भारतबाट दूध आयातकाे स्वीकृति नदिन कृषिमन्त्रीलाई आग्रह
भारतबाट दूध आयातकाे स्वीकृति नदिन कृषिमन्त्रीलाई आग्रह सरकारले भारतबाट दूध आयात खोल्न लागेको भन्दै किसानहरुले दूध आयात स्वीकृति नदिन कृषि मन्त्रीलाई अनुरोध गरेका छन् । चितवनका दुग्ध किसानहरुले नेपालमै दूधको उत्पादन पर्याप्त भएको दाबी गर्दै भारतबाट आयातकाे अनुमति नदिन अनुरोध गरेका हुन् । चितवनमा मात्रै दैनिक साढे ३ लाख ५० हजार लीटर दूध उत्पादन हुने तथ्यांक रहेको छ । यहाँबाट दैनिक एक लाख ५१ हजार लीटर दूध नेपालकै विभिन्न स्थानमा निर्यात हुने गरेको छ । जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष किशोर बगालेले भने- 'चितवनले मात्रै दूध बिक्रीबाट एक करोड रकम दिनकै भित्र्याउँछौँ । अब दूध उत्पादन बढ्ने समय पनि…