सिद्धबाबा सुरुङमार्ग तीन महिनाभित्र छिचाेल्ने तयारी

राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्ग आधाभन्दा बढी भाग खनिएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत रुपन्देही र पाल्पाको सीमा क्षेत्रमा रहेको सुरुङ अहिलेसम्म ५४५ मिटर खनिएको हो ।

कुनै समस्या नआए अबको ३ महिनाभित्र सुरुङमार्ग ‘ब्रेक थ्रू’ गर्ने आयोजनाको तयारी छ । ‘मुख्य सुरुङ आउँदो डिसेम्बरसम्म छेड्ने लक्ष्य छ, तीनवटा बाइपासमध्ये एउटा छेडियो, एउटा अबको १० दिनभित्र छेडिन्छ’, आयोजनाकी इन्जिनियर सविता ज्ञवालीले भनिन् ।

कुल १ हजार १२६ मिटर लामो सुरुङमा दुवैतर्फ गरी ५४५.५७ मिटर खनिएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार उत्तरतर्फ २३७.८० र दक्षिणतर्फ ३०७.७७ मिटर खनिएको छ । सुरुङमार्गका तीनवटा बाइपास छन् । जसमा पहिलो बाइपास १३७, दोस्रो ११७ र तेस्रो १२३ मिटर खनिएको छ ।

नेपाल सरकारले २०७८ फागुनमा चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (सीएससीईसी) लाई ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा उक्त सुरुङमार्ग बनाउने ठेक्का दिएको थियो । ठेक्का सम्झौताअनुसार सुरुङमार्ग निर्माणपछि पनि सोही कम्पनीले पाँच वर्षसम्म मर्मतको काम गर्नेपर्नेछ ।

हिउँदमा समेत पहिरो झर्ने यस ठाउँलाई सुरक्षित बनाउन २०८० माघ ४ गते सुरुङ खन्ने काम औपचारिक रुपमा शुरू भएको थियो ।

बाइपास पहिलो १५१ मिटर, बाइपास दोस्रो १६१ मिटर र बाइपास तेस्रो १३० मिटर लामो हुनेछ । आयोजनाको कूल भौतिक प्रगति २२.८५ प्रतिशत रहँदा वित्तीय प्रगति २६.४ प्रतिशत रहेको आयोजनाले जनाएको छ ।

गत जेठ १३ देखि ब्लास्टिङ गरी सुरुङ खन्न थालिएको थियो । सुरुङमार्गमा अहिले विस्फोटक पदार्थ प्रयोग गरेर चौबीसै घण्टा काम भइरहेको र ‘ब्लास्टिङ’ गर्न थालेपछि तीव्र रुपमा काम अघि बढेको इन्जिनियर ज्ञवालीले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

सिद्धबाबा सुरुङमार्ग तीन महिनाभित्र छिचाेल्ने तयारी