भैरहवामा खुल्यो मोटरसाइकलको एसेम्ब्लिङ प्लान्ट

भैरहवामा खुल्यो मोटरसाइकलको एसेम्ब्लिङ प्लान्ट नेपालमा होन्डा मोटरसाइकलको एसेम्ब्लिङ सुरु भएकाे छ । होन्डाका मुख्य बिजनेस युनिटका भाइस-प्रेसिडेन्ट मिनोरु काटोले बुधबार भैरहवामा होन्डा ‘एसेम्ब्लिङ प्लान्ट’ उद्‍घाटन गरका छन् । १ अर्ब ५० करोड लगानीमा दुई लाख स्क्वायर फुट क्षेत्रफलमा फैलिएको प्लान्टले वार्षिक एक लाख वटा मोटरसाइकल र स्कुटर उत्पादन गर्ने कम्पनीले बताएको छ । एसेम्ब्लिङ प्लान्ट स्थापना भएसँगै सहायक कम्पनी हिमाल मोटो प्रालि मार्फत उत्पादनको बिक्री वितरण, पाटपुर्जाको उपलब्धता र सर्भिसिङ सेवा उपलब्ध हुने नेपालका लागि होन्डाको अधिकृत विक्रेता स्याकार ट्रेडिङले जनाएको छ। नेपालमा ५५ वर्षदेखि विक्री हुँदै आएको होन्डा दुई पाङ्ग्रे सवारीमा नेपालकै सर्वाधिक बिक्री हुनेमध्येको ब्राण्ड हो ।…

लोडसेडिङ हुन्छ भन्ने हल्ला निराधार : मन्त्री बस्नेत

लोडसेडिङ हुन्छ भन्ने हल्ला निराधार : मन्त्री बस्नेत ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री शक्तिबहादुर बस्नेतले लोडसेडिङ हुन लागेको हल्ला निराधार भएको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा बुधवार बोल्दै ऊर्जा मन्त्री बस्नेतले समाचारहरूमा आए अनुसारको समस्या नभएको दाबी गरेका हुन् । उनले केही दिनदेखि भारतसँग विद्युत् खरिद सम्झौता नवीकरण नहुने र अब केही दिनमा लोडसेडिङ हुन्छ भन्ने हल्लामा सत्यता नभएको बताए । मन्त्री बस्नेतले विद्युत् खरिद सम्झौतामा हरेक वर्ष प्रतिस्पर्धी बजारबाट बिजुली ल्याउन नवीकरण गर्नुपर्ने भएकाले सरकार त्यो प्रक्रियामा रहेको उल्लेख गरे । उनले बाहिर आए जस्तो भारतले विद्युत् आयात गर्ने अनुमति नवीकरण नगर्ने भन्ने अवस्था नभएको बताए…

एनआईसी एशिया बैंकले दियाे बीमाकाे १ करोड २० लाख

एनआईसी एशिया बैंकले दियाे बीमाकाे १ करोड २० लाख एनआईसी एशिया बैंकले बचत खातामा उपलब्ध बीमा वापत १ करोड २० लाख बीमा रकम भुक्तानी गरेकाे छ । बैंकले ल्याएको आकर्षक फाइदाहरूसहितको सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत २०८० असार १८ देखि फागुन १४ सम्ममा घातक रोगको बीमा वापत सात जना र दुर्घटनामा परेका पाँच जना गरी कुल १२ जना खातावालालाई प्रतिव्यक्ति १० लाख रूपैयाँको दरले जम्मा १ करोड २० लाख रूपैयाँ बीमा रकम आईजीआई प्रुडेन्सियल र नेपाल इन्स्योरेन्स बीमा कम्पनीबाट प्राप्त गरी भुक्तानी गरेको हाे । बैंकको काठमाडौंस्थित नागपोखरी शाखामा खाता खोलेकी रचना गौचन, दैलेखस्थित दैलेख शाखामा खाता खोलेका चक्र बहादुर…

