कर्जाकाे ब्याज ३२ महिनायताकै सस्तो

कर्जाकाे ब्याज ३२ महिनायताकै सस्तो बैङ्किङ प्रणालीमा निक्षेपको ब्याजदर लगातार जसो घटिरहेको छ । यसले कर्जाको ब्याजदर समेत कम गराउँदै लगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार विगत ३२ महिनायताकै सस्तो कर्जा पाइन थालेको देखिन्छ । अर्थात् वाणिज्य बैंकहरुको आधार दर (बेसरेट) ३२ महिना यताकै सस्तो छ । आधार दर कम हुनु भनेको कर्जाको ब्याजदर कम हुनु पनि हो किनभने बैंकहरुले कर्जाको ब्याजदर आधार दरमा प्रिमियम जोडेर तय गर्छन् । नेपाल राष्ट्र बैंकका अनुसार २०७८ मंसिरमा बैंकहरुको आधार दर ८.२४ प्रतिशत थियो त्यसको ३२ महिनापछि आइपुग्दा आधार दर २०८१ असारमा ८ प्रतिशतमा झरेको छ । २०७९ पुसमा आधार दर सबैभन्दा…

एनआईसी एसिया बैंक र यती एयरले दिए गज्जबको फाइदा

एनआईसी एसिया बैंक र यती एयरले दिए गज्जबको फाइदा एन आई सी एशिया बैंकले यती एयरलाइन्स सँगको सहकार्यमा NIC ASIA Sky Club Card सार्वजनिक गरेको छ। Visa Co–branded Card का रुपमा आएको यो कार्ड यती एयरलाइन्स तथा यस बैंकका सम्पूर्ण ग्राहक बर्गको लागि हित मूलक रहेको बैक ले बताएको छ । यो योजना ग्राहक महानुभावहरूले प्राप्त गर्न सक्नुहुनेछ । यस कार्डको प्रयोग गरेर यति एयरलाइन्सको टिकट खरिद गर्दा १० प्रतिशत छुट सहितअन्य सुविधाहरू उपलब्ध हुने गरी बैंक र एयरलाइन्स बीच समझदारी भएको हो । यती एयरलाइन्सको मोबाइल एप तथा वेबसाइट प्रयोग गरेर यस कार्डबाट ई–कमर्श भुक्तानी गरी एयरलाइन्सका सबै प्रकारका…

सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छूट

सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छूट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र श्री एयरलाइन्स बीच सिटिजन्स बैंककाग्राहकहरूलाई विशेष छूट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्र सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले श्री एयरलाइन्समा टिकट खरिदमा रु ५०० को आकर्षक छूटपाउनेछन् । सो एयरलाइन्सको सबै कार्यालयको काउन्टरबाट मात्र प्राप्तहुने छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनु का साथै नगदकारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुन सने विश्वास बैंकले लिएको छ ।बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाईडिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्रीसुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइनेसम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको…

ज्याेति विकास बैंककाे खराब कर्जा बढ्दै

ज्याेति विकास बैंककाे खराब कर्जा बढ्दै राष्ट्रिय स्तरकाे विकास बैंक भनेर चिनीन नपाउँदै खराब कर्जाका कारण डरलाग्दो रूप लिन लागेको ज्योति बिकास बैंक कुनै पनि बेला राष्ट्र बैंकले हस्तक्षेप गर्छ कि भन्ने डरमा रहेको चर्चा छ । विद्युत प्राधिकरणका पीएनदेखि शाखा अधिकृतसम्मकाे लगानी रहेको ज्योती विकास बैंकको खराब कर्जा करिब ४.५ प्रतिशत हाराहारी पुगेको छ । राष्ट्रिय स्तरका विकास बैंकमध्ये राम्रो ज्योति बिकास बैंकको यो अवस्था आउनुले लगानीकर्तामा निरासा छाएको छ । निष्क्रिय कर्जा धेरै हुनेमा ज्योति विकास बैंक पनि पर्छ । गत आर्थिक वर्ष यस बैंकको निष्क्रिय कर्जा ४.९५ प्रतिशत पुगेको थियो । अघिल्लो आर्थिक बर्षमा निष्क्रिय कर्जा ३.४३…

