घरायसी प्रयोजनकाे ग्यासमा अनुदान दिने तयारी
घरायसी प्रयोजनकाे ग्यासमा अनुदान दिने तयारी नेपाल आयल निगमले एलपी ग्यास व्यावसायिक र घरायसी प्रयोजनका लागि परल मूल्यमा बिक्री गर्ने तयारी गरेको छ । घरायसी प्रयोजनमा खपत हुने ग्यासमा अनुदान दिन सफ्टवेयर प्रणाली निर्माण अघि बढाएको निगमका प्रवक्ता मनोज ठाकुरले बताए । घरायसी प्रयोजनमा एलपी ग्यास उपयोग गर्ने उपभोक्तालाई अनुदान दिनका लागि निगमले राष्ट्रिय वाणिज्य बैंकको सहकार्यमा अहिले सफ्टवेयर निर्माण थालिएको उनको भनाइ छ । ‘घरायसी प्रयोगकर्तालाई अनुदान उपलब्ध गराउनेबारे राष्ट्रिय वाणिज्य बैंकसँग छलफल गर्यौँ ,’ उनले भने, ‘छलफलमा घरायसी प्रयोजनमा एक परिवारले वार्षिक रूपमा खपत गर्ने सिलिण्डर संख्या तोकेर सोहीअनुसारको अनुदान रकम सफ्टवेयरमार्फत उपलब्ध गराउने निर्णय भएको र अहिले…