सात महिनामा साढे ११ लाख सेट स्मार्टफोन आयात

चालू आर्थिक वर्षको सात महिनामा करिब साढे ११ लाख सेट स्मार्टफोन नेपाल भित्रिएको छ । माघ मसान्तसम्म १७ अर्ब ३८ करोड ३६ लाख ९१ हजार रुपैयाँ बराबरकाे फोन नेपाल भित्रिएको हो ।
नेपालमा सबैभन्दा बढी स्मार्टफोन निर्यातकर्ता चीन हो । चालू आर्थिक वर्षमा चीनबाट ८ लाख १४ हजार ८७० सेट स्मार्ट फोन नेपाल भित्रिएकाे छ । भारतबाट भने ३ लाख ८ हजार ४५२ सेट स्मार्टफोन भित्रिएकाे छ ।
स्मार्टफोन आयातबाट सरकारले ३ अर्ब २३ करोड ५७ लाख ३३ हजार रुपैयाँ राजस्व संकलन गरेकामा सबैभन्दा बढी चीनबाट २ अर्ब २१ करोड १२ लाख ८२ हजार रुपैयाँ उठाएको छ ।
नेपालमा संयुक्त राज्य अमेरिका, भियतनाम, जापान, संयुक्त अरब इमिरेट्स, अस्ट्रेलिया, दक्षिण कोरिया, कतार, कुवेत, साउदी अरेबिया, बेलायत, मलेसिया, सिङ्गापुर, क्यानडा, फिनल्याण्ड, हङकङ, रोमानिया, बहराइन, नेदरल्याण्ड्स, फ्रान्सबाट पनि स्मार्ट फाेन आयात हुने गरेकाे छ ।