रुकुमको आठविसकोटमा एनएमबि बैंकको नयाँ शाखा

रुकुमको आठविसकोटमा एनएमबि बैंकको नयाँ शाखा एनएमबि बैंक लिमिटेडले रुकुम स्थित आठविसकोटमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । सोमबार आठबिसकोट नगरपालिकाका मेयर रवि केसी र एनएमबि बैंकका नायब महाप्रबन्धक प्रमोद दाहालले संयुक्त रुपमा बैंकको २०२औं शाखाको उद्घाटन गरेका हुन् । सर्वसाधारणलाई सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यका साथ सो स्थानमा नयाँ शाखा विस्तार गरिएको बैंकले जनाएको छ । आठविसकोट शाखा मार्फत स्थानीय, सर्वसाधारण, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले जनाएको छ । आठविसकोट शाखा सहित, एनएमबि बैंकले हाल देशभरी…

बैंककाे अवस्था खस्किएपछि एनआइसी एसियाका सिइओले दिए राजीनामा

बैंककाे अवस्था खस्किएपछि एनआइसी एसियाका सिइओले दिए राजीनामा एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राेशनकुमार न्याैपानेले राजीनामा दिएका छन् । २०७५ मङ्सिरमा सिइओ नियुक्त भएका न्यौपानेलाई २०७९ कात्तिकमा पुन: निरन्तरता दिइएको थियो । कार्यकाल २०८३ कात्तिकसम्म रहे पनि बैंकको अवस्था बिग्रन थालेपछि उनी बीचमै बाहिरिन खोजेका हुन् । तर, न्यौपानेले आक्रामक रूपमा व्यवसाय विस्तार गरेको र त्यसबाट बैंकमा समस्या देखिन थालेको बेला उनी बाहिरिँदा नकारात्मक सन्देश जाने भन्दै सञ्चालक समितिले राजीनामा स्वीकृत गरिनसकेको स्रोतहरूले बताएका छन् । न्यौपाने सीइयाे बनेपछि बैंक व्यवसाय विस्तारमा आक्रामक रूपमा लागेको थियो । उनको नेतृत्वमा व्यवसाय बढाउने नाममा जथाभावी कर्जा प्रवाह गरेपछि बैंकको सूचक…

पुँजीबजार चलायमान हुन लगानीकर्ताको मनोबल उच्च हुनुपर्छ : अध्यक्ष श्रेष्ठ

पुँजीबजार चलायमान हुन लगानीकर्ताको मनोबल उच्च हुनुपर्छ : अध्यक्ष श्रेष्ठ नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पुँजीबजार चलायमान हुन लगानीकर्ताको मनोबल उच्च हुन आवश्यक रहेको बताएका छन् । इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै उनले बोर्डले लगानीकर्ताको सुरक्षाको लागि पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए ।उनले लगानीकर्ताको मनोबल उच्च भए मात्रै बजार चलायमान र पुँजीबजारको विकास हुने उल्लेख गरे । उनले लगानीकर्ताले आफ्नो लगानीको सुरक्षा हुँदा मात्रै सुरक्षित महशुस गर्ने बताए । श्रेष्ठले भने,‘पुँजीबजार चलायमान हुन लगानीकर्ताको मनोबल उच्च हुन आवश्यक हुन्छ । बोर्डले लगानीकर्ताको सुरक्षाको लागि लगानीकर्ताको मनोवल उच्च हुन आवश्यक छ ।…

