सात दिनभित्र नेपालमा दर्ता नभए फेसबुक बन्द गर्ने चेतावनी

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अब सात दिनभित्र दर्ता नभएमा नेपालमा फेसबुकमाथि प्रतिबन्ध लगाइने बताएका छन् ।

काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा मन्त्री गुरुङले फेसबुक, ट्वीटरजस्ता कम्पनीले नेपाललाई हेपेको बताए । उनले मेटालाई नेपालमा दर्ता हुन आग्रहसहित पटक-पटक सूचना जारी गरे पनि नमानेको जानकारी गराउँदै ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिए ।

मन्त्री गुरुङले भने, ‘हामीले तीनपटक भन्यौं दर्ता हुन आऊ, कर तिर भनेर तर उनीहरूले टेरेनन् । फेसबुकले हाम्रो पैसा अवैध ढंगले लग्यो तर नेपालको कानुन मानेन । मेटालाई अब ७ दिनभन्दा बढी दिन्नौं । हामीले उनीहरूलाई खोज्दै हिड्यौं । नेपालभन्दा ठूलो रे उनीहरू । उनीहरूको घमण्ड के रैछ भने नेपालको जीडीपी कति हुन्छ र ? मुलुकको स्वाधीनता पैसामा जोडिँदैन । नेपालमा चल्ने हो भने दर्ता भएर कर तिनुपर्छ, नत्र प्रतिबन्ध हुन्छ ।’

मन्त्री गुरुङले नेपालबाट पल-पलमा पैसा अवैध च्यानलबाट मेटाको कार्यालयमा गएको भन्दै मेटाले नेपालमा दर्ता भई कर तिर्नुपर्ने बताए ।

गुरुङले भने, ‘मेटा भन्ने बित्तिकै फेसबुक होला, म्यासेन्जर, ह्वाट्सएप, इन्ट्राग्राम होला, चलिरहेका छन् । यत्रो धेरै चलिरहेका छन् । हरेक घण्टामा यही समाजबाटै २-४ हजार पैसा गइरहेको होला मेटाको कार्यालयमा, नेपालमा सबैभन्दा बढी प्रयोग हुने फेसबुक, हाम्रो पलपलमा पैसा त्यसरी गएको छ । हाम्रो पैसा त्यसरी लुट्ने ? यहाँ हामीसँग दर्ता हुनुपर्दैन, कर तिर्नुपर्दैन ? त्यसको कारणले फैलने गलत कुराहरू हामीले नियन्त्रण गर्नुपर्दैन ?’

सरकारको सूचनापछि टिकटकलगायत केही सामाजिक सञ्जाल नेपालमा दर्ता भए पनि सबैभन्दा धेरै नेपालमा प्रयोग हुने फेसबुक र एक्स दर्ता भएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

सात दिनभित्र नेपालमा दर्ता नभए फेसबुक बन्द गर्ने चेतावनी