नेपालमा लगानी बढाउन विश्व बैंकलाई आग्रह
नेपालमा लगानी बढाउन विश्व बैंकलाई आग्रह अर्थमन्त्री वर्षमान पुनले नेपालमा विश्व बैंकको आर्थिक तथा प्राविधिक सहायता बढाउन विश्व बैंकको नेपाल, माल्दिभ्स र श्रीलङ्का हेर्ने देशीय निर्देशक फारिस हदाद जार्बोससँग आग्रह गरेका छन् । विश्व बैंक नेपालको ठूलोमध्येको एक विकास साझेदार भएकाले समन्वय र सहकार्यको अपेक्षा पनि उच्चस्तरकै रहेको पुनले बताए । रोजगारी सिर्जना र आर्थिक गतिविधिमा तीव्रता दिँदै अर्थतन्त्र चलायमान बनाउन विश्व बैंकको सहयोग जरुरी रहेकाेमा उनले जोड दिए । अर्थतन्त्र अझै केही दबाबमा रहेकाले नेपाललाई प्राथमितामा राख्न उनले आग्रह गरे । ‘कतिपय आन्तरिक र कतिपय बाह्य कारणले अर्थतन्त्र केही दबाबमा छ, यो चुनौतीपूर्ण अवस्थामा विश्व बैंकबाट थप सहयोगको अपेक्षा…