मन्त्रीहरुको रिर्पोट कार्ड :भौतिक मन्त्री ‘फेल’,अर्थ र उद्योग मन्त्री ‘थर्ड डिभिजन’

उनीहरुले चालु आर्थिक बर्षको पुस मसान्तसम्मको कार्यसम्पादन हेर्दा ३५ प्रतिशत समेत काम गर्न सकेका छैनन् । प्रधानमन्त्री कार्यालयले जारी गरेको पुससम्मको कार्यसम्पादन प्रगति विवरणअनुसार सम्पन्न हुनुपर्ने माइलस्टोन र गतिविधिको आधारमा क्याबिनेटका १२ मन्त्रीहरु फेल भएका हुन।

प्रतिवेदन अनुसार,यो ६ महिनाको अवधिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ८० दशमलव ५५ प्रतिशत र कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाले शतप्रतिशत अंक ल्याउँदा अर्थमन्त्री विष्णु पौडेलको ३९ दशमलव २ प्रतिशत, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ४८ दशमलव १ प्रतिशत काम सम्पन्न गरेका छन् ।
यता भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको मन्त्रालयले ७ दशमलव ९ प्रतिशत काम मात्र सम्पन्न गरेको छ । त्यसपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीको १० दशमलव ७ प्रतिशत, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको १५ दशमलव ३ प्रतिशत मात्र अंक प्राप्त गर्दा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको १८ दशमलव ५ प्रतिशत, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको १८ दशमलव ७५ प्रतिशत र खानेपानी मन्त्री प्रदीप यादवको २४ दशमलव ५५ प्रतिशत अंक आएको छ ।

त्यसैगरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको २४ दशमलव ५५ प्रतिशत, संघीय मामिला तथा कानून मन्त्री राजकुमार गुप्ताको २५ प्रतिशत, शहरी विकास मन्त्री प्रकाशमान सिंहको २६ दशमलव २५ प्रतिशत, प्रधानमन्त्री कार्यालय २८ दशमलव १ प्रतिशत, कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको २९ दशमलव ४ प्रतिशत काम सम्पन्न गरेका छन् ।

यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको ३३ दशमलव ३५ प्रतिशत अंक पाएका छन् । यी १२ मन्त्रीहरु फेल हुँदा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीको ३६ दशमलव ६५ प्रतिशत, अर्थमन्त्री विष्णु पौडेलको ३९ दशमलव २ प्रतिशत, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको ४० दशमलव ९ प्रतिशत र परराष्ट्र मन्त्री आरजु राणा देउवाको ४२ दशमलव ९ प्रतिशत अंक छ । यस्तै ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री दीपक खड्काले ४७ दशमलव ७ प्रतिशत, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ४८ दशमलव १ प्रतिशत, गृहमन्त्री रमेश लेखकले ५२ दशमलव ६ प्रतिशत र रक्षा मन्त्री मानवीर राईले ५९ प्रतिशत अंक ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

मन्त्रीहरुको रिर्पोट कार्ड :भौतिक मन्त्री ‘फेल’,अर्थ र उद्योग मन्त्री ‘थर्ड डिभिजन’