भैरहवामा खुल्यो मोटरसाइकलको एसेम्ब्लिङ प्लान्ट
भैरहवामा खुल्यो मोटरसाइकलको एसेम्ब्लिङ प्लान्ट नेपालमा होन्डा मोटरसाइकलको एसेम्ब्लिङ सुरु भएकाे छ । होन्डाका मुख्य बिजनेस युनिटका भाइस-प्रेसिडेन्ट मिनोरु काटोले बुधबार भैरहवामा होन्डा ‘एसेम्ब्लिङ प्लान्ट’ उद्घाटन गरका छन् । १ अर्ब ५० करोड लगानीमा दुई लाख स्क्वायर फुट क्षेत्रफलमा फैलिएको प्लान्टले वार्षिक एक लाख वटा मोटरसाइकल र स्कुटर उत्पादन गर्ने कम्पनीले बताएको छ । एसेम्ब्लिङ प्लान्ट स्थापना भएसँगै सहायक कम्पनी हिमाल मोटो प्रालि मार्फत उत्पादनको बिक्री वितरण, पाटपुर्जाको उपलब्धता र सर्भिसिङ सेवा उपलब्ध हुने नेपालका लागि होन्डाको अधिकृत विक्रेता स्याकार ट्रेडिङले जनाएको छ। नेपालमा ५५ वर्षदेखि विक्री हुँदै आएको होन्डा दुई पाङ्ग्रे सवारीमा नेपालकै सर्वाधिक बिक्री हुनेमध्येको ब्राण्ड हो ।…