थप दुई दर्जन सहकारी कालाेसूचीमा
थप दुई दर्जन सहकारी कालाेसूचीमा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर समयमै कर्जा फर्छ्यौट नगर्ने दुई दर्जन सहकारी कालोसूचीमा परेका छन् । गएको कात्तिक महिनामा कर्जा सूचना केन्द्रले २४ वटा सहकारीलाई कालोसूचीमा राखेको हो । कुनै व्यक्ति वा संस्थाले लिएको कर्जा निष्क्रिय भएमा, भाखा नाघेमा त्यस्ता व्यक्ति तथा कम्पनीहरूलाई बैंक तथा वित्तीय संस्थाहरूले कालोसूचीमा राख्न कर्जा सूचना केन्द्रलाई परिपत्र गर्छ । सोही आधारमा कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नतिर्ने ऋणीहरूलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राख्ने गर्छ । केन्द्रले कालोसूचीमा राखेपछि त्यस्ता व्यक्ति तथा संस्थाहरू वित्तीय सेवा लिनबाट बन्देज हुन्छन् । उनीहरूले अर्को बैंक तथा वित्तीय संस्थाबाट पुनः…