प्रभु बैंकका ग्राहकलाई चिरायुमा छुट
प्रभु बैंकका ग्राहकलाई चिरायुमा छुट प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूलाई चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्ष्टिच्युट अस्पतालमा सेवा सुविधामा छुट दिने सम्झौता भएको छ । चिरायु हस्पिटलको तर्फबाट सञ्जीव राज भण्डारी र प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत रवीन्द्र ढकालले समझदारी पत्रमा हस्ताक्षर गरे । छुट सुविधा लिनका लागि बैंकका ग्राहकहरूले प्रभु बैंकको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्डमध्ये कुनै एक चिरायु हस्पिटलमा पेश गर्नुपर्ने छ । सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहक, कार्ड प्रयोगकर्ता, कर्मचारी तथा कर्मचारीका परिवारले चिरायु हस्पिटलमा उपचार गर्दा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडी टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियो थेरापी लगायतका सेवाहरूमा…