नबिल ढुक्क घर कर्जा, नबिलले ल्यायो बैंकिङ उद्योगकै सस्तो ब्याजमा घरकर्जा योजना
नबिल ढुक्क घर कर्जा, नबिल भए ढुक्कु योजना मार्फत नेपालको बैंकिङ उद्योगकै सस्तो ब्याजमा घरकर्जा योजना ल्याएको हो।नबिल बैंकले उद्योगकै सस्तो ब्याजदरमा घरकर्जा योजना ल्याएको छ।नबिल ढुक्क घर कर्जा, नबिल भए ढुक्कु योजना मार्फत नेपालको बैंकिङ उद्योगकै सस्तो ब्याजमा घरकर्जा योजना ल्याएको हो।योजनाअनुसार न्युनतम ८%९९ प्रतिशतमा अधिकतम ३० वर्षको अवधिको लागि घर कर्जा उपलब्ध हुनेछ भने सात वर्षको लागि ब्याज दर स्थिर हुनेछ। अर्थात यस योजनाअनुसार घर कर्जा लिने ग्राहकले कर्जा लिएको सात वर्षसम्मको लागि ८%९९ प्रतिशत ब्याज तिर्नुपर्नेछ।कर्जाको सिमा नेपाल राष्ट्र बैंकको घर कर्जा प्राबधान अनुसार अधिकतम दुई करोडसम्मको हुनेछ। जग्गा भएर घर बनाउन तथा जग्गा सहितको घर खरिद गर्नलाई ग्राहकले अधिकतम २ करोड घरजग्गा कर्जा लिन सक्नेछन्।विभिन्न कारणले देशको अर्थतन्त्र ओरालो लागेको बेलामा सबै तिर निराशा छाएको बेला सकारात्मक संदेश दिने उदेश्यले बैकिङ्ग उद्योगकै सस्तो ब्याजदरमा अधिकतम २ करोडसम्मको कर्जा दिन सकिने योजना ल्याइएको नबिल बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सिनियर डीसीईओ सुजित शाक्य बताउँछन्।नबिल बैंकले बैङ्किङ्ग मात्रै नभई व्यवसायिक माहोल पनि सँधै सकारात्मक होस् भन्ने चाहन्छ र त्यसको लागि केहि न केहि योगदान गरिरहेको छु उनले भने, अहिले पनि स्थिर दरमा सात वर्षको लागि उद्योगकै कम ब्याजमा घरकर्जा दिँदा ग्राहकमा आत्मविश्वास बढ्न गई अर्थतन्त्रलाई चलायमान गराउन सकिन्छ कि भन्ने हिसाबले यो योजना ल्याएका हौ।यो योजनाले आम ग्राहकमा आत्मविश्वास बढ्न गई घरकर्जा प्रवाह हुँदा यसले घर निर्माणसंग जोडिएका अन्त्य अप्रत्यक्ष तथा सिमेन्ट, डन्डी, जस्ता क्षेत्र पनि चलायमान हुने र श्रम बजार पनि लयमा आउने नबिलको बिश्वास रहेको शाक्यको भनाई छ।यस अघिपनि नबिल बैंकले ९%९९ प्रतिशतमा घर कर्जा ल्याएर बैङ्किङ्ग उद्योगमा कर्जाको ब्याज घट्ने क्रममा छ भन्ने संदेश दिन आफुहरु सफल पनि भएको शाक्यको भनाई छ।