सिटिजन्स बैंकद्वारा सातवटै प्रदेशमा वित्तीय साक्षरता

सिटिजन्स बैंकद्वारा सातवटै प्रदेशमा वित्तीय साक्षरता सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्रोटेक्ट योर मनी, सेक्योर योर फ्युचर भन्ने नाराका साथ चैत ५ देखि ११ सम्म सञ्चालित ग्लोबल मनि विकका अवसरमा सातवटै प्रदेशमा रहेका आफ्ना २५ शाखा कार्यालयबाट विभिन्न वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।यसअन्तर्गत बैंकले कोशी प्रदेशको विराटनगर, बिर्तामोड, हल्दिबारी र महेन्द्र चोक, मधेश प्रदेशको विद्यापति चोक, वीरगन्ज, कृष्णप्रणामी र राजविराज, बाग्मती प्रदेशको थापाथली, थली, भरतपुर, हेटौंडा र सिनामंगल, गण्डकी प्रदेशको अमरापुरी र दमौली, लुम्बिनी प्रदेशको भुताहा र बढैयाताल, कर्णाली प्रदेशको सुर्खेत, जुम्ला, डोल्पा र सिमीकोट तथा सुदूरपश्चिम प्रदेशको महेन्द्रनगर, धनगढी, बझाङ र अत्तरियामा साक्षरता कार्यक्रम गरी वित्तीय ज्ञान प्र्रदान…

बोटलर्स नेपालको सेयर मूल्य प्रतिकित्ता १८ हजार

बोटलर्स नेपालको सेयर मूल्य प्रतिकित्ता १८ हजार बोटलर्स नेपाल (बालाजु) को सेयर मूल्यमा सोमबार सकारात्मक सर्किट लागेको छ । कारोबारमा आएको करिब साढे २ घण्टापछि यसको सेयर मूल्यमा सर्किट लागेको हो । यो सँगै यसको सेयर मूल्य प्रतिकित्ता १८ हजार २ सय ७६.५० रुपैयाँ कायम भएको छ । एक दिनमा यसका सेयर धनीले एक कित्ता बराबर १ हजार ६ सय ६१.५० रुपैयाँ कमाएका छन् । नेपसेमा यसको १९ लाख ४८ हजार ८ सय ८७ कित्ता सेयर सूचीकृत छ । यसमा ४ लाख ८७ हजार २ सय २१ कित्ता मात्र पब्लिक सेयर छ । यसको बजार पुँजीकरण ३२ अर्ब ३८ करोड ७ लाख…

भारतले लम्ब्यायाे प्याज निर्यात प्रतिबन्ध

भारतले लम्ब्यायाे प्याज निर्यात प्रतिबन्ध भारतले प्याजको निर्यातमा लगाएको प्रतिबन्ध अनिश्चितकालका लागि लम्ब्याएकाे छ । विश्वको सबैभन्दा धेरै तरकारी निर्यातक भारतले प्याज निर्यातमा गत डिसेम्बरमा लगाएको प्रतिबन्ध मार्च ३१ मा सकिँदै थियो । नेपाल, बंगलादेश, मलेसिया, संयुक्त अरब इमिरेट्सलगायत देश भारतीय प्याज बढी निर्यात हुने गरेकाे छ । यीमध्ये धेरै राष्ट्र प्रतिबन्धपछि उच्च मूल्यको चपेटामा परिरहेका छन् । निर्यात प्रतिबन्ध लागू भएदेखि भारतको स्थानीय बजारमा मूल्य आधाभन्दा बढीले घटेको छ तर अन्तर्राष्ट्रिय बजारमा भने मूल्य उच्च छ । भारतीय सरकारले अर्को सूचना नआएसम्म प्रतिबन्ध यथावत रहने जनाएको छ । सबैभन्दा धेरै प्याज उत्पादन गर्ने राज्य महाराष्ट्रका केही थोक बजारहरूमा डिसेम्बरमा…

मिलिम्यान समूहका पार्टनरको उपस्थितिमा जीवन बीमाबारे अन्तर्क्रिया

मिलिम्यान समूहका पार्टनरको उपस्थितिमा जीवन बीमाबारे अन्तर्क्रिया जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले जीवन बीमाका समसामयिक विषयबारे छलफल गर्न विश्वकै ठूलो स्वतन्त्र एक्चुरियल र परामर्शदाता संस्था मिलिम्यान समूहका पार्टनर तथा कम्पनीका एक्चुअरी फिलिप ज्याक्सनको उपस्थितिमा काठमाडौंको होटल एम्बेसडरमा विशेष अन्तक्र्रिया कार्यक्रम गरेको छ ।नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालको प्रमुख आथित्यता सम्पन्न कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उच्च पदस्थ कर्मचारी, जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू तथा नेपाल लाइफ इन्सुरेन्सका उच्चपदस्थ कर्मचारीको उपस्थिति थियो । कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल लाइफ इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले नेपालको बीमा क्षेत्रमा रहेका समसामयिक चुनौती र अवसरहरूको बारेमा चर्चा गर्ने अभिप्रायका…

