राम्राे व्यवस्थापनमा चलिरहेका ९ सहकारीमा गम्भीर समस्या : राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले राम्रो व्यवस्थापनमा चलिरहेका सहकारीमा पनि गम्भीर समस्या देखिएको जनाएको छ । राष्ट्र बैंक र सहकारी विभागको अनुगमनमा राम्रा भनिएका सहकारीमा समेत संस्थागत सुशासनमा समस्या देखिएको हाे ।

राष्ट्र बैंकका प्रतिनिधिसहितको संयुक्त टोलीले काठमाडौं, ललितपुर र काभ्रेपलाञ्चोकमा सञ्चालित नौ वटा सहकारीकाे अनुगमन गरेको थियो । सहकारी विभागका उपरजिस्ट्रार टोलराज उपाध्यायको नेतृत्वमा तीन फरक टोली बनाएर ती सहकारीकाे अनुगमन गरिएको हाे ।

सञ्चालक र व्यवस्थापकले पदीय दुरुपयोग गर्ने, संस्थाको धेरै कर्जा चलाउने, आफ्ना मान्छेलाई अस्वाभाविक तलब दिने र अन्य कर्मचारीको श्रम शोषण गर्नेजस्ता समस्या अनुगमन क्रममा देखिएको अनुगमनमा संलग्न एक अधिकारीले बताए । ती अधिकारीका अनुसार ती सहकारीमा संस्थागत सुशासन कमजोर, घरजग्गा लगायत अनुत्पादक क्षेत्रमा ठूलो परिमाणको लगानी, सञ्चालकहरूले नै कमसल धितो राखेर ठूलो संख्यामा कर्जा प्रयोग गर्नेजस्ता विकृति देखिएका छन् ।

सञ्चालक र व्यवस्थापकले पदीय दुरुपयोग गर्ने, संस्थाको धेरै कर्जा चलाउने, आफ्ना मान्छेलाई अस्वाभाविक तलब दिने र अन्य कर्मचारीको श्रम शोषण गर्नेजस्ता समस्या अनुगमन क्रममा देखिएको अर्का अधिकारीले बताए । ‘राम्रो अवस्थामा चलेका भनेका संस्थामा अनुत्पादक किसिमका नकमाउने सम्पत्ति (घरजग्गा) मा लगानी धेरै देखिन्छ,’ ती अधिकारीले भने, ‘स्थिर सम्पत्तिमा ५ प्रतिशतभन्दा धेरै लगानी हुनु हुँदैन भन्ने भए पनि ठूलो लगानी घरजग्गा जस्ता स्थिर सम्पत्तिमा देखिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

राम्राे व्यवस्थापनमा चलिरहेका ९ सहकारीमा गम्भीर समस्या : राष्ट्र बैंक