राजस्व संकलनका लागि व्यवसायीलाई अनावश्यक दु:ख दिंदैनाैं : अर्थमन्त्री

अर्थमन्त्री वर्षमान पुनले राजस्व संकलनको लागि व्यवसायीलाई अनावश्यक दुख नदिने बताएका छन् ।

अर्थ मन्त्रालयमा मंगलबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसँगको भेटवार्तामा अर्थमन्त्री पुनले निजी क्षेत्रलाई सहयोग गर्न सरकार सधैँ तत्पर रहेको बताए । उनले राजस्व संकलनको लागि व्यवसायीलाई अनावश्यक दुख नदिने आश्वासन पनि दिए ।

पुनले देशको अर्थतन्त्रको विकासका लागि सरकार र निजी क्षेत्रबिच थप सहकार्य आवश्यक रहेको बताए । उनले वर्तमान सरकारको अहिलेको मुख्य प्राथमिकता देशको अर्थतन्त्र सुधार गर्नु रहेको बताए ।

अध्यक्ष ढकालले पछिल्ला दिनमा महासंघमा अनावश्यक बजार अनुगमन बढेको भन्दै सदस्यहरूबाट गुनासो आइरहेको जानकारी गराएका थिए । सरकारको राजस्व सङ्कलनमा कमी आएपछि सरोकारवाला निकायले व्यवसायीलाई समस्यामा पारेको उनले बताएका थिए ।

ढकालले मुलुकमा उद्योग, व्यवसाय सञ्चालनका लागि उपयुक्त वातावरण बनाउन पहल गर्न अर्थमन्त्री पुनलाई आग्रह गरेका थिए । अहिले मुलुकले बढीभन्दा बढी स्वदेशी तथा विदेशी लगानी भित्र्याउने समय आएको उनकाे भनाइ थियाे।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

राजस्व संकलनका लागि व्यवसायीलाई अनावश्यक दु:ख दिंदैनाैं : अर्थमन्त्री