गण्डकीमा कामना सेवा बैंककाे साक्षरता कार्यक्रम

गण्डकीमा कामना सेवा बैंककाे साक्षरता कार्यक्रम कामना सेवा विकास बैंकले शनिबार पोखराको गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । मेडिकल कलेजका करिब २०० जना डाक्टर तथा विद्यार्थीहरूलाई वित्तीय साक्षरता दिइएको हो । कार्यक्रम पश्चात् गण्डकी मेडिकल कलेज र कामना सेवा विकास बैंकबिच सेवा छुट सम्बन्धी समेत सम्झौता भएको छ । उक्त सम्झौता पश्चात् कामना सेवा विकास बैंकका कर्मचारी, शेयरधनी तथा ग्राहकहरूले सेवा उपभोग गर्दा १५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । बैंकको मोबाइल बैंकिङ्ग सेवा तथा कार्डबाट भुक्तानी गर्दा उक्त छुट प्राप्त गर्न सकिनेछ । उक्त छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली…

बैंकमा थुप्रियाे ११ खर्ब : ६ खर्ब तत्काल लगानी गर्न सकिने

बैंकमा थुप्रियाे ११ खर्ब : ६ खर्ब तत्काल लगानी गर्न सकिने बैंक तथा वित्तीय संस्थाहरुसँग ११ खर्बभन्दा बढी लगानी योग्य पुँजी थुप्रिएकाे छ । केन्द्रीय बैंकको नीति अनुरूप चैत मसान्तसम्म बैंक तथा वित्त कम्पनीले विभिन्न सुरक्षण लगानीमा राखेर पनि ६ खर्ब रुपैयाँभन्दा माथि तत्काल लगानी गर्न सकिने रकम रहेको वित्तीय रिपोर्टले देखाएकाे छ । पछिल्ला दिनहरूमा बैङ्कहरूले अपेक्षित लगानी गर्न सकिरहेका छैनन् । २०८० चैत ३० गतेसम्म कूल ६१ खर्ब ८७ अर्ब ६४ करोड रुपैयाँ निक्षेप सङ्कलन गरेका बैङ्कहरूले यस अवधिमा ५० खर्ब ८४ अर्ब ९३ करोड रुपैयाँ मात्रै कर्जा लगानी गरेका छन् । निक्षेप र कर्जा लगानीको अन्तर ११…

७ बैंककाे नाफा बढ्याे, १३ काे घट्याे

७ बैंककाे नाफा बढ्याे, १३ काे घट्याे : सर्वाधिक कमाउनेमा नबिल, ग्लाेबल आइएमई दाेस्राे हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये नबिल बैंकले सबैभन्दा बढी नाफा कमाउन सफल भएको छ । सो बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४ अर्ब ६६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.७६ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्मा बैंकले ५ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएको थियो। खुद ब्याज आम्दानी बढेपनि बैंकको खर्च बढेका कारण खुद नाफा सामान्य घट्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.७२ प्रतिशत र खुद फि…

ताताेपानी भन्सार गाेदाममा थन्किएकाे ११ महिनापछि काठमाडाैं भित्र्याइँदै ३५ सय टन रासायनिक मल

ताताेपानी भन्सार गाेदाममा थन्किएकाे ११ महिनापछि काठमाडाैं भित्र्याइँदै ३५ सय टन रासायनिक मल चीनबाट आयात गरेर सिन्धुपाल्चाेकस्थित ताताेपानी भन्सार कार्यालयकाे गाेदाममा ११ महिना थन्किएकाे रासायनिक मल बल्ल काठमाडौँतर्फ ढुवानी गर्न थालिएकाे छ । आयातकर्ता ट्रान्स सिल्कले आवश्यक प्रक्रिया पूरा गरेसँगै मल ढुवानी हुन थालेको हो । कृषि सामग्री कम्पनी र आयातकर्ताबीच सहमति भएपछि ३ हजार ५ सय टन मल काठमाडौँ पठाइएको भन्सार कार्यालयले जनाएको छ । तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीका अनुसार ३ हजार ५ सय टन मलमध्ये हालसम्म १ हजार २ सय टनभन्दा बढी जाँच पास भइसकेकाे छ । बाँकी मल पनि जाँच पास प्रक्रियामा रहेकाे उनले जानकारी…

