नेपालको मेडिकल शिक्षामा विदेशीको नजर : छोरीलाई डाक्टर बनाउन नेपाल आएका अफ्रिकन बुबा

नेपालको मेडिकल शिक्षामा विदेशीको नजर : छोरीलाई डाक्टर बनाउन नेपाल आएका अफ्रिकन बुबा नेपालको मेडिकल शिक्षामा विदेशीको नजर काठमाडौं । दक्षिण अफ्रिकाको जोहनसवर्गका मेरभिन चेट्टी ठमेलको एउटा अपार्टमेन्टमा सपरिवार बस्न थालेको करिब तीन साताभन्दा बढी भयो । अफ्रिकाबाट श्रीमति, दुई छोरा र एक छोरीसहितको सपरिवार यहाँ आउनुको उनको उद्देश्य भ्रमण नभए छोरीलाई एमबीबीएस पढाउनु हो । नेपाल आए लगत्तै उनले छोरी एरिन मोनिका चेट्टीलाई एमबीबीएसको तयारीका लागि भाइब्रेन्ट इन्स्टिच्युटमा भर्ना गरिदिएका छन् । एरिनले पनि तयारी सुरु गरिसकेकी छन् नेपालबाट वर्षेनि ठूलो संख्यामा विद्यार्थीहरु एमबीबीएस पढ्नका लागि छिमेकी मुलुक चीन, भारत र बंगलादेशलगायतका मुलुकमा पुग्छन् । शिक्षा मन्त्रालयको तथ्यांकअनुसार नेपालमा एमबीबीएस…

क्रिकेटका ६ राष्ट्रिय खेलाडी वर्ल्डलिंककाे ब्राण्ड एम्बेसडर

क्रिकेटका ६ राष्ट्रिय खेलाडी वर्ल्डलिंककाे ब्राण्ड एम्बेसडर नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले राष्ट्रिय स्तरका ६ जना क्रिकेट खेलाडीहरूलाई आफ्नो नयाँ ब्राण्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ । नयाँ ब्राण्ड एम्बेसडरहरूमा रोहित कुमार पौडेल, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, आसिफ शेख, अनिल कुमार साह र ललित राजवंशी रहेका छन् । कम्पनीले १० लाख घरपरिवारमा इन्टरनेट जडान गर्ने ऐतिहासिक उपलब्धि हासिल गरेको अवसरमा उनीहरुलाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको हो । नयाँ ब्राण्ड एम्बेसडर बनेका खेलाडीहरूले वल्र्डलिंकको डिजिटल सशक्तिकरण अभियान र नेपाली राष्ट्रिय गौरवसँग जोडिएको यात्रामा संगै अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । वर्ल्डलिंकको प्रधान कार्यालय, जावलाखेलमा एक…

निलम ढुंगानालाई कामु गभर्नरकाे जिम्मेवारी

निलम ढुंगानालाई कामु गभर्नरकाे जिम्मेवारी सरकारले नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनालाई कार्यवाहक गभर्नरको जिम्मेवारी दिएको छ । राष्ट्र बैंकका सूचना अधिकारी सुमन न्यौपानेले अर्थ मन्त्रालयबाट डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यवाहक गभर्नरको जिम्मेवारी तोकिएको पत्र आएको बताए । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुंगानालाई कामु गभर्नरको जिम्मेवारी तोकेका हुन् । चैत २२ गते नै ढुंगानालाई कार्यवाहक गभर्नर तोकेको पत्र साेमबार नेपाल राष्ट्र बैंक पुगेको हो ।

चीन निकासी हुन लागेकाे २५ करोडका मालिक भेटिए

चीन निकासी हुन लागेकाे २५ करोडका मालिक भेटिए चीनतर्फ निकासी हुन लागेकाे २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्राको वास्तविक मालिक पत्ता लागेको छ । राजश्व अनुसन्धान विभागको जासुसी तथा विज्ञ टोलीले सीसीटिभी फुटेज, डिजिटल डिभाइस, बैङ्क कारोबार तथा सीडीआर विश्लेषण गरेर वास्तविक मालिक पहिचान गरेको विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार यो मुद्राको वास्तविक मालिक सिन्धुपाल्चोक भोटेकोसी ४ स्थायी घर भई काठमाडौं महादेवटार हाइट बस्ने नारायण पौडेल रहेका छन् । यसअघि गत चैत्र ४ गते राति ११ बजे प्रहरीले काठमाडौँका टोखा नगरपालिका वडा नम्बर २ स्थित झोरमा ना ७ ख १६५२ नम्बरको मालवाहक ट्रक गाडीसहित करिब २५…

सेयर बजारमा हरियाली

सेयर बजारमा हरियाली आइतबार सेयर बजारमा सुधार आएकाे छ । सााताको पहिलो दिन आइतबार बजार परिसूचक (नेप्से) ३२.२४ अंकले बढेर २६९५.५५ अंकमा पुगेको हो । दिनभर २७०० भन्दा माथि रहेको बजार अन्तिममा सोभन्दा तल झरेर बन्द भएको हो । ७ अर्ब ५६ करोड ८२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । २४४ कम्पनीको कारोबार हुँदा २२२ कम्पनीको मूल्य बढेको छ भने २२ कम्पनीको मूल्य घटेको छ । बजारमा आज म्युचुअल फण्ड बाहेक सबै सूचकम हरियाली छाएको छ । फाइनान्स र अन्य समूहमा २ प्रतिशत भन्दा धेरैको सुधार आएको छ । होटल र हाइड्रोपावर क्षेत्रमा पनि १ प्रतिशत भन्दा धेरै…

