‘भाटभटेनी लुटपाटमा पक्राउ परेका कांग्रेस नेताका छाेरालाई किन त्यत्तिकै छाडियाे ?’
'भाटभटेनी लुटपाटमा पक्राउ परेका कांग्रेस नेताका छाेरालाई किन त्यत्तिकै छाडियाे ?' राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा सत्तारुढ दल नेपाली कांग्रेसका सहमहामन्त्रीकै छोरा पनि पक्राउ परेको दाबी गरेका छन् । प्रतिनिधिसभा बैठकमा शुक्रबार सम्बोधन गर्दै लिङ्देनले भाटभटेनी सुपरमार्केटमा भएको लुटपाटमा कांग्रेस सहमहामन्त्रीका छोरा पक्राउ परेको र प्रहरीले तुरुन्तै छाडिदिएको बताए । ‘हामीसँग रेकर्ड छ, गृहमन्त्रीज्यू ! भाटभटेनीको लुटपाटमा तपाईंकै पार्टीको सहमहामन्त्रीको छोरा पक्राउ परेका छन्,’ उनले भने, ‘किन छाड्नुभयो तुरुन्तै ?’ सहमहामन्त्रीका छोरासँगै गएका अर्का व्यक्तिले भाटभटेनीबाट कपडा लिएर गएको पनि उनले बताएका छन् । ती कपडा लिएर जाने…