साढे ८ तोला सुन बोकेको भेटिएपछि निगमका विमान परिचालक तिवारी निलम्बित

नेपाल वायुसेवा निगम (नेवानि) ले विमान परिचालक (स्टेवार्ड) सन्देश तिवारीलाई निलम्बन गरेको छ ।

२७ नोभेम्बरका दिन ‘आरए २४०’ दोहा-काठमाडौं उडान क्रममा १ सय ग्राम (साढे ८ तोला) सुन बोकेको देखिएपछि उनी छानबिनमा परेका छन् ।

छानबिन नसकिएसम्म वा बढीमा तीन महिनासम्म निलम्बन गर्न सकिने कानुनी प्रावधान अनुसार उनी निलम्बनमा परेको नेवानिले जनाएको छ ।

उनले साथमा १ सय ग्राम सुन बोकेको दोहा विमानस्थलका सम्बन्धित भन्सार पदाधिकारीको सोधपुछ तथा खानतलासीका क्रममा पुष्टि भएको थियो ।

दोहास्थित स्टेसन म्यानेजर समेतको रोहवरमा समस्या समाधान गर्ने क्रममा उक्त उडान ३०/३५ मिनेट ढिला भएको पाइएको थयो ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

साढे ८ तोला सुन बोकेको भेटिएपछि निगमका विमान परिचालक तिवारी निलम्बित