कात्तिकका लागि बैंकहरूले घटाए ब्याजदर

कात्तिकका लागि बैंकहरूले घटाए ब्याजदर कात्तिक महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर थप घटेको छ । २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर सूचीअनुसार औसतमा असोजको तुलनामा कात्तिकमा ब्याजदर घटेको हो । असोजको तुलनामा कात्तिकमा वाणिज्य बैंकहरूको अधिकतम व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ०.२७५५ प्रतिशत विन्दुले घटेको छ । असोज महिनाका लागि व्यक्तिगत मुद्दतीको अधिकतम औसत ब्याजदर ५.३७६ प्रतिशत रहेकोमा कात्तिक महिनाका लागि ५.१००५ प्रतिशत कायम भएको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर ६ प्रतिशतमा कायम भएको छ । ग्लोबल आईएमईले व्यक्तिगत मुद्दतीमा सबैभन्दा धेरै ब्याजदर ६ प्रतिशत कायम राखेको छ । बैंकले ३ वर्ष वा सोभन्दा बढी अवधिका लागि उक्त…

सुनको भाउ तोलामै ७ हजार १ सय बढ्याे

सुनको भाउ तोलामै ७ हजार १ सय बढ्याे एकैदिन सुनको भाउ तोलामा ७ हजार १ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको भाउ प्रतितोला २ लाख ५८ हजार रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ५० हजार ९ सय रुपैयाँ तोकिएको थियो । विगत एक महिनामा नेपाली बजारमा सुनको भाउ प्रतितोला करिब ४३ हजार रुपैयाँ बढेको छ । भदौ ३० गते सुनको भाउ प्रतितोला २ लाख १५ हजार २ सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढिरहेपछि नेपाली बजारमा प्रभाव परिरहेको छ । शुक्रबारको सुनको मूल्य हालसम्मकै उच्च हो । अन्तर्राष्ट्रिय बजारमा…

तिहारमा प्रयाेग हुने सामानमा मूल्यसूची राख्नू : वाणिज्य विभाग

तिहारमा प्रयाेग हुने सामानमा मूल्यसूची राख्नू : वाणिज्य विभाग वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वका अवसरमा उपभोक्तालाई ठगीबाट जोगाउन र बजारमा मूल्य स्थिरता कायम राख्न प्रयासरत रहेको बताएको छ। विभागले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ– ‘बजारमा माग र आपूर्तिबिच सन्तुलन कायम गरी मूल्य स्थिरता कायम गर्नका लागि व्यापारिक सङ्घ, सङ्गठन, व्यवसायी, उपभोक्तावादी सङ्घ र उपभोक्ताहरूको महत्त्वपूर्ण योगदान आवश्यक छ।’ यस्तै नियमित बजार अनुगमनका क्रममा विशेष गरी तिहार र दीपावलीमा प्रयोग गरिने भाइ मसला, तामा, चाँदीका भाँडा तथा झिलिमिली उज्यालो बनाउन प्रयोग हुने विद्युतीय सामग्री लगायतका अन्य विभिन्न वस्तुहरूमा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) सहितको लेबल र मूल्य सूची…

सुनकाे भाउ ताेलामै २ लाख ४० हजार नाघ्याे

सुनकाे भाउ ताेलामै २ लाख ४० हजार नाघ्याे सुनको भाउ तोलामा २ लाख ४० हजार नाघेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला २ हजार ४ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि प्रतितोला २ लाख ४० हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो । सुनको आजको मूल्य हालसम्मकै उच्च हो । अन्तर्राष्ट्रिय बजारमा पनि मूल्यले रेकर्ड बनाउँदै प्रतिऔंस ४ हजार ५० अमेरिकी डलर नाघेको छ । चाँदीको भाउ प्रतितोला ३ हजार २ सय २० रुपैयाँ पुगेको छ । चाँदी अघिल्लो दिनको तुलनामा आज प्रतितोला ९५ रुपैयाँ…

ढोरपाटनका मेयरविरुद्ध डेढ कराेडकाे सम्पत्ति शुद्धीकरण मुद्दा

ढोरपाटनका मेयरविरुद्ध डेढ कराेडकाे सम्पत्ति शुद्धीकरण मुद्दा बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीविरुद्ध बागलुङ जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकील कार्यालय बागलुङले नेपालीविरुद्ध एक अर्ब ५८ करोडको बिगो दाबीसहित मुद्दा दायर गरेको हो । सम्पत्ति शुद्धीकरण मुद्दामा बिगोको दोब्बर जरिवाना र कसुरको मात्राअनुसार २ वर्षदेखि १५ वर्षसम्म कैद सजाय र सहकारी संस्थाको पदाधिकारी भएकाले संस्थामा रहेको सेयर रकम ४० लाख, नगद रकम १ लाख २० हजार र नेपालीको नाममा दर्ता कायम कायम रहेको जग्गा कित्ता ३३ समेत जफत गर्न मागदाबी गरिएको छ । सहकारी ठगीकै आरोपमा पक्राउ मेयर नेपाली इमेज सहकारीको बचत डुबाएर २०८०…