१७औँ वार्षिकोत्सव मनाउँदै सिटिजन्स बैंक : वैशाखभरि विभिन्न सेवामा भारी छुट

१७औँ वार्षिकोत्सव मनाउँदै सिटिजन्स बैंक : वैशाखभरि विभिन्न सेवामा भारी छुट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शुक्रबार आफ्नो १७औँ वार्षिकोत्सव मनाउँदैछ । वार्षिकाेत्सवकाे उपलक्ष्यमा बैंकले आकर्षक योजनाहरू सार्वजनिक गरेको छ । बैंकले यही वैशाख १ गतेदेखि वैशाख ३१ गतेसम्म १ महिनाका लागि लागू हुने गरी विभिन्न सेवा सुविधामा भारी छुट–क्यासब्यकलगायतका योजनाहरू सार्वजनिक गरेको हो । योजना अन्तर्गत डेविट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई पस मेसिन र अनलाइनमार्फत् रु. १००० वा बढीको कारोबार गर्दा १७% वा बढीमा रु. १७० क्यासब्याक दिइने बैंकले जनाएको छ । यसैगरी सिटिजन्स स्मार्ट मार्फत क्यु आर कोड स्क्यान गरी भुक्तानी गर्ने ग्राहकहरूको लागि पनि रु ५०० वा बढीको कारोबार गर्दा…

बर्दिबासमा पाँच तारे होटल निर्माण सुरू

बर्दिबासमा पाँच तारे होटल निर्माण सुरू महोत्तरीको बर्दिबास पाँच तारे 'रामिणी' होटल निर्माण सुरु भएको छ । साढे दुई वर्षभित्र निर्माण सक्ने गरी कुल एक बिघा क्षेत्रफलमा बनाउन थालिएकाे होटलमा कुल १ अर्ब १० करोड रुपैयाँ लगानी हुनेछ । जसमा ७/७ तलाका दुई वटा भवन बन्नेछन् । ८२ वटा कोठा हुनेछन् । डिलक्स र स्वीटका साथै दुई वटा प्रेसिडेन्सियल स्वीट रुम हुनेछन् । पाँच तारे होटलमा उपलब्ध हुने सबैखाले (क्यासिनो, स्वीमिङ पुल, वेलनेसलगायत) सुविधा उपलब्ध हुने हाेटलका अध्यक्ष शम्भु घिमिरेले जानकारी दिए । उनका अनुसार भगवान रामको जन्मभूमि अयोध्या र सीताको जन्मभूमि जनकपुरलाई पर्यटनमार्फत जोड्ने उद्देश्यले होटल निर्माण सुरु गरिएको…

माथिल्लाे अरुणकाे वित्तीय व्यवस्थापन एडीबीले गर्ने सैद्धान्तिक सहमति

माथिल्लाे अरुणकाे वित्तीय व्यवस्थापन एडीबीले गर्ने सैद्धान्तिक सहमति संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलासययुक्त जलविद्युत आयोजनामा वित्तीय व्यवस्थापन विषयमा सैद्धान्तिक सहमति जुटेको छ । अमेरिका भ्रमणमा रहेका अर्थमन्त्री वर्षमान पुन अनन्त र विश्व बैंक उच्च नेतृत्वबीच वासिङ्टन डिसीमा भएको वार्तामा त्यसबारे सैद्धान्तिक सहमति भएको हो । मन्त्री पुन र विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरबीच माथिल्लो अरुणसहित विश्व बैंकको लगानीमा नेपालमा सञ्चालित आयोजनाबारे छलफल भएको थियो । माथिल्लो अरुणमा विश्व बैंकले वित्तीय व्यवस्थापनको नेतृत्व गर्ने विषयमा सैद्धान्तिक निस्कर्षमा पुगिएको मन्त्री पुनको भ्रमण टोली सदस्य एवं अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव…