धेरै कर तिर्ने करदातालाई सम्मान

धेरै कर तिर्ने करदातालाई सम्मान नेपाल उद्योग परिसंघले राष्ट्रिय कर दिवस २०८१ मा नेपाल सरकारबाट सम्मानित उच्च करदातालाई सम्मान गरेको छ । सरकारले राष्ट्रिय कर दिवसमा कुल १६ (संस्था तथा व्यक्ति) लाई उच्च करदाताका रूपमा सम्मान गरेको थियो । सम्मानितमध्ये दुई सरकारी लगानीका कम्पनी र १४ निजी एवं सार्वजनिक क्षेत्रका छन् । परिसंघले निजी एवं सार्वजनिक क्षेत्रका १४ उच्च करदातालाई सम्मान गरेको हो । परिसंघ सचिवालयमा शुक्रबार आयोजित कार्यक्रममा अध्यक्ष राजेशकुमार अग्रवालले उच्च करदातालाई सम्मान गरे । उनले उच्च करदाता हुनु व्यक्तिगत एवं संस्थागत उपलब्धि मात्रै नभई राज्यप्रतिको महत्त्वपूर्ण योगदान भएको बताए । योगदानको कदर गर्दै उत्पादनमूलक तथा सेवामूलक उद्योगको…

नेपाल बैंकले मनायाे ८८औँ वार्षिकोत्सव

नेपाल बैंकले मनायाे ८८औँ वार्षिकोत्सव नेपाल बैंक लिमिटेडले आफ्नो ८८औँ वार्षिकोत्सव मनाएकाे छ । वि.सं.१९९४ साल कार्तिक ३० गते स्थापना भएको नेपाल बैंक लिमिटेडले ८८ औँ वर्षमा प्रवेश गरेको अवसरमा शुक्रबार प्रधान कार्यालयमा समारोह आयाेजना गरेकाे थियाे । कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतिथि थिए । उक्त समारोहको अध्यक्षता बैंकका सञ्चालक समिति अध्यक्ष डा. चन्द्र बहादुर अधिकारीले गरेका थिए । बैंकले २२९ शाखाहरु, २०५ एटिएम मेसिन साथै ६० वटा एक्टेन्सन काउन्टरमार्फत करिब २५ लाखभन्दा बढी ग्राहकहरुलाई वित्तीय सेवा दिइरहेको छ । करिब ९ लाखभन्दा बढी ग्राहकहरुले डिजिटल प्रविधि मार्फत बैंकिग सेवा लिइरहेको बैंकले जनाएको छ ।

भाेलिदेखि कतार एयरले पनि गाैतमबुद्ध विमानस्थलबाट उडान गर्ने

भाेलिदेखि कतार एयरले पनि गाैतमबुद्ध विमानस्थलबाट उडान गर्ने भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजले पनि उडान थाल्ने भएको छ। उसले मङ्गलवारबाट उडान थाल्न लागेकाे हो । कतार एयरले अहिले कतार–काठमाडौं दैनिक ३ वटा उडान गरिरहेको छ । मङ्गलवारबाट भने दोहा–भैरहवा–काठमाडौं–दोहा उडान गर्नेछ । यो सँगै भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने विमान कम्पनी ५ वटा पुगेका छन् । यसअघि नेपाल एयरलाइन्स, जजिरा, फ्लाइ दुबई र थाई एयर एशियाले उडान थालिसकेका छन्। नोभेम्बर १२ देखि ३० सम्म १९ वटा उडान गर्ने गरी अनुमति प्रदान गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । कतार एयरवेजले हप्ताका सातै दिन दोहा–भैरहवा–काठमाडौं उडान गर्ने प्राधिकरणका सहप्रवक्ता…

डिजिटल वालेटमा दैनिक ३० पटकसम्म पैसा जम्मा गर्न पाइने

डिजिटल वालेटमा दैनिक ३० पटकसम्म पैसा जम्मा गर्न पाइने नेपाल राष्ट्र बैंकले दशैं–तिहारका लागि लक्षित गर्दै डिजिटल वालेटमा रकम जम्मा गर्न सक्ने संख्या दैनिक ३० पटक बनाएको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्न डिजिटल वालेटमा रकम जम्मा गर्ने संख्या बढाएको हो । दशैं तिहारमा धेरै पैसाको चलन बढ्ने भएकाले संख्या पनि बढाइएको छ । अब प्राकृतिक व्यक्तिले दैनिक ३० पटक सम्म डिजिटल वालेटमा रकम जम्मा गर्न सक्नेछन् । राष्ट्र बैंकले सर्कुलर जारी गर्दै असोज २१ गतेदेखि कात्तिक १ गतेसम्म र तिहारका लागि कात्तिक १५ गतेदेखि २२ गतेसम्म प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा ३० पटकसम्म रकम जम्मा गर्न पाइने व्यवस्था गरेको…