जेनजी आन्दाेलन क्षतिबापत २३ अर्बकाे बीमा दाबी

जेनजी आन्दाेलन क्षतिबापत २३ अर्बकाे बीमा दाबी गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण क्षति भएका भौतिक संरचनाको हालसम्म रु २३ अर्ब २२ करोड ७८ लाखबराबरको बीमा दाबी गरिएको छ । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार निर्जीवन बीमा कम्पनीहरूले रु एक अर्ब ५८ करोड ५६ लाखबराबरको भुक्तानी गरिसकेका छन् । बीमाबापतको रकम सहज र शीघ्र रूपमा उपलब्ध गराउन प्राधिकरणले देखाएको सक्रियताका कारण धमाधम अग्रिम रूपमा भुक्तानी गरिएको जनाइएको छ । हालसम्म कुल तीन हजार ९९ बीमा दाबीको आवेदन परेको प्राधिकरणले जनाएको छ । कुल दाबीमध्ये सम्पत्ति बीमा छ सय ५३, मोटर बीमा दुई हजार २०६, इन्जिनियरिङ तथा…

ग्लोबल आइएमई बैंकद्वारा ८ प्रतिशत नगद लाभांश घोषणा

ग्लोबल आइएमई बैंकद्वारा ८ प्रतिशत नगद लाभांश घोषणा ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०८१-८२ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आउँदो साधारणसभाबाट पारित भएपछि बैंकले शेयरधनीलाई वितरण गर्नेछ । ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ र २०२५ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गत दुई विधामा नेपालको सर्वश्रेष्ठ बैंक, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५ मा बेष्ट बैंकको रुपमा…

गाेदावरीमा फूल प्रदर्शनी हुने

गाेदावरीमा फूल प्रदर्शनी हुने ललितपुरमा १८ औँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी २०८२ आयोजना हुने भएको छ । असोज २९ गतेदेखि कात्तिक २ गतेसम्म ललितपुरको जावलाखेलको खेल मैदानमा फूल प्रदर्शनी हुने भएको हो । आइतबार फ्लोरिकल्चर एसोसिएसन नेपालले एक पत्रकार सम्मेलनको आयोजना गरी सो प्रदर्शनी नेपालको एक मात्र बृहत् गोदावरी फूल प्रदर्शनी भएको रहेको जानकारी दिएको छ । प्रदर्शनीमा ८० वटा व्यावसायिक स्टल, एउटा प्लान्ट क्लिनिक स्टल, ५ वटा अफिसियल स्टल, २ वटा प्रतियोगितात्मक स्टल र २ वटा फोटो सेल्फी स्टल गरी ९० वटा प्रदर्शनी कक्ष रहने जनाइएको छ । ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराका साथ आयोजना…

ताेलामा ३ हजारले बढ्याे सुन

ताेलामा ३ हजारले बढ्याे सुन सुनको भाउ आइतबार प्रतितोला ३ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनकाे मूल्य प्रतितोला २ लाख ३८ हजार रुपैयाँ तोकेको छ । यसअघि बिहीबार २ लाख ३९ हजार रुपैयाँ पुगेकाे थियाे भने शुक्रबार गिरावट भएर २ लाख ३५ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँ बढेको छ । चाँदीको भाउ प्रतितोला ३ हजार १२५ रुपैयाँ कायम भएको छ । शुक्रबार ३ हजार ८५ रुपैयाँमा कारोबार भएको थियो । चाँदीको यो मूल्य हालसम्मकै उच्च हो ।

श्रीनगर एग्रिटेकको आईपीओ खुल्याे

श्रीनगर एग्रिटेकको आईपीओ खुल्याे आम सर्वसाधारणका लागि आइतबारदेखि श्रीनगर एग्रिटेक कम्पनीको प्राथमिक सेयर (आईपीओ) खुलेको छ । यसअघि प्रभावित स्थानीयबासी र वैदेशिक रोजगारमा रहेकालाई बाँडफाँट भइसकेपछि सर्वसाधारणका लागि खुलेको बिक्री प्रवन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङले जनाएको छ । आईपीओमा न्यूनतम १० र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । कम्पनीले जारी पूँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशत अर्थात ३२ लाख ६२ हजार ५ सय कित्ता साधारण सेयर सर्वसाधारण समूहमा निष्कासन गर्नेछ। जसमध्ये उद्योग प्रभावित क्षेत्र, वैदेशिक रोजगारमा रहेका तथा म्युचुअल फन्ड र कर्मचारीका लागि छुट्याएपछि बाँकी रहेको २५ लाख १० हजार ४९३ कित्ता…