पाेखरा सहकारीकाे ८८ कराेड हिनामिना, ७ जना पक्राउ

पोखरा बचत तथा ऋण सहकारी संस्थाको ८८ करोड रुपैयाँभन्दा धेरै रकम हिनामिना भएको खुलेको छ ।

सहकारीको रकम संस्थाका व्यवस्थापकसहित कर्मचारी र पदाधिकारीको गठजोडमा ८८ करोड ७० लाख रुपैयाँ रकम हिनामिना भएको पाइएको हो ।

पोखरा नयाँबजारमा प्रमुख कार्यालय रहेको सहकारीको रकम अध्यक्ष सुरेन्द्रबहादुर गोदार, व्यवस्थापक भीष्मप्रसाद गुरुङ, वर्तमान सुपरभाइज मार्केट प्रमुख वेदीप्रसाद सुवेदी, सचिव दिलबहादुर केसी खत्री, ऋण संयोजकसमेत रहेका कोषाध्यक्ष हिरामणि दाहालसहितको कार्यसमिति, पूर्वपदाधिकारी तथा सञ्चालकले व्यक्तिगत स्वार्थअनुसार रकम हिनामिना गरेको पाइएको हो । उनीहरू पक्राउ परेका छन् ।

सञ्चालक समितिका पूर्वसचिव ईन्द्रप्रसाद द्वा र सञ्चालक समिति सदस्य दोर्जे तामाङ पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।

सहकारीको रकम हिनामिना गरेको आरोपमा प्रहरीले अध्यक्ष, व्यवस्थापकसहित वर्तमान तथा पूर्व पदाधिकारीलगायतलाई अनियमित ढंगले दुरुपयोग गरेको र साथ दिएको आरोपमा पक्राउ गरेको हो । प्रहरीले जरुरी पक्राउ पुर्जीका आधारमा उनीहरूलाई बुधबार बिहान पक्राउ गरी अनुसन्धान थालेको हो ।

सञ्चालक समितिका पदाधिकारी, व्यवस्थापकसमेतका व्यक्तिहरूको गठमेलमा सहकारीको सिद्धान्त र मूल्य मान्यताहरूको बर्खिलाप गरी बचतकर्ताहरुको हितविपरित रकम हिनामिना गरेको पाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

पाेखरा सहकारीकाे ८८ कराेड हिनामिना, ७ जना पक्राउ