किसानकाे बक्याैता भुक्तानी गर्न सरकारले डीडीसीलाई ६० करोड ऋण दिने

किसानकाे बक्याैता भुक्तानी गर्न सरकारले डीडीसीलाई ६० करोड ऋण दिने सरकारले दुग्ध विकास संस्थान (डीडीसी) लाई ६० करोड रुपैयाँ ऋण स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले दुग्ध किसानको बक्यौता रकम तिर्नका लागि शर्तसहित ६० करोड रुपैयाँ ऋण दिने प्रस्ताव स्वीकृत गरेको हो । भदौ १७ गते अर्थ मन्त्रालयले शर्तसहित ऋणका लागि सहमति दिएपछि मन्त्रिपरिषद्को बैठकले दुग्ध किसानको बाँकी बक्यौताका लागि ऋण दिने प्रस्ताव स्वीकृत गरेको हो । अर्थबाट उक्त रकम बराबरको ऋण लिने गरी मन्त्रिपरिषदमा प्रस्ताव पेस गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई अर्थले सहमति दिएको थियो । कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले दूध किसानको बाँकी…

सहकारी ठगीमा प्रहरीले लियाे रवि लामिछानेसँग बयान

सहकारी ठगीमा प्रहरीले लियाे रवि लामिछानेसँग बयान प्रहरीले पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलनका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान लिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्तकुमार शर्मासहितको टोलीले साताअघि काठमाडौं आएर पूर्वगृहमन्त्री लामिछाने, रास्वपाका सहमहामन्त्री विपिन आचार्य र पूर्वडीआईजी छविलाल जोशीसँग बयान लिएको हो । सूर्यदर्शन सहकारीको रकम लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया प्रालिमा लगेको र लामिछानेकै नाममा समेत ऋण लिएको भेटिएपछि २०८० माघ १६ मा बचतकर्ताले उनीविरुद्ध पूरक जाहेरी दिएका थिए । तर, लामिछानेसहित तीनै जनाले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आफूहरुको संलग्नता अस्वीकार गरेका छन् । ३१ असार २०७८ मा लामिछानेको नाममा सहकारीको १…

संसदीय छानबिन विशेष समितिले बाेलायाे रवि लामिछानेलाई

संसदीय छानबिन विशेष समितिले बाेलायाे रवि लामिछानेलाई सहकारी संस्थाकाे रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई सोधपुछका लागि बोलाएको छ । समिति सभापति सूर्य थापाका अनुसार लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको हो । समितिले लामिछानेलाई दिउँसो २ बजे बोलाएको छ । गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई भने शुक्रबार बिहान ११ बजे बोलाइएको छ ।

जेलमा रहेका सहकारी अध्यक्षसँग छानबिन समितिले लियाे बयान

जेलमा रहेका सहकारी अध्यक्षसँग छानबिन समितिले लियाे बयान संसदीय छानबिन विशेष समितिले तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मासँग सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा बयान लिएको छ । उनी बचतकर्ताको रकम दुरुपयोग गरेकाे अभियाेगमा २०८० भदौ २० गतेदेखि नख्खु कारागारमा छन् । समितिले नख्खु कारागारमा रहेका शर्मालाई बोलाएर सहकारीको रकम दुरुपयोगको विषयमा सोधपुछ गरेको हो ।जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले दायर गरेको सहकारी ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंको आदेशमा उनी कारागारमा छन् । तुलसी सहकारीविरुद्ध १ हजार १४५ जना बचतकर्ताले करिब ७८ करोड रुपैयाँ हिनामिना गरेको आराेप छ । तुलसी सहकारीमार्फत बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेका शर्मा २०८०…

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती पक्राउ

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती पक्राउ राष्ट्रिय सहकारी बैंकका अध्यक्षसमेत रहेका सहकारी अभियन्ता केबी उप्रेती पक्राउ परेका छन् । उप्रेतीलाई काठमाडौंको बालाजुबाट सहकारीको बचत हिनामिना गरेको अभियोगमा महाराजगञ्ज प्रहरीले पक्राउ गरेको हो । आइडियल यमुना हाम्रो बहुद्देश्यीय सहकारीका सञ्चालक उप्रेतीलाई सहकारी ठगीमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । राम्रोसँग चलिरहेको उनको सहकारी मर्ज भएपछि समस्या आएको थियो । उक्त सहकारीलाई गत महिना समस्याग्रस्त घोषणा गरिएको थियो । सूर्य थापा सभापति रहेको सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिलाई दिइएका २० वटा सहकारीको सूचीमा यो पनि रहेको छ । उक्त सहकारीले करिब २ अर्ब निक्षेप भुक्तानी गर्न नसकेपछि समस्याग्रस्त भएको हो ।…