लोडसेडिङ हुन्छ भन्ने हल्लाको पछि नलागाैं : शाक्य

लोडसेडिङ हुन्छ भन्ने हल्लाको पछि नलागाैं : शाक्य नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले लोडसेडिङ हुन्छ भन्ने हल्लाको पछि नलाग्न आग्रह गरेका छन् । मंगलबार पदभार ग्रहण गर्दै उनले लोडसेडिङ नहुने कुरा एक हप्ताभित्रमै रिजल्ट देखाउने दाबी गरेका हुन् । पदभार ग्रहण पश्चात् पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘२०७७ सालमा पनि लोडसेडिङ हुन्छ भनियो । त्यसबेला मैले डाटा लगेरै स्पष्ट पार्नु परेको थियो । र, आजका दिनमा पनि त्यो अवस्था कायमै छ । लोडसेडिङ हुन्छ भन्ने हल्ला मात्रै हो । मैले एक हप्ताभित्रमै लोडसेडिङ हुँदैन भनेर रिजल्ट देखाउँछु । उद्योगमा मात्रै लोडसेडिङ भइरहेको छ । यो पनि म…

बर्ली एयर कुलर नेपालमा भव्य रूपमा लन्च

बर्ली एयर कुलर नेपालमा भव्य रूपमा लन्च भारतको सबैभन्दा ठूलो इक्विपमेन्ट म्यानुफ्याक्चरर बर्ली होम एप्लायन्सले नेपालमा आधिकारिक रूपमा १७ आधुनिक एयर कुलरहरू सार्वजनिक गरेको छ । काठमाडौंको भिवान्ता होटलमा साेमबार आयोजना गरिएको कार्यक्रममा सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरी र बर्ली होम एप्लायन्सका प्रबन्ध निर्देशक चिराग शर्माले उत्पादित वस्तुहरूको अनावरण गरे । कार्यक्रममा बर्ली होम एप्लायन्सका प्रबन्ध निर्देशक चिराग शर्माले नेपालमा सार्वजनिक गरिएका उत्पादनहरूको विशेषता र भविष्यमा बर्लीको थप नयाँ उत्पादनहरू नेपालमा प्रस्तुत गर्ने योजनाबारे चर्चा गरे । बर्लीका उत्पादनहरू उपयोगमा सरल, सुलभ मूल्यमा उपलब्ध र ग्राहकहरूको लागि उच्च मूल्य प्रदान गर्ने ख्याति राख्दछन् । बर्लीले नेपाली बजारमा प्रवेशसँगै…

एनआईसी एशिया बैंकको २७ औं साधारण सभा

आर्मी अफिसर्स क्लबमा एनआईसी एशिया बैंकको २७औं वार्षिक साधारणसभा एन आई सी एशिया बैंक लिमिटेडको २७ औं वार्षिक साधारण सभा भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ । बैंकको २७ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरु उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन तथा थप गर्ने प्रस्ताव समेत पारित गरेको छ । साथै, सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम सम्बन्धित निकायहरुको आवश्यक स्वीकृति प्राप्त गरी प्रति शेयर रु. १०० का दरले रु. ५ अर्ब बराबरको…

बर्जर जेन्सन एण्ड निकोल्सन प्रा.लि.ले प्राप्त गर्‍यो ISO प्रमाणपत्र

बर्जर जेन्सन एण्ड निकोल्स प्रा.लि.ले प्राप्त गर्‍यो ISO प्रमाणपत्र नेपालको पेन्ट र कोटिंग्स उद्योगको अग्रणी नाम हो बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रा.लि.ले गुणस्तर व्यवस्थापनको लागि ISO ९००१:२०१५, वातावरणीय व्यवस्थापनको लागि ISO १४००१:२०१५ र समुदाय तथा कर्मचारीको स्वास्थ्य र कार्यस्थलको सुरक्षाको लागि ISO ४५००१:२०१८ प्रमाणपत्र प्राप्त गरेको छ । TÜV NORD CERT GmbH द्वारा प्रमाणित यी प्रमाणपत्रहरूले उच्च-गुणस्तरका उत्पादन, दिगो अभ्यास र ग्राहक सन्तुष्टि प्रदान गर्ने कम्पनीको प्रतिबद्धता रहेको बताएको छ । यी प्रमाणपत्रहरूले देकोरेटीभ पेन्टहरू, वाटर प्रूफिङ र कन्स्त्रकसन केमिकल र पुट्टीहरूको उत्पादन, भण्डारण, वितरण, बिक्री र आपूर्तिलाई समेट्दै अन्तर्राष्ट्रिय मापदण्डहरूप्रति कम्पनीको प्रतिबद्धतालाई पालन गर्ने भएको छ ।बर्जर नेपालका…

हकप्रद सेयर निष्कासन गर्दै सात इन्स्योरेन्स

हकप्रद सेयर निष्कासन गर्दै सात इन्स्योरेन्स सात इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर दिने भएका छन् । जसमा चार वटा निर्जीवन बीमा छन् भने बाँकी तीन जीवन बीमा कम्पनी रहेका छन् । युनाइटेड अजोड, सानिमा जिआइसी, प्रभु, नेपाल इन्स्योरेन्स, प्रभु महालक्ष्मी, सन नेपाल र एसियन लाइफ इन्स्योरेन्सले हकप्रद सेयर निष्कासनको अनुमति मागेका छन्। युनाइटेड अजोडले १५ प्रतिशत हकप्रद सेयर बिक्री गर्न गत असोजमा बोर्डसँग अनुमति मागेको छ। कम्पनीले १:०.१५ अनुपातमा ३१ लाख ५० हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको छ।कम्पनीको सेयर रजिष्ट्रारमा लक्ष्मी सनराइज क्यापिटल छ। सानिमा जिआइसीले २५ प्रतिशत हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।कम्पनीले १०:२.५…