फास्ट ट्रयाकको प्रस्थान विन्दु सार्न सिफारिस

आदिवासी जनजाति आयोगले काठमाडौँ–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) को प्रस्थान विन्दु (जिरो प्वाइन्ट) लाई डुकु छापमा सार्नुपर्ने निष्कर्ष निकालेको छ । सोमबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको उपस्थितिमा सार्वजनिक गरिएको प्रतिवेदनमा यस्तो निष्कर्ष दिइको हो ।

हाल उक्त आयोजनाको प्रस्थान विन्दु खोकनामा राख्ने गरी काम अघि बढिरहेको छ । आयोगले खोकनामा जिरो प्वाइन्ट राख्दा सो क्षेत्रको धार्मिक तथा पुरातात्त्विक र सांस्कृतिक सम्पदाको अतिक्रमण हुने भएकोले यसलाई सार्नुपर्ने निष्कर्ष निकालेको आयोगका अध्यक्ष रामबहादुर थापामगर बताए ।

सो क्षेत्रमा रहेको नेवार समुदायले फास्ट ट्र्याकका कारण आफ्नो सांस्कृतिक धरोहरमा गम्भीर असर पर्ने देखिएको भन्दै खोकना क्षेत्रमा प्रस्थान विन्दु राख्न नदिन आन्दोलन गर्दै आएका थिए । उक्त क्षेत्र सांस्कृतिक महत्त्वको क्षेत्र भएको सम्बन्धमा समुदायको माग दाबीलाई नेपाल पर्यटन बोर्डको ‘खोकनाः द लिभिङ म्युजियम’ नामक बुकलेट र पुरातत्त्व विभागको २०७८ असार ३१ को पत्रले पुष्टि गर्ने समेत आयोगले जनाएको छ । यो अवस्थामा स्थानीयको माग अनुचित नरहेको निष्कर्ष निकालिएको हो ।

त्यस्तै, उक्त क्षेत्रको विकल्पको रूपमा अघि सारिएको डुकुछाप क्षेत्र प्राविधिक रूपले सम्भव रहेको भन्दै प्राविधिक टोलीले निष्कर्ष निकालेको सन्दर्भमा यही नै उपयुक्त भएको आयोगको प्रतिवेदनको निष्कर्ष छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

फास्ट ट्रयाकको प्रस्थान विन्दु सार्न सिफारिस