सिटिजन्स बैंकद्वारा सातवटै प्रदेशमा वित्तीय साक्षरता

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्रोटेक्ट योर मनी, सेक्योर योर फ्युचर भन्ने नाराका साथ चैत ५ देखि ११ सम्म सञ्चालित ग्लोबल मनि विकका अवसरमा सातवटै प्रदेशमा रहेका आफ्ना २५ शाखा कार्यालयबाट विभिन्न वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
यसअन्तर्गत बैंकले कोशी प्रदेशको विराटनगर, बिर्तामोड, हल्दिबारी र महेन्द्र चोक, मधेश प्रदेशको विद्यापति चोक, वीरगन्ज, कृष्णप्रणामी र राजविराज, बाग्मती प्रदेशको थापाथली, थली, भरतपुर, हेटौंडा र सिनामंगल, गण्डकी प्रदेशको अमरापुरी र दमौली, लुम्बिनी प्रदेशको भुताहा र बढैयाताल, कर्णाली प्रदेशको सुर्खेत, जुम्ला, डोल्पा र सिमीकोट तथा सुदूरपश्चिम प्रदेशको महेन्द्रनगर, धनगढी, बझाङ र अत्तरियामा साक्षरता कार्यक्रम गरी वित्तीय ज्ञान प्र्रदान गरेको छ ।
कार्यक्रममा उपस्थित युवा तथा विद्यार्र्थीवर्गमा वित्तीय साक्षरताको आवश्यकता र महत्वबारे प्रकाश पारिएको थियो । यससँंगै वित्तीय साक्षरताको अवस्था र विद्युतीय बंैकिङ्गको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा समेत जानकारी गराइएको थियो । नगद कारोबार, लेनदेन तथा विप्रेषण जस्ता वित्तीय कारोबार गर्ने क्रममा बंैकिङ्ग प्रणालीकै प्रयोग गर्न समेत उक्त कार्यक्रमबाट आग्रह गरिएको थियो ।
सिटिजन्स बैंकले देशैभरि आफ्ना १९० वटा शाखा, १५३ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग इकाइबाट १७ लाख ३६ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।