सहकारी ठगीमा प्रहरीले लियाे रवि लामिछानेसँग बयान

प्रहरीले पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलनका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्तकुमार शर्मासहितको टोलीले साताअघि काठमाडौं आएर पूर्वगृहमन्त्री लामिछाने, रास्वपाका सहमहामन्त्री विपिन आचार्य र पूर्वडीआईजी छविलाल जोशीसँग बयान लिएको हो ।

सूर्यदर्शन सहकारीको रकम लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया प्रालिमा लगेको र लामिछानेकै नाममा समेत ऋण लिएको भेटिएपछि २०८० माघ १६ मा बचतकर्ताले उनीविरुद्ध पूरक जाहेरी दिएका थिए । तर, लामिछानेसहित तीनै जनाले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आफूहरुको संलग्नता अस्वीकार गरेका छन् ।

३१ असार २०७८ मा लामिछानेको नाममा सहकारीको १ करोड रकम निकासा गरिएको भेटिएको थियो । पछि उक्त ऋण फर्स्योट भएको पनि भेटिएको थियो । यसबारे प्रहरीले सोधपुछ गरेको हो ।

रास्वपाका सहमहामन्त्री आचार्य गोर्खा मिडिया नेटवर्कको क्रिएटिभ डाइरेक्टर थिए । उनको नामबाट ६ पुस २०७८ मा सूर्यदर्शन सहकारीको १ करोड रुपैयाँ गोर्खा मिडियामा गएको थियो । ग्यालेक्सी टेलिभिजनका पूर्वसंस्थापक जोशी पनि ग्यालेक्सी टेलिभिजनको लगानीकर्ता अर्थात् जीबी (गितेन्द्रबाबु) राईका साझेदार थिए । पछि उनी गोर्खा मिडियाबाट बाहिरिएका थिए ।

उनीहरु तीनै जनासँग सहकारीको बचत अपचलन छानबिन गर्न गठित संसदीय समितिले पनि यसअघि नै बयान लिइसकेको छ ।

सूर्यदर्शन सहकारीले १ अर्ब ११ करोड ३४ लाख ४३ हजार रुपैयाँ हिनामिना गरेको भन्दै बचतकर्ताले सहकारीका पदाधिकारी विरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

सहकारी ठगीमा प्रहरीले लियाे रवि लामिछानेसँग बयान