बैंक पनि साथी पनिको भित्री लफडा बहिरिँदै
बैंक पनि साथी पनिको भित्री लफडा बहिरिँदै बैंक पनि साथी पनि भन्ने नारा सहित ठूलो तामझामका साथ उदाएको एनआईसी एसिया बैंक पछिल्लो समय आन्तरिक कलहमा फस्दै गएको छ। एक वर्षदेखि अहिलेसम्म पनि बैंकको आन्तरिक कलह सुल्टिन नसकेको बैंकका उच्चस्तरीय कर्मचारीहरु बताउँछन्। प्रमुख कार्यकारी अधिकृत ( सीईओ ) रोशन न्यौपानेको मिसन र भिजन जती पहिलाथियो अहिले छैन । न्यौपाने असफल बन्दै जाँदा बैंकलाई आन्तरिक कलह मिलाउन निकै हम्मे परेको हो। शाखा विस्तारमा ध्यान दिएका न्यौपानेले बैंकलाई विश्वसनीय बनाउनेतर्फ भन्दा पनि कर्जा बाँड्नेतर्फ बढी ध्यान दिदा अहिले बैंकलाई आप्ठेरो अवस्थामा पुगेको छ। व्यवस्थापनले न्यौपानेसँग यसको जबाफदेहीताबारे बुझ्दा न्यौपाने नाजबाफ हुने गरेको कर्मचारीहरु…