देशकाे अर्थतन्त्रभन्दा बैंकमा रहेकाे माैज्दात ११४ प्रतिशत धेरै

देशकाे अर्थतन्त्रभन्दा बैंकमा रहेकाे माैज्दात ११४ प्रतिशत धेरै नेपालको अर्थतन्त्रभन्दा बैंक तथा वित्तीय संस्थामा रहेको रकमको अंश ११४ प्रतिशतले ठूलो भएकाे छ । अहिले बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ६१ खर्ब ८६ अर्ब रुपैयाँ छ । यो क (वाणिज्य बैंक), ख (विकास बैंक) र ग (फाइनान्स कम्पनी) वर्गका वित्तीय संस्थाको मात्र आँकडा हो । लघुवित्त, सहकारीलगायतका रकम यसमा गणना गरिएको छैन । ६१ खर्बको निक्षेप हुँदा चालु वर्ष देशको अर्थतन्त्रको आकार ५७ खर्ब ४ अर्ब रुपैयाँ पुग्ने सरकारी अनुमान छ । यो भनेको देशको अर्थतन्त्र भन्दा निक्षेप ११४ प्रतिशतले बढी छ । बैंकहरुले प्रवाह गर्ने ऋण अहिले ५१ खर्ब…

तीनवटा सहकारीलाई समस्याग्रस्त घाेषणा गर्ने तयारी

तीनवटा सहकारीलाई समस्याग्रस्त घाेषणा गर्ने तयारी सहकारी विभागले समस्यामा रहेका तीनवटा सहकारीलाई समस्याग्रस्त घोषणाका लागि प्रक्रिया अघि बढाएको छ । सहकारी बैंकका अध्यक्षसमेत रहेका केबी उप्रेतीको आइडियल यमुना हाम्रो बहुउदेश्यीय सहकारी, इमान सिंह अध्यक्ष रहेको गोरखा सेभिङ एण्ड क्रेडिट र साहित्यकार तुलसी भट्टराई अध्यक्ष रहेको नेपाल वित्तीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा नगरिनुको कारणसहित विभागले स्पष्टीकरण सोधेको छ । विभाग स्रोतका अनुसार समस्याग्रस्त घोषणामा लैजानुअघि स्पष्टिकरण सोधेर प्रक्रिया पूरा गर्नुपर्ने भएकाले स्पिष्टकरण सोधिएको हो । जेठ १५ गतेभित्र विभागमा स्पष्टिकरण बुझाउनु पर्नेछ । यी संस्थाविरुद्ध ज्यादा उजुरी पर्ने र बचतकर्ताको रकम फिर्ता गर्ने सञ्चालकको पनि गतिलो आश्वासन नभएपछि समस्याग्रस्त घोषणाका लागि…

प्राइम सहकारीकाे डेढ अर्ब हिनामिना, अध्यक्षसहित ८ जना पक्राउ

प्राइम सहकारीकाे डेढ अर्ब हिनामिना, अध्यक्षसहित ८ जना पक्राउ पोखरा महानगरपालिका वडा नं. ४ गैह्रापाटनमा रहेको प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले साढे एक अर्बभन्दा बढी रकम हिनामिना गरेको पाइएकाे छ । सहकारी रजिष्ट्रारको कार्यालय पोखराले गरेको अनुसन्धानले सहकारीबाट एक अर्ब ५४ करोड १५ लाख ८ हजार एक सय ४२ रुपैयाँ हिनामिना भएको निष्कर्ष निकालेको हो । सहकारी रजिष्ट्रारको कार्यालयले अनुसन्धान सकेर जिल्ला प्रहरी कार्यालय कास्कीलाई मंगलबार पत्र पठाएको हो । पत्रका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार नै सहकारीका अध्यक्षसहित ८ जनालाई पक्राउ गरेको छ । सहकारीका अध्यक्ष शंकर कार्की, निवर्तमान अध्यक्ष निदेशप्रसाद कोइराला, व्यवस्थापन निरु थापा केसी, कर्मचारी प्रमुख…

