सुनकाे मूल्यमा कीर्तिमान : ताेलामै २ लाख !

नेपाली बजारमा सुन मूल्यले कीर्तिमान राखेको छ । सुनको मूल्य आज एकैदिन तोलामा १ हजार बढेर २ लाख नजिक पुगेको हो ।
सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा १ लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहिबार सुनको मूल्य १ लाख ९७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर २३ सय २५ रुपैयाँ कायम भएको छ ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३३ सय ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
+1
+1
+1
+1
+1
+1