फास्ट ट्रयाकको प्रस्थान विन्दु सार्न सिफारिस
फास्ट ट्रयाकको प्रस्थान विन्दु सार्न सिफारिस आदिवासी जनजाति आयोगले काठमाडौँ–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) को प्रस्थान विन्दु (जिरो प्वाइन्ट) लाई डुकु छापमा सार्नुपर्ने निष्कर्ष निकालेको छ । सोमबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको उपस्थितिमा सार्वजनिक गरिएको प्रतिवेदनमा यस्तो निष्कर्ष दिइको हो । हाल उक्त आयोजनाको प्रस्थान विन्दु खोकनामा राख्ने गरी काम अघि बढिरहेको छ । आयोगले खोकनामा जिरो प्वाइन्ट राख्दा सो क्षेत्रको धार्मिक तथा पुरातात्त्विक र सांस्कृतिक सम्पदाको अतिक्रमण हुने भएकोले यसलाई सार्नुपर्ने निष्कर्ष निकालेको आयोगका अध्यक्ष रामबहादुर थापामगर बताए । सो क्षेत्रमा रहेको नेवार समुदायले फास्ट ट्र्याकका कारण आफ्नो सांस्कृतिक धरोहरमा गम्भीर असर पर्ने देखिएको भन्दै खोकना क्षेत्रमा प्रस्थान विन्दु राख्न…