युनिलिभरको १७१४ प्रतिशत लाभांश सहित साधारण सभाको आह्वान

युनिलिभरको १७१४ प्रतिशत लाभांश सहित साधारण सभाको आह्वान युनिलिभर कम्पनीको बुधबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/०८१ को लागि आफ्ना सेयर धनीलाई १७१४ प्रतिशत लाभांश दिने घोषणा गरेकोछ । कम्पनीले १७१४ प्रतिशत नगद लाभांश दिने निर्णय सँगै बैठकले वार्षिक साधारणसभा समेत गर्ने भएको छ ।आउदो कार्तिक १२ गते कम्पनीले साधारणसभाको आह्वान गरेको छ ।साधारणसभा प्रयोजनार्थ असोज २८ देखि कार्तिक १२ सम्मलाई कम्पनीले बुक क्लोज गर्ने भएको छ । नेप्सेको दोस्रो कारोबार बजारमा युनिलिभर सबैभन्दा महँगो कम्पनी हो भने । जसको एक कित्ता सेयरको मूल्य ५० हजार ३ सय ९८ रुपैयाँ ९० पैसा रहेको छ ।

फोनपेकाे ‘सुपर यात्रा’ अभियान

फोनपेकाे 'सुपर यात्रा' अभियान फोनपेले २ अशोज २०८१ देखि 'सुपर यात्रा' अभियान घोषणा गरेकाे छ । दशैं र तिहार चाँडै नजिकिँदै गर्दा, यो अभियानले हवाई टिकटको खरिदमा आकर्षक क्यासब्याक पुरस्कार प्रदान गरेर यात्रा अझ सस्तो र सुविधाजनक बनाउन लक्षित गरेको छ। अभियानमा नयाँ प्रयोगकर्ताले पहिलो हवाई टिकट बुकिङमा रु. ३०० क्यासब्याक प्राप्त गर्नेछन्, जबकि विद्यमान प्रयोगकर्ताहरूले टिकट खरिदमा रु. २०० क्यासब्याकको लाभ लिन सक्नेछन् । यी क्यासब्याक प्रस्तावहरूको अतिरिक्त, फोनपेले रोचक गिफ्टहरूको पनि घोषणा गरेको छ। एक भाग्यमानी विजेताले एक वर्षका लागि निःशुल्क हवाई टिकट प्राप्त गर्नेछन् र हरेक हप्ता, पाँच भाग्यमानी सहभागीहरूले स्मार्टवाच जित्ने अवसर पाउनेछन्, जसले अभियानलाई अझ…

एलजीले ल्यायाे हात खाली नजाने याेजना

एलजीले ल्यायाे हात खाली नजाने याेजना चौधरी ग्रुप अन्तर्गतको एलजीको सामान खरिद गर्दा चाडपर्वको बेला ४० प्रतिशतसम्म क्यास ब्याक र हात खाली नजाने स्किम ल्याएको छ । ‘एलजीसँग खुसीको पल’ भन्ने स्किम ल्याएको छ । सीजी इलोक्ट्रोनिक अन्तगतको एलजी ब्रान्डको सेल्स हेड पुरुषोत्तम भण्डारी एलजी ब्रान्ड नेपालमा करिब ३८ वर्षदेखि कस्टमरको माझमा रहेको बताए । उनले भने, ‘एलजी ब्रान्ड ग्राहकले रुचाएको ब्रान्ड हो । ग्राहकको माग अनुसार एलजीको सामाग्रीहरु कोरियाबाट नेपालमा ल्याउने गरेका छौँ । हाम्रो मुख्य प्रोडक्ट भनेको वासेनमिसिन, रेफ्रिजेनेटर, टीभी र एसी हो । एलजीको सामाग्रीले ग्राहकको लाइफ स्टाइल कसरी बेटर गर्ने भन्ने हो । एलजीसँग खुसीको पल…