साढे ११ लाख सेट स्मार्टफोन आयात
सात महिनामा साढे ११ लाख सेट स्मार्टफोन आयात चालू आर्थिक वर्षको सात महिनामा करिब साढे ११ लाख सेट स्मार्टफोन नेपाल भित्रिएको छ । माघ मसान्तसम्म १७ अर्ब ३८ करोड ३६ लाख ९१ हजार रुपैयाँ बराबरकाे फोन नेपाल भित्रिएको हो । नेपालमा सबैभन्दा बढी स्मार्टफोन निर्यातकर्ता चीन हो । चालू आर्थिक वर्षमा चीनबाट ८ लाख १४ हजार ८७० सेट स्मार्ट फोन नेपाल भित्रिएकाे छ । भारतबाट भने ३ लाख ८ हजार ४५२ सेट स्मार्टफोन भित्रिएकाे छ । स्मार्टफोन आयातबाट सरकारले ३ अर्ब २३ करोड ५७ लाख ३३ हजार रुपैयाँ राजस्व संकलन गरेकामा सबैभन्दा बढी चीनबाट २ अर्ब २१ करोड १२ लाख…