नाडा अटो शो सुरु

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भृकुटीमण्डपमा मंगलबारदेखि नाडा अटो शो सुरु गरेको छ । शोको उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले गरेका छन् ।

१६ भदौसम्म सञ्चालन हुने अटो शोमा ५५ ब्रान्डका गाडी प्रदर्शनीमा राखिएको छ । नाडा अटो शोका संयोजक अनुपकुमार बरालले प्रदर्शनीमा २४ ब्रान्डका चारपांग्रे, १९ ब्रान्डका दुई–पांग्रे र १२ ब्रान्डका हल्का व्यावसायिक गाडी प्रदर्शनीमा राखिएको जानकारी दिए ।

लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरणलगायत ३३ कम्पनीहरू अटो शोमा सहभागी छन् । यस्तै ७ वित्तीय संस्थाका स्टलहरू समेत अटो शोमा छन् । नाडाका अनुसार प्रदर्शनीमा १३० वटा स्टल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

नाडा अटो शो सुरु