सहकारीले बैंकभन्दा ठूलाे काराेबार गर्दा समस्या भयाे : मन्त्री

सहकारीले बैंकभन्दा ठूलाे काराेबार गर्दा समस्या भयाे : मन्त्री भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी संस्थाहरूले बैंकभन्दा ठूलो वित्तीय कारोबार गर्दा समस्या भएको बताएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले आयोजना गरेको दोस्रो लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठीमा मन्त्री अधिकारीले सहकारीहरू आफ्नो मूल्य मान्यता र सिद्धान्त विपरीत अस्वस्थ प्रतिस्पर्धामा लागेकाे बताए । जुन उद्देश्यका साथ सहकारी स्थापना भएको थियो त्यसको खिलाफ गर्दै काम भइरहेको उनको धारणा छ । ‘सहकारीहरू बैंकभन्दा ठुलो कारोबार गर्ने अभ्यासमा लागे, सहकारीको मूल्य मान्यता विपरीत काम गर्न थाले, बचतकर्ताको बचतलाई दुरुपयोग गर्ने अधिकार कसैलाई पनि हुँदैन’, उनले…

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा पूर्वन्यायाधीश गौतम नियुक्त

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा पूर्वन्यायाधीश गौतम नियुक्त सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा उच्च अदालतका पूर्वन्यायाधीश रमणकुमार गौतमलाई नियुक्त गरेको छ।मन्त्रिपरिषद्को बैठकले उक्त समितिको अध्यक्षमा पूर्वन्यायाधीश गौतमलाई नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि अध्यक्ष काशीराज दाहाल थिए । उनको कार्यकाल सकिएपछि सरकारले नयाँ अध्यक्ष नियुक्त गरेको हो । सरकारले सहकारीलाई समस्याग्रस्त घोषणा गरेपछि यही कार्यालयले ती सहकारीको व्यवस्थापनको जिम्मा लिँदै आएको छ । त्यस्ता समस्याग्रस्त सहकारीका बचतकर्ताको बचत फिर्ता, ऋण उठाउने लगायतको काम गर्दै आएको छ । सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम नेपाल सरकारबाट समस्याग्रस्त घोषित सहकारी संस्थाहरूको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी गर्ने जिम्मा यो…

लगानीका लागि नेपाल उपयुक्त गन्तव्य : प्रधानमन्त्री

लगानीका लागि नेपाल उपयुक्त गन्तव्य : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको बताएका छन् । ‘नेपाल लगानी सम्मेलन २०२४’ उद्घाटन गर्दै दाहालले नेपाल कानुनी, भौगोलिक एवं रणनीतिक तवरले लगानीका लागि सम्भावनायुक्त देश भएको बताए । उदार आर्थिक नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले नेपालमा लगानीमैत्री वातावरण सिर्जना भएको जानकारी दिए । लगानीकर्ता, उद्योगी, नवप्रवर्तक र व्यवसायीलाई सहज अवस्था सिर्जना गर्न नेपाल निरन्तर अगाडि बढेको दाहालले आश्वस्त पारे । उनले हालै मात्र व्यवसाय र लगानीसम्बन्धी विभिन्न आठ कानुन परिमार्जन गरिएको जानकारी गराए । उनले भने, ‘मलाई विश्वास छ, यसले नेपालमा लगानी गर्ने लगानीकर्ताको आत्मविश्वास बढाउँछ ।’…

सुप्रिम सहकारीकाे १ अर्बभन्दा बढी हिनामिना मुद्दामा आजबाट बहस

सुप्रिम सहकारीकाे १ अर्बभन्दा बढी हिनामिना मुद्दामा आजबाट बहस रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १ अर्बभन्दा बढी बचत रकम हिनामिना गरेको आरोपमा मुख्य आरोपी जीबी राईसहित २८ जनाविरुद्ध दर्ता भएको मुद्दामा मंगलबारबाट जिल्ला अदालतमा बहस हुने भएकाे छ । जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी अनन्त मरासिनीले मंगलबारदेखि बहस अगाडि बढ्ने जानकारी दिए । रुपन्देही प्रहरीले दुई महिना लामो अनुसन्धान प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियाे । मुद्दामा सहकारीका मुख्य आरोपी गीतेन्द्रबाबु (जीबी) राई, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशसहित २८ जनालाई प्रतिवादी बनाइएको छ । प्रहरीले १ अर्ब २ करोडको…

