टिकटककाे प्रतिबन्ध हटाउने सरकारकाे निर्णय

सरकारले टिकटक खुलाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद बैठकले बिहीबार टिकटकलाई लगाइएको प्रतिबन्ध खुल्ला गर्ने निर्णय लिएकाे हाे । लगत्तै सम्बन्धित निकायलाई टिकटक खुला गराउन निर्देशन दिइएको एकजना मन्त्रीले जानकारी दिएका छन् ।

त्यस्तै, टिकटकलाई ३ महिनाभित्रमा विभिन्न मापदण्ड र प्रक्रिया पूरा गर्न पनि सरकारले निर्देशन गरेको उनले बताए ।

गत वर्ष कात्तिकदेखि तत्कालीन सरकारले सामाजिक विकृति बढेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो । यद्यपि, भीपीनलगायतबाट टिकटक भने चलिराखेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

टिकटककाे प्रतिबन्ध हटाउने सरकारकाे निर्णय