नबिल एसएसईको कमाल :- ८० प्रतिशतले गरे उद्यम स्थापना

नबिल एसएसईको कमाल :- ८० प्रतिशतले गरे उद्यम स्थापना नबिल बैंकले फेलोसिप कार्यक्रमको चौथो ब्याच २०२४ का लागि आवेदन आह्वान गरेको छ । तेस्रो ब्याचको सफलतापछि बैंकले चौथो ब्याचको कार्यक्रमका लागि आवेदन माग गरेको हो । सामाजिक परिवर्तनका लागि नवीनतम सोच भएका १८ वर्षभन्दा माथिका नेपाली नागरिकले २०८१ साल भदौ १४ गतेसम्म आवेदन दिन सक्नेछन् । बैंकले कृषि, पर्यटन, ऊर्जा, वातावरण संरक्षण, र सूचना प्रविधि लगायत क्षेत्रमा नवीनतम सोच भएका र उद्यम गर्न चाहिने सीप तथा तालिमको खोजीमा रहेका उद्यमीहरुका लागि निशुल्क तालिमको लागि आवेदन आह्वान गरेको हो । इच्छुक व्यक्तिहरूले वेव साइडमा उपलब्ध फारम भरेर वा क्युआर कोड स्क्यान…

सिटिजन्स बैंकको स्ट्रयाटेजिक ग्रोथ एण्ड अपरेसनल एक्सिलेन्स कन्फरेन्स सम्पन्न

सिटिजन्स बैंकको स्ट्रयाटेजिक ग्रोथ एण्ड अपरेसनल एक्सिलेन्स कन्फरेन्स सम्पन्न सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकिङ क्षेत्रमा बढ्दो ठगीको सम्बन्धमा सर्वसाधारण ग्राहकमाझ सचेतना जगाउन #sachetcitizen नै हो #safecitizen भन्ने अभिप्रायका साथ वित्तीय सचेतना भिडियो सार्वजनिक गरेको छ ।प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले काठमाडौंमा आयोजित सातै प्रदेशका प्रदेश प्रमुख, क्लस्टर हेड, शाखा प्रबन्धकलगायत विभागीय प्रमुख एवं उच्च व्यवस्थापनको सहभागिता रहेको स्ट्रयाटेजिक ग्रोथ एण्ड अपरेसनल एक्सिलेन्स कन्फरेन्समा भिडियो सार्वजनिक गरेका हुन् ।बढ्दो डिजिटलाइजेसनसँगै पछिल्ला केही वर्ष बैंकिङ क्षेत्रमा ठगीको संख्या बढ्दै गएको छ । विभिन्न बहानामा ग्राहकसँग पासवर्ड, ओटीपी, खाताको विवरण मागेर साथै चिठ्ठा तथा अन्य बहुमूल्य सामान जित्नुभएको छ भन्दै प्रलोभनमा पारेर ठगी…

प्रभु बैंककाे नाफा १५ सय प्रतिशतले बढ्याे, धेरै कमाउनेमा नबिल

प्रभु बैंककाे नाफा १५ सय प्रतिशतले बढ्याे, धेरै कमाउनेमा नबिल आर्थिक वर्ष २०८०/८१ मा प्रभु बैंकले आक्रामक नाफा वृद्धि गरेको छ । गत वर्ष लगभग २८ करोड हाराहारीमा नाफा कमाउन सफल बैंकले पछिल्लो वर्ष लगभग ४ अर्ब ४८ करोड माथि नाफा कमाउन सफल भएको हो । बैंकको खुद ब्याज आम्दानी १९.४३ प्रतिशतले बढेर १२ अर्ब २ करोड माथि नाघेको छ । प्रभु बैंकको सञ्चालन नाफा भने ३५४.६२ प्रतिशतले बढेर ७ अर्ब ५ करोड माथि रहेको छ । खासगरी समीक्षा वर्षमा बैंकको इम्पेयरमेन्ट चार्ज घट्न पुग्दा नाफामा उल्लेखनीय वृद्धि आएको छ गत वर्ष ५ अर्ब २१ करोड रुपैयाँ माथि इम्पेयरमेन्ट चार्ज…

अब निर्माण कम्पनीलाई प्रवाह हुने कर्जामा पनि ‘क्रेडिट रेटिङ्ग’ !

अब निर्माण कम्पनीलाई प्रवाह हुने कर्जामा पनि ‘क्रेडिट रेटिङ्ग’ ! नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन गर्दै निर्माण कम्पनीलाई प्रवाह हुने कर्जामा पनि ‘क्रेडिट रेटिङ्ग ’ गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । लघुवित्त वित्तीय संस्थाबाहेकका बैंक तथा वित्तीय संस्थाहरुले ऋणीलाई कर्जा प्रवाह तथा नवीकरण गर्दा ऋणी संस्थाको क्रेडिट रेटिङ्ग एजेन्सीबाट गरिएको रेटिङ्गलाई कर्जा मूल्याङ्कनको आधारका रुपमा लिनुपर्ने हुन्छ । हाल ५० करोड वा सो भन्दा बढीको कर्जा उपयोग गर्ने ऋणीको क्रेडिट रेटिङ्ग गर्नुपर्ने व्यवस्था छ । राष्ट्र बैंकको नयाँ व्यवस्थाअनुसार निर्माण व्यवसायको हकमा रु ५० करोड वा सो भन्दा बढीको कोषमा आधारित…

कस्ताे आउला माैद्रिक नीति ?

कस्ताे आउला माैद्रिक नीति ? नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति ल्याउन तयारी पूरा गरेको छ । बजेटलाई चलायमान बनाउन मौद्रिक नीतिले भूमिका खेल्ने भएकाले निजी क्षेत्रले चासोका साथ हेरिरहेको छ । अर्थमन्त्री विष्णु पौडेल र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको ‘ट्युनिङ’ मिलेकाले पनि बजेट कार्यान्वयनमा सहज हुने मौद्रिक नीति जारी हुने अपेक्षा गरिएको जानकारहरु बताउँछन् । अघिल्लो शुक्रबार नै आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्न लागे पनि सरकार परिवर्तनका कारण एक हप्ता ढिलो भएको हो । गत साता नै नेपाल राष्ट्र बैंक व्यवस्थापन समितिको बैठक बसेर मौद्रिक नीतिको छलफल गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको आर्थिक…

ग्लोबल आइएमई बैंकको ग्राहक सङ्ख्या ५० लाख

ग्लोबल आइएमई बैंकको ग्राहक सङ्ख्या ५० लाख ग्लोबल आइएमई बैंक लिमिटेडको ग्राहक सङ्ख्या ५० लाख नाघेको छ । २०६३ सालमा स्थापना भएको यो बैंकले स्थापनाको १७ वर्षमै विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थाहरूसँग मर्जर तथा अक्विजिसन गर्दै अधिकांश वित्तीय सूचकहरूमा मुलुककै सबै भन्दा ठूलो वाणिज्य बैंक बन्न सफल भएको विज्ञप्तिमार्फत जनाएको छ । बैंककोे निक्षेप ५ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ । पुँजी, शाखा सञ्जालका साथसाथै कुल निक्षेप र ग्राहक संख्यामा पनि ग्लोबल आइएमई बैंक नेपालका बैंक तथा वित्तीय संस्थाहरुमध्ये पहिलो नम्बरमा छ । ग्राहकमैत्री सेवा, साना तथा मझौला व्यवसायमा जोड, प्रविधिमैत्री सेवाहरूका साथै उत्तरदायी बैंकिङको अभ्यास गर्दै बैंकले…