सिटिजन्स बैंक र भारतको मेदान्त अस्पतालबीच छुटसम्बन्धी समझदारी

सिटिजन्स बैंक र भारतको मेदान्त अस्पतालबीच छुटसम्बन्धी समझदारी १७ वर्षदेखि उत्कृष्ट बैंकिङ्ग सेवा दिँदै आएको सिटिजन्स बैंक र भारतको गुँडगाँवस्थित मेदान्त– द मेडिसिटि अस्पतालबीच सिटिजन्स बैंकका कार्डवाहकलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिनेसम्बन्धी समझदारीपत्रमा पुनः हस्ताक्षर भएको छ । हरियाणास्थित मेदान्त अस्पतालमा उक्त समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशाज पोखरेलले हस्ताक्षर गरेका हुन् ।यस किसिमको सहकार्यबाट बैंकका ग्राहकवर्गले उक्त अस्पतालमा उपचार गराउन जाने क्रममा सरल र सुलभ तरिकाले लाभ लिइसकेका छन् । आगामी दिनमा पनि यस सहकार्यको निरन्तरताले भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकहरुलाई उपचारका क्रममा थप सहज हुने विश्वास बैंकले लिएको छ । बैंकले यस्तो सुविधा…

श्री एयरलाइन्सको बेरिङ किन पड्कियो

श्री एयरलाइन्सको बेरिङ किन पड्कियो धनगढी विमानस्थलमा श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या आएपछि विमानस्थलमै ग्राउण्डेड गरिएको छ । जहाज अवतरण गरेर पार्किङ गर्ने क्रममा अगाडिको चक्काको बेरिङ पड्किएको जानकारी विमानस्थल प्रमुख बताए ।  उनले भने, ‘कलसाइन एएनएच २२७ नम्बरको सो जहाज सोमबार साँझ काठमाडौँबाट धनगढी पुगेको थियो । जहाजको अगाडीको चक्काको बेरिङ पड्किएपछि ग्राउण्डेड गरिएको हो ।’ सिंहका अनुसार जहाजमा आएको समस्या समाधानका लागि प्राविधिक टोली आएर काम गरिरहेको छ । मर्मत गरेर उडान योग्य भएपछि मात्रै उडान अनुमति दिइने जानकारी सिंहले दिए ।

नेपालमा लगानी गर्न रुसी उद्याेगीकाे चासाे

नेपालमा लगानी गर्न रुसी उद्याेगीकाे चासाे लगानी सम्मेलन नजिकिँदै गर्दा रुसका उद्योगी व्यवसायीले नेपालमा लगानीका क्षेत्रबारे चासाे राखेका छन् । रुसी उद्याेगीको एक टाेली लगानीकाे सम्भावना अध्ययन गर्न बिहीबार नेपाल आउने भएकाे छ । अर्थमन्त्री वर्षमान पुनसँगकाे भेटमा नेपालका लागि रुसी राजदूत अलेक्सेई ए. नोभिकोभले रुस उद्योग वाणिज्य संघको नेतृत्वमा रुसी व्यवसायीको टोली नेपाल आउन लागेको जानकारी गराएका हुन् । भेटमा पुनले ठूला जलविद्युत आयोजना र रासायनिक मल कारखानामा लगानी गर्न रुसलाई आग्रह गरे । ‘हामीले विद्युतका लागि अन्तर्राष्ट्रिय बजारको सुनिश्चितता गरिसकेका छौं, नेपालको जलविद्युत क्षेत्र अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि उपयुक्त क्षेत्र हो’, मन्त्री पुनले भने, ‘सरकारले स्वदेशमै रासायनिक मल कारखाना…