लगानी सम्मेलनमा सहभागी हुन अमेरिकी लगानीकर्तालाई अर्थमन्त्रीकाे आग्रह

लगानी सम्मेलनमा सहभागी हुन अमेरिकी लगानीकर्तालाई अर्थमन्त्रीकाे आग्रह अर्थमन्त्री वर्षमान पुनले नेपालमा यसै महिना हुन लागेको लगानी सम्मेलनमा सहभागी भई लगानीका क्षेत्र पहिचान गर्न अमेरिकी लगानीकर्तालाई आग्रह गरेका छन् । हाल अमेरिकामा रहेका पुनले अमेरिकी च्याम्बर अफ कमर्सद्वारा वासिङ्गटन डिसीमा आयोजित राउण्ड टेवल छलफलमा उक्त आग्रह गरेका हुन् । कार्यक्रममा अमेरिकी सहयोग नियोगकी उपसहायक प्रशासक अञ्जली कौर, अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री, अमेरिकी च्याम्बर अफ कमर्सको दक्षिण एसियाका लागि वरिष्ठ उपाध्यक्ष अतुल कश्यपलगायतले नेपालको उक्त लगानी सम्मेलनको बारेमा धारणा राखेका थिए । कार्यक्रममा नेपालमा लगानी गरिरहेका अमेरिकी कम्पनीहरुको समेत सहभागिता थियो । नेपालमा वैदेशिक लगानी भित्र्याउने अभिप्रायले गर्न लागिएको…

नयाँ स्टक लाइसेन्सकाे हानथापले बाेर्ड अध्यक्ष नियुक्तिमा अन्याेल

नयाँ स्टक लाइसेन्सकाे हानथापले बाेर्ड अध्यक्ष नियुक्तिमा अन्याेल नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स हत्याउने विषयमा विचाैलिया दीपक भट्ट र आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालबीच हानथाप हुँदा धिताेपत्र बोर्डको अध्यक्ष नियुक्ति अन्याेलमा परेकाे छ । नयाँ स्टक लाइसेन्स लिनकै लागि पावर ब्रोकरको रुपमा काम गर्दै आएका विचौलिया दीपक भट्टले यसअघि रमेश हमाललाई अध्यक्ष बनाएका थिए । तर, लाइसेन्सको विषयमा संसदीय समितिदेखि सर्वोच्च अदालतसम्म मुद्दा परेपछि हमालको कार्यकालमा भट्टको सपना पूरा हुन सकेन । भट्टले आफ्नो स्वार्थ अनुकुल हिमालयन स्टकलाई लाइसेन्स दिने प्रक्रिया अन्तिम चरणमा पुर्याए पनि त्यसले पूर्णता पाउन सकेन । नयाँ स्टक लाइसेन्स दिनका लागि ३ वटा कम्पनीको आवेदन परेको थियो…

अब ६ हजारमै विदेश भ्रमण !

अब ६ हजारमै विदेश भ्रमण ! ग्लोबल आइएमई बैंक लिमिटेडले क्रेडिट कार्डबाहक ग्राहकहरुलाई सरल किस्ताबन्दीमा स्वदेश तथा विदेश भ्रमण योजना सार्वजनिक गरेको छ । आइएमई ट्राभल्ससँगको सहकार्यमा ल्याइएको यस योजनाअन्तर्गत हाल आन्तरिक पर्यटकीय स्थानहरु अन्नपूर्ण वेस क्याम्प, धार्मिक गन्तव्यको रुपमा स्थापित मुक्तिनाथ तथा अन्तर्राष्ट्रिय टुर प्याकेजमा थाइल्याड, बाली, दुबई भ्रमणको लागि सहुलियत मूल्यका योजनाहरु ल्याएको छ । बैंकले आन्तरिक भ्रमणका लागि न्यूनतम ३ हजार २१० र विदेश भ्रमणका लागि ६ हजार रुपैयाँको सरल किस्ताबन्दी योजना ल्याएको हो । बैंकको क्रेडिट कार्डबाहक महानुभावहरुले आइएमई ट्राभल्समा गई आफूलाई अनुकूल टुर प्याकेज किस्ताबन्दीमा खरिद गर्न सक्ने बैंकले जनाएको छ । यो योजनामा आवद्ध…