राम्राे व्यवस्थापनमा चलिरहेका ९ सहकारीमा गम्भीर समस्या : राष्ट्र बैंक

राम्राे व्यवस्थापनमा चलिरहेका ९ सहकारीमा गम्भीर समस्या : राष्ट्र बैंक नेपाल राष्ट्र बैंकले राम्रो व्यवस्थापनमा चलिरहेका सहकारीमा पनि गम्भीर समस्या देखिएको जनाएको छ । राष्ट्र बैंक र सहकारी विभागको अनुगमनमा राम्रा भनिएका सहकारीमा समेत संस्थागत सुशासनमा समस्या देखिएको हाे । राष्ट्र बैंकका प्रतिनिधिसहितको संयुक्त टोलीले काठमाडौं, ललितपुर र काभ्रेपलाञ्चोकमा सञ्चालित नौ वटा सहकारीकाे अनुगमन गरेको थियो । सहकारी विभागका उपरजिस्ट्रार टोलराज उपाध्यायको नेतृत्वमा तीन फरक टोली बनाएर ती सहकारीकाे अनुगमन गरिएको हाे । सञ्चालक र व्यवस्थापकले पदीय दुरुपयोग गर्ने, संस्थाको धेरै कर्जा चलाउने, आफ्ना मान्छेलाई अस्वाभाविक तलब दिने र अन्य कर्मचारीको श्रम शोषण गर्नेजस्ता समस्या अनुगमन क्रममा देखिएको अनुगमनमा संलग्न…

भारतले लम्ब्यायाे प्याज निर्यात प्रतिबन्ध

भारतले लम्ब्यायाे प्याज निर्यात प्रतिबन्ध भारतले प्याजको निर्यातमा लगाएको प्रतिबन्ध अनिश्चितकालका लागि लम्ब्याएकाे छ । विश्वको सबैभन्दा धेरै तरकारी निर्यातक भारतले प्याज निर्यातमा गत डिसेम्बरमा लगाएको प्रतिबन्ध मार्च ३१ मा सकिँदै थियो । नेपाल, बंगलादेश, मलेसिया, संयुक्त अरब इमिरेट्सलगायत देश भारतीय प्याज बढी निर्यात हुने गरेकाे छ । यीमध्ये धेरै राष्ट्र प्रतिबन्धपछि उच्च मूल्यको चपेटामा परिरहेका छन् । निर्यात प्रतिबन्ध लागू भएदेखि भारतको स्थानीय बजारमा मूल्य आधाभन्दा बढीले घटेको छ तर अन्तर्राष्ट्रिय बजारमा भने मूल्य उच्च छ । भारतीय सरकारले अर्को सूचना नआएसम्म प्रतिबन्ध यथावत रहने जनाएको छ । सबैभन्दा धेरै प्याज उत्पादन गर्ने राज्य महाराष्ट्रका केही थोक बजारहरूमा डिसेम्बरमा…

व्यापार घाटा घटाउन ५ वर्षमा १५ खर्ब बजेट छुट्याउन सुझाव

व्यापार घाटा घटाउन ५ वर्षमा १५ खर्ब बजेट छुट्याउन सुझाव व्यापार घाटा घटाउन ५ वर्षमा १५ खर्बको बजेट छुट्याउन निर्यात व्यवसायीहरुले सरकारलाई सुझाव दिएका छन् । नेपाल हस्तकला महासंघले शुक्रबार नेपाल निर्यात परिषद् र फुटवेयर म्यानुफेक्चरर्स एशोसिएशन अफ नेपालका नवनिर्वाचित पदाधिकारीहरु तथा कार्य समिति सदस्यहरुकोे सम्मानमा आयोजना गरेको कार्यक्रममा निर्यात व्यवसायीहरुले यस्तो सुझाव दिएका हुन् । नेपाल निर्यात परिषद्का अध्यक्ष नरेशलाल श्रेष्ठले अब व्यापार घाटा घटाउनका लागि ५ वर्षमा १५ खर्बको बजेट छुट्याउन जरुरी रहेको बताए । उनले निर्यात गर्ने उद्योगीहरुका लागि छुट्टै संस्था वा विभाग नभएका कारण समस्या भइरहेको तर्क गरे । हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले निर्यात व्यवसायलाई…