एनआईसी एसिया बैंक र यती एयरले दिए गज्जबको फाइदा

एन आई सी एशिया बैंकले यती एयरलाइन्स सँगको सहकार्यमा NIC ASIA Sky Club Card सार्वजनिक गरेको छ।

Visa Co–branded Card का रुपमा आएको यो कार्ड यती एयरलाइन्स तथा यस बैंकका सम्पूर्ण ग्राहक बर्गको लागि हित मूलक रहेको बैक ले बताएको छ । यो योजना ग्राहक महानुभावहरूले प्राप्त गर्न सक्नुहुनेछ । यस कार्डको प्रयोग गरेर यति एयरलाइन्सको टिकट खरिद गर्दा १० प्रतिशत छुट सहितअन्य सुविधाहरू उपलब्ध हुने गरी बैंक र एयरलाइन्स बीच समझदारी भएको हो ।

यती एयरलाइन्सको मोबाइल एप तथा वेबसाइट प्रयोग गरेर यस कार्डबाट ई–कमर्श भुक्तानी गरी एयरलाइन्सका सबै प्रकारका टिकट काट्दा ग्राहक महानुभावहरूले १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन भने प्रत्येक कारोबारमा माइलेज पोइन्टस् र ५ किलोग्राम अतिरिक्त ब्यागेज सुविधा प्राप्त गर्नुहुनेछ । यती एयरलाइन्सका विभिन्न काउन्टरमा यो कार्ड देखाएर टिकट काट्दासमेत उक्त छुट उपलब्ध हुनेछ ।

साथै, उक्त कार्डको प्रयोग गरेवापत देशभरका विभिन्न होटल, रेष्टुरेन्ट, अस्पताल र यतीएयरलाइन्सको Sky Club Card मा उपलब्ध हुने सम्पूर्ण सुविधा एवं छुटहरू प्राप्त गर्न सक्नुहुनेछ । कार्ड प्राप्तका लागिग्राहक महानुभावहरूले बैंकको शाखा कार्यालयमा पुगेर आवेदन दिन पर्ने छ ।

यस आकर्षक साझेदारीले बैंक र एयरलाइन्सकाग्राहक महानुभावहरूलाई टिकट खरिदमा अधिकतम छुटका अलावा विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त भई अत्याधिकफाइदाहरू उपभोग गर्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

एनआईसी एसिया बैंक र यती एयरले दिए गज्जबको फाइदा