक्स्पो १ लाखले गरे अवलोकन

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा)को आयोजनामा भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ १ लाखले अवलोकन गरेका छन् ।
६ दिनसम्म काठमाडौँको भृकुटीमण्डपमा चलेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’मा १ लाखले अवलोकन गरेको नाइमा अध्यक्ष ऋतुसिंह वैद्यले जानकारी दिइन् । गत बुधबार(साउन २१ गते)देखि सोमबार (साउन २६ गते)सम्म चलेको एक्स्पोमा १ लाख अवलोकनकर्ताले अवलोकन गरेको अध्यक्षले दाबी गरिन् ।
नाइमाले पहिलो पटक आयोजना गरेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पोमा उल्लेख्य रूपमा अवलोकनकर्ताको सहभागिता जनाएका हुन् ।त्यस्तै एक्स्पोमा कम्पनीहरूले गाडी खरिदमा अफरै–अफर दिएपछि बुकिङ पनि राम्रो भएको कम्पनीहरूले जनाएका छन् ।
पहिलो प्रयासमै नाइमाले १ लाख अवलोकनकर्ता आउँदा नाइमाको सफलता भएको बताइन । एक्स्पोमा ५० भन्दा बढी कम्पनीको सहभागिता भएर ३५ सवारी साधनको लन्च भएको थियो ।