नयाँ वर्षदेखि ठमेल र दरबारमार्ग चाैबिसै घण्टा खुला गर्ने घाेषणा
नयाँ वर्षदेखि ठमेल र दरबारमार्ग चाैबिसै घण्टा खुला गर्ने घाेषणा व्यवसायीहरूले नयाँ वर्ष २०८१ देखि दरबारमार्ग र ठमेल क्षेत्रलाई २४ सै घण्टा खुल्ला गराउने घोषणा गरेका छन् ।ठमेल प्रर्यटन विकास परिषद र दरबारमार्ग विकास बोर्डले बिहीबार पत्रकार सम्मेलन गर्दै ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा सञ्चालन गर्ने घोषणा गरेका हुन् । गृहमन्त्री रवि लामिछानेको सक्रियतामा जिल्ला प्रशासन कार्यालय काठमाडौंले बनाएको आचारसंहिताबमाेजिम दरबारमार्ग र ठमेलमा २४ सै घन्टा व्यवसाय सञ्चालन गराउने व्यवसायीले बताए । ठमेल भगवान बहाल क्षेत्रभित्रका व्यवसायीले भने २४ घण्टा व्यवसाय सञ्चालन गर्न नपाउने ठमेल पर्यटन बोर्डले जनाएको छ । ठमेलको भगवान बहालमा स्थानीयको बसोबास भएकाले १० बजेदेखि…