आंशिक खुल्याे रसुवागढी नाका

६ महिनादेखि बन्द रहेको रसुवागढी नाका आंशिक रूपमा सञ्चालनमा आएको छ ।

गत असार २४ गते चीनतर्फबाट लेन्दे खोलामा आएको भीषण बाढीले मितेरी पुल बगाएपछि नेपाल-चीनबिचको यो प्रमुख नाका पूर्णरूपमा ठप्प बनेको थियो ।

चीन सरकारले बाढीले क्षति पुर्‍याएको पुल भएको स्थानमा बेलिब्रिज जडान गरेसँगै आइतबारदेखि आवतजावत सुचारू भएको हो ।

नाका आंशिक रूपमा खुले पनि मालसामान बोक्ने सवारी साधनहरूको आवतजावत १ जनवरी (पुस १७ गते) देखि मात्रै गर्ने तयारी छ ।

रसुवागढी भन्सार कार्यालयका प्रमुख तुलसीप्रसाद भट्टराईका अनुसार हाललाई व्यवसायीहरूलाई मात्र आवतजावतको अनुमति दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

आंशिक खुल्याे रसुवागढी नाका