एक महिनाभित्र दाेहाेराे पद छाड्न सहकारी सञ्चालकलाई निर्देशन

एक महिनाभित्र दाेहाेराे पद छाड्न सहकारी सञ्चालकलाई निर्देशन सहकारी विभागले एउटै व्यक्ति दुई वा त्यसभन्दा बढी सहकारी संस्थाको सञ्चालक हुन नपाउने व्यवस्था गरेको छ । विभागले कोही दोहोरो पदमा रहेको भए त्यसलाई त्यागेर एकल पद कायम गर्न सबै सहकारी संस्थालाई आज निर्देशन दिएको हो । सहकारी ऐन २०७४ को दफा ४१ (५) मा कुनै व्यक्ति एकै समयमा एकमात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने व्यवस्था रहेकोले ऐनको उक्त प्रावधान कार्यान्वयन गर्न निर्देशन जारी गरिएको सहकारी विभागका रजिष्ट्रार पीताम्बर घिमिरेले जानकारी दिए । सहकारी बैंकको हकमा पनि पनि यस्तै निर्देशन दिइएको छ । यो निर्देशन कार्यान्वयन भए–नभएको अनुगमन गरिने र यदि कार्यान्वयन…

लालीगुराँस सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

लालीगुराँस सहकारीका अध्यक्षसहित ४ जना पक्राउ ललितपुरको लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष अमरदास श्रेष्ठसहित ४ जना पक्राउ परेका छन् । सहकारीको रकम हिनामिनाको आरोपमा प्रहरीले लालीगुराँसका अध्यक्ष श्रेष्ठ, सचिव सुरेन्द्र भण्डारी, कोषाध्यक्ष अमृतकुमार अर्याल र सदस्य कदम जोशी प्रधानलाई पक्राउ गरेको हाे । उनीहरूले आकर्षक ब्याज दिने, चाहिएको बेला बचत झिक्न पाइने विश्वास दिलाइ बचतकर्ताहरूलाई हानि नोक्सानी पुर्‍याइ, सञ्चालकहरूलाई लाभ दिएको प्रहरीले जनाएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले फागुन २९ मा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो ।

सहकारी छानबिन समितिद्वारा सराेकारवालासँग छलफल

सहकारी छानबिन समितिद्वारा सराेकारवालासँग छलफल सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले सराेकारवालासँग छलफल गरेको छ । संसद भवन बानेश्वरमा बसेको बैठकमा समितिले समस्याग्रस्त सहकारीको अवस्था, कानूनी समस्या र नियमनको व्यवस्था लगाएतका विषयमा सहकारी मन्त्रालय, सहकारी बोर्डलगायत निकायसँग छलफल गरेको हो । बैठकमा २० वटा समस्याग्रस्त सहकारीका सन्दर्भमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष र सदस्य सचिवले लिखित प्रतिवेदन बुझाएका थिए । बैठकमा सहकारी क्षेत्रमा समस्या आउनुको कारणबारे जानकारी लिएको र समितिमा प्राप्त सहकारीको प्रतिवेदनका आधारमा छलफल अघि बढाउने एक सदस्यले बताए । सरकारले जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय समिति गठन गरेको थियो ।

सहकारी ठगी छानबिन समिति : एक महिनाभित्र कार्यविधि बनाउने निर्णय

सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले औपचारिक रूपमा आफ्नो काम सुरू गरेको छ । संसद भवन नयाँ बानेश्वरमा बुधबार पहिलो बैठक बसेर समितिले काम थालेको हो । पहिलो बैठकले समितिको आन्तरिक कार्यविधिको मस्यौदा तयार गर्न सचिवालयलाई जिम्मा दिएको संयोजक सूर्य थापाले जानकारी दिए । थापाका अनुसार सभामुख देवराज घिमिरेको उपस्थितिमा बसेको बैठकमा समितिको कामलाई अघि बढाउने विषयमा छलफल भएको छ । तीन महिनाको अवधिभित्रै समितिले गर्नुपर्ने कामलाई व्यवस्थित गर्दै अघि बढ्ने उनले बताए । थापाले दुई दिनभित्र कार्यविधि पारित गर्ने भन्दै समितिको कार्याविधि, कार्यक्षेत्र लगायतका विषयमा कुनै विवाद नरहेको जिकिर गरे । गत जेठ १५ गते सहकारीको बचत…

६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने सरकारकाे लक्ष्य

६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने सरकारकाे लक्ष्य सरकारले आगामी आर्थिक वर्ष ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटको कार्यान्वयनबाट आगामी आर्थिक गतिविधिमा तीव्रता आउने र उत्पादन वृद्धि तथा रोजगारी सृजना हुन गई दिगो, फराकिलो एवं समावेशी आर्थिक वृद्धि हासिल हुने विश्वास जनाए । बजेटमा प्रस्ताव गरेको राजस्वसम्बन्धी नीति तथा कार्यक्रमको कार्यान्वयनबाट राजस्वको आधार तथा दायरा बिस्तार हुने, आर्थिक क्रियाकलाप र लगानीमैत्री कर प्रणाली स्थापित भई आन्तरिक राजश्व परिचालन सुदृढ हुँदै जाने अपेक्षा पनि आफूले गरेको अर्थमन्त्री पुनको भनाई थियो ।