ज्याेति विकास बैंककाे खराब कर्जा बढ्दै

राष्ट्रिय स्तरकाे विकास बैंक भनेर चिनीन नपाउँदै खराब कर्जाका कारण डरलाग्दो रूप लिन लागेको ज्योति बिकास बैंक कुनै पनि बेला राष्ट्र बैंकले हस्तक्षेप गर्छ कि भन्ने डरमा रहेको चर्चा छ ।
विद्युत प्राधिकरणका पीएनदेखि शाखा अधिकृतसम्मकाे लगानी रहेको ज्योती विकास बैंकको खराब कर्जा करिब ४.५ प्रतिशत हाराहारी पुगेको छ ।
राष्ट्रिय स्तरका विकास बैंकमध्ये राम्रो ज्योति बिकास बैंकको यो अवस्था आउनुले लगानीकर्तामा निरासा छाएको छ । निष्क्रिय कर्जा धेरै हुनेमा ज्योति विकास बैंक पनि पर्छ ।
गत आर्थिक वर्ष यस बैंकको निष्क्रिय कर्जा ४.९५ प्रतिशत पुगेको थियो । अघिल्लो आर्थिक बर्षमा निष्क्रिय कर्जा ३.४३ प्रतिशत मात्रै रहेको थियो । यही अवस्थामा जाने हो भने ज्योति बिकास बैंकको स्थिति खराब नहोला भन्न